Skip to main content

Posts

Showing posts from July 25, 2010

व्यक्तित्व विकासका लागि परपयुम

मानिस लाई शरीरबाट आउने दुर्गन्धले अरूका अगाडि लज्जास्पद बनाउँछ । यसले व्यक्तित्वमा पनि नकारात्मक असर पुर्‍याउँछ । यस्तो समस्याबाट छुटकारा पाउन परपयुमको प्रयोग उपयोगी हुन्छ । पहिले परपयुम प्रयोग गर्नेहरूको कुरा काट्ने नेपाली समाजमा हिजोआज यसको प्रयोग सामान्य बन्दै गएको छ । यद्यपि यसलाई अवसरअनुरुप लगाउनुपर्छ । अहिले बजारमा व्यक्तित्व, शैली, टे्रन्ड एवं अवसरअनुकुल परपmयुम पनि पाइन्छन् । कस्ता परपयुम ? नेपाली महिलाहरूले वनस्पति र फूलका वासनायुक्त परपयुम मन पराउँछन् । बजारमा विभिन्न पलेवरका परपयुम पाइन्छन् । चर्को गन्ध नभएको परपयुम राम्रो मानिन्छ । यस्ता परपयुम लगाएपछि लामो समयसम्म आउने मन्दमन्द वासनाले फुर्तिलो अनुभव गराउँछ । त्यसैले महिलाहरू गुलाब र चन्दनयुक्त परफ्युम लगाउन मन पराउँछन् । यसलाई प्रयोग गरेपछि शरीर दिनभरि सुगन्धित रहन्छ । परफ्युमको प्रयोग आफूलाई मन परेको वासनायुक्त परपmयुम छ भन्दैमा अनावश्यक रूपमा शरीरभरि दल्नु हुँदैन । परपmयुम अवसरअनुरूप प्रयोग गर्नुपर्छ । ककटेल पार्टी, मिटिङ, अफिस, कर्पोरेट इभेन्टमा चट्किलो वासना भएको परफ्युम लगाउनु हुँदैन । चदट्किलो गन्धले कतिपयलाई एलर्