Skip to main content

व्यक्तित्व विकासका लागि परपयुम

spre

मानिस लाई शरीरबाट आउने दुर्गन्धले अरूका अगाडि लज्जास्पद बनाउँछ । यसले व्यक्तित्वमा पनि नकारात्मक असर पुर्‍याउँछ । यस्तो समस्याबाट छुटकारा पाउन परपयुमको प्रयोग उपयोगी हुन्छ । पहिले परपयुम प्रयोग गर्नेहरूको कुरा काट्ने नेपाली समाजमा हिजोआज यसको प्रयोग सामान्य बन्दै गएको छ । यद्यपि यसलाई अवसरअनुरुप लगाउनुपर्छ । अहिले बजारमा व्यक्तित्व, शैली, टे्रन्ड एवं अवसरअनुकुल परपmयुम पनि पाइन्छन् ।
कस्ता परपयुम ?
नेपाली महिलाहरूले वनस्पति र फूलका वासनायुक्त परपयुम मन पराउँछन् । बजारमा विभिन्न पलेवरका परपयुम पाइन्छन् । चर्को गन्ध नभएको परपयुम राम्रो मानिन्छ । यस्ता परपयुम लगाएपछि लामो समयसम्म आउने मन्दमन्द वासनाले फुर्तिलो अनुभव गराउँछ । त्यसैले महिलाहरू गुलाब र चन्दनयुक्त परफ्युम लगाउन मन पराउँछन् । यसलाई प्रयोग गरेपछि शरीर दिनभरि सुगन्धित रहन्छ ।
परफ्युमको प्रयोग
आफूलाई मन परेको वासनायुक्त परपmयुम छ भन्दैमा अनावश्यक रूपमा शरीरभरि दल्नु हुँदैन । परपmयुम अवसरअनुरूप प्रयोग गर्नुपर्छ ।
ककटेल पार्टी, मिटिङ, अफिस, कर्पोरेट इभेन्टमा चट्किलो वासना भएको परफ्युम लगाउनु हुँदैन । चदट्किलो गन्धले कतिपयलाई एलर्जी हुन सक्छ ।
विवाह, पार्टी, क्लब आदिमा कडा वासनायुक्त परपयुम प्रयोग गर्न सकिन्छ ।
काखी, गर्धन र नेकलाइमा परपयुमको प्रयोग अनिवार्य गर्नुपर्छ ।
परपयुम लगाएपछि धेरै सुँघ्नु हुँदैन, यसले श्वासप्रश्वासमा समस्या उत्पन्न गर्छ ।
सिल्क साडी, टाई आदिमा एकपटक मात्र परपयुम लगाउनुपर्छ ।
परफ्युम खरिद गर्दा सधैं आफैले परपयुम खरिद गर्नुपर्छ ।
धैर्यपूर्वक हेरेर मात्र खरिद गर्नुपर्छ ।
कुनै प्रकारको एलर्जी अनुभव हुन्छ भने परफ्युम लगाउनु हुँदैन ।
अहिले बजारमा स्किन टोनअनुसार परफ्युम उपलब्ध छन् । त्यसैले स्किन टोनलाई ध्यानमा राखी परफ्युम खरिद गर्नुपर्छ ।
दिन र रातका लागि अलग-अलग परफ्युम छन् । त्यसैले नाइट पार्टी र डे पार्टीमा अलग-अलग परफ्युम लगाउनुपर्छ ।
मनसुन ड्रेसिङ
आयुर्वेदका अनुसार वषर्ामा महिला वा पुरुषको सुन्दरता कैयन् गुणा बढ्छ । अतः वषर्ामा सुन्दर एवं स्वस्थ महिला वा पुरुष एकसाथ समय बिताउन चाहन्छन् र यसबेला प्रेमपूर्ण सम्बन्ध विकसित हुन्छ । मनसुनको रोमान्सलाई इन्जोय गर्ने कुरामा फेसन स्टाइलको भूमिकालाई नकार्न सकिँदैन । बोल्ड फेसन स्टेटमेन्ट अँगालेर मनसुन ड्रेसिङलाई अझ फेसनेबल बनाउन सकिन्छ । ब्राइट एण्ड फल्यासी, मनसुनको फेसन मन्त्र हो । कलर्ड टप र ड्रेसेस यो सिजनको टप फेसन अर्डर हो । यसलाई अपनाएर हट एण्ड बोल्ड
देखिन सकिन्छ ।
फेसन डिजाइनरहरूका अनुसार सिन्थेटिक मनसुनमा सबैभन्दा आरामदायक हुन्छ । त्यसो त यो मौसमका लागि साटन र नेट पनि उपयुक्त हुन्छ, तर वषर्ामा कटन, क्रेप र ओरगेन्जा भने बिर्सिएर पनि लगाउनु हुँदैन । ब्लेन्डेड कटन र रेयोनजस्ता फेबि्रकलाई भने मनसुन ड्रेसिङमा प्रयोग गर्न सकिन्छ, तर क्रस्ड कटन भने प्रयोग गर्नु हुँदैन । वषर्ामा लेनन र क्रस्ड पोलिविसकस निट्स पनि प्रयोग गर्न सकिन्छ ।
वषर्ामा पनि गर्मी मौसमको कलर ट्रेन्ड जस्तै ब्लु, लाइट पर्पल, इन्डिगो, ह्वाइटलाई निरन्तरता दिन सकिन्छ । यो मौसममा येलो, रेड, ग्रीन, एक्वा ग्रीनसँगै पिंक, पिपक ब्लु, पर्पलका सेड्स प्रयोग गर्न सकिन्छ । पेस्टल सेड्स भने भरसक कम प्रयोग गर्नुपर्छ ।
भिज्न र दाग-धब्बा लाग्नबाट जोगिन डार्क ब्राउन, डार्क ब्लु र ब्ल्याक कलरको केप्री सुट राम्रो हुन्छ । यसका साथमा ब्राइट र पेस्टल सेडका अपरवियरको प्रयोग सुहाउँदिलो देखिन्छ । इच्छाअनुरुप केत्रीका साथमा सानो कुर्ती पनि लगाउन सकिन्छ । ब्राइट कलरको कुर्ती केत्रीका साथ म्याचिङ हुन्छ । हिलोबाट जोगिन सर्ट स्कर्ट प्रयोग गर्न सकिन्छ । घुँडासम्म आउने कार्गी पनि उपयुक्त हुनसक्छ । सर्ट वा हट प्यान्टसित स्पोर्टी टिजको जोडा पनि उत्तिकै सुहाउँदो हुन्छ । टिज भने ब्राइट कलरकै हुनुपर्छ ।
ट्रेन्डी ट्युनिक कफ्तानका साथमा अर्दी टोनको केत्रीले सुपर लुक प्रदान गर्छ । युनिसेक्स स्यान्डलसित रोल गरिएको डेनिम पनि ट्रेन्डी हुन्छ । मिक्स कलरको मिनी स्कर्टसित ह्वाइट हलरको टप र फन्की ज्वेलरीको जोडा पनि उत्तिकै राम्रो हुन्छ ।
सर्ट नुडल्स स्ट्रेपयुक्त येलो टपलाई सनफ्लावर पि्रन्टेड क्वार्टर पाइन्टसित टिम गर्न सकिन्छ । यो ड्रेसलाई वेस्टकोटसित कोअर्डिनेट गर्न सकिन्छ । ब्राइट कलर्ड ब्याङ्गल्स र ग्लेडिएटर स्यान्डलसित स्वयंलाई एक्सेसराइज गर्नु राम्रो हुन्छ । मनसुनमा केत्री र क्यारोट पाइन्ट पनि राम्रो विकल्प हो, किनभने यिनलाई फोल्ड गर्नुपर्दैन ।
सिंगल सोल्डर सर्ट स्लिभलेस ड्रेस मनसुनका लागि पर्फ]{ट पार्टी वेयर हो । जर्जेट र क्रेप फेबि्रकको यस प्रकारको मल्टिकलर्ड फिटेड र ड्रेप्ड ड्रेससित ब्राइट कलर्ड थिन ब्याङ्गल्स र हाई हिल स्यान्डलको जोडा उपयुक्त हुन्छ । यो सिजनमा यंगस्टर्सका बीच ग्रीन ट्रेन्डका रूपमा देखा परेको छ ग्रीन कलरको प्लिटेड हाइनेक वा टाइट अप सिफन टपलाई कलरफुल हट पाइन्टसित मिक्स एण्ड म्याच गरी लगाउनु राम्रो हुन्छ । इन्डोवेस्टर्न लुकमा सनफ्लावर पि्रन्ट भएको अंगरखा स्टाइलको कलीदार कुर्तालाई ट्राउजरसित टिम अप गर्न सकिन्छ । हेमलाइन, स्लिप्ज र नेकलाइनमा वर्क गर्नाले यो पहिरन आकर्षक देखिन्छ ।
सिफन र नेटको लेयर्ड एम्पायर लाइन फ्लोइङ गाउन लगाएर र्फमल पार्टीमा आकर्षणको केन्द्र बन्न सकिन्छ । यस प्रकारको गाउनमा नेटको लेयर प्रयोग गर्न सकिन्छ ।
क्याजुयल आफ्टरनुन वेयरका लागि सिफनको फ्लोरल फ्लोइङ कफ्तान आरामदायक हुनुका साथै प|mेस फिलिङ प्राप्त हुन्छ । फिगर प्लान्ट गर्न चाहने हो भने बेल्ट प्रयोग गर्न सकिन्छ । एसेसरिजको प्रयोगसँगै बेज् हिल्स पर्फ]{ट हुन्छ । मनसुनको फेसन स्टेटमेन्ट सिम्पल र कलरफुल हुन्छ । यतिबेला मल्टिकलर्ड प|mक्स, फंकी टिसर्ट, रेनप्रुफ ब्याग एण्ड फुटवेयरलाई आफ्नो वार्डरोबमा समावेश गर्नुपर्छ । ट्रेन्चकोट, नियोन पिंक वा ट्रान्सपरेन्ट छाता यो सिजनको स्टाइलको महत्त्वपूर्ण पक्ष हो । फ्लोरल पि्रन्टको, कलरफुल, क्युट अम्ब्रेलाको आकर्षण पनि छुट्टै छ । यो मौसममा साडी, लेदर वेयर तथा फुल लेन्थ डेनिमबाट भने जोगिनुपर्छ ।
एसेसरिज
    ब्राइट कलर्सको मौसम भएकाले एसेसरिज पनि ब्राइट हुनुपर्छ । मेटालिक ज्वेलरी छोडेर ब्राइट बिडेड, फन्की ज्वेलरी लगाउनुपर्छ । कलरफुल इयररिङ र नेकलेस हिजोआज बढी प्रचलनमा पाइन्छ । प्लास्टिकबाट बनेकाले वषर्ाले त्यसलाई बिगार्दैन ।
    कलरफुल क्लिपलाई केशमा प्रयोग गरी स्टाइलिस एवं सेक्सी देखिन सकिन्छ । हरेक आकारमा उपलब्ध यस्ता क्लिप ब्राइट कलर्स वा सिल्भर गोल्डन कलर
पनि पाइन्छ ।
    सुहाउँदो हेयर ब्याड पनि लगाउन सकिन्छ । पातलो, चौडा ठूलो, प्लास्टिक क्लोथ, हरेक प्रकारका हेयर ब्यान्ड बजारमा पाइन्छ ।
फुटवेयर
     मनसुन फुटवेयरमा हट पिन्क, बेबी पिन्क, स्काइ ब्लु, पर्पल, येलो, ग्रीन, अरेन्ज तथा रेडकलर फन्की देखिन्छ । यदि यी कलर आफूलाई मन पर्दैनन् भने नेवी ब्लु वा ब्ल्याक कलरको उपयुक्त फुटवेयर छान्न सकिन्छ ।
    फेसन एक्सपर्टहरूका अनुसार यो मौसममा सबैभन्दा राम्रो विकल्प एंकल लेन्थ गम बुट्स, रबर बुट वा सुज हुन् । रेन बुट विशेष गरी यही मौसमका लागि तयार गरिएको हुन्छ । यो वाटरप्रुफ हुनुका साथै भेन्टिलेट पनि हुन्छ ।
    यसका अतिरिक्त स्लच बुट्स पनि आरामदायक हुन्छ । यो धेरैजसो ब्राउन वा ब्ल्याक कलरमा उपलब्ध हुन्छ । रेन र स्लच बुट रबरको तुलनामा केही महँगो हुन्छ, तर तुलनात्मक रूपमा धेरै हदसम्म आरामदायक पनि ।
     रबर सुज ब्ल्याकबाहेक अन्य बोल्ड कलर्स जस्तै ग्रीन, लाइट ब्राउन, रेड, ब्लु, येलोमा उपलब्ध छ ।
     स्लिपअन्स र स्ट्रेपी स्यान्डल्स पनि ट्राइ गर्न सकिन्छ । यसमा खुट्टा खुला रहन्छ । यसको बेस स्पन्जी हुन्छ, जुन पानीमा भिजेपछि पनि तुरुन्तै सुक्छ । यसको ग्रीप कम्फर्टेबलका साथै वासेबल पनि हुन्छ ।
     कोल्हापुरी चप्पलबाट भने जोगिनुपर्छ, किनभने यो चप्पल पानीमा गल्छ ।
    हाई हिलबाट जोगिनुपर्छ, यसबाट चिप्लिने डर हुन्छ ।
     कलेज जानुहुन्छ भने फ्लोटर्स उपयुक्त हुन्छ । फ्लोटर्सले भेन्टिलेज गर्नुका साथै वासलेस पनि हुन्छ र पानीमा भिजेपछि तुरुन्तै ड्राई पनि हुन्छ । यो मौसममा रेक्सिनका जुत्ता, चप्पल पनि प्रयोग गर्नु हुँदैन ।
    यो मौसममा दुई-तीन जोर फुटवेयर राख्नुपर्छ, ताकि एउटा भिजे अर्को प्रयोग गर्न सकियोस् ।
    यो मौसममा क्रक्स फेसनमा देखिन्छ । मूलतः ग्रीन, ब्राइट, रेड, ब्लु, पिन्क, येलो, पर्पल आदि रंग यो फुटवेयरको आकर्षण हो ।

श्रोत: कान्तिपू नारी

रिजिन शाक्य



Comments

Popular posts from this blog

यस लग्जरी मोटर होम देखे पछी....!

सं सारमा कुनै पनि असंभव छैन.. तपाईको शंका तब बदलिन्छ जब यस चलता-फिर्ता पांच तारे कार लग्‍जरी मोटर होमको अगाडी हुनेछ. हो, आकर्षक लुक बलियो इन्जिन क्षमताबाट सजिएको यस मोटर होम धेरै नै खास छ. यस अदभूत मोटर होम कारको निर्माण अस्ट्रियाको मार्ची मोबाईल्स कम्पनीले गरेको हो. यस मोटर भित्र प्रवेश पछी तपाईलाई अनुभूति हुनेछ कुनै फाइब स्टार होटलको लग्‍जरी रूमको हो. त्यति मात्र हैन भित्र राम्रो स्पेस को लागी यसमा फोल्‍डींग सिस्‍टमको प्रयोग पनि गरेको छ. आउनुस त्यस अदभूत मोटर होमको केहि चित्र हेरौं...   

मेराे बुबा पंचबहादुर दुवालकाे भिमरथाराेहन

एक पल्ट बाईक हेरी आनन्द लिने हो कि?