बद्रीप्रसाद खतिवडा २०२० को दशकमा काठमाडौँलाई बाह्य विश्वसँग जोड्ने पहिलो राजमार्गका रूपमा त्रिभुवन राजपथको निर्माण भयो। यसले बढ्दो यातायातको भारलाई थेग्न सकेनर ४० को दशक नसकिँदै नारायणगढ-मुग्लिङ सडकको खाँचो पर्यो। ६० को दशक पुग्नअघि नै उक्त मार्ग पनि अपर्याप्त भएर अहिले हामी काठमाडौं-निजगढ ६ लेनको फास्ट ट्रयाक निर्माणको चटारोमा छौँ। काठमाडौँ उपत्यका र वरिपरिका क्षेत्रको बढ्दो जनघनत्व र नेपाल भित्रिरहेका गाडीहरूको बढ्दो सङ्ख्यालाई हेर्दा यो ६ लेन चौडा द्रूतमार्गले पनि ८० को दशकको आवश्यकतालाई पूरा गर्ने छाँट देखिँदैन। यस हिसाबले प्रत्येक दशकमा काठमाडौँ भित्रने नयाँ र चौडा राजमार्गको निर्माण गर्न हाम्रो भूबनोटले पनि दिँदैन। लुतो कन्याए झ्ैं गरिरहनुपर्ने यसखाले अदूरदर्शी योजनाबाट मुक्ति पाउन राज्यले तत्कालै धेरै अगाडि बढिनसकेको र ठूलो लगानी पनि फसिनसकेको फास्ट ट्रयाक निर्माणलाई बुद्धिमत्तापूर्वक विराम दिएर विद्युत् रेलमार्गको निर्माणमा लाग्नुपर्छ, जसले राजधानीवासीको एक शताब्दीसम्मको आवश्यकता धान्न सक्छ। ट्रेनले बस-ट्रकले जस्तो सडक जामको झ्मेला व्यहोर्नु नपर्ने हुँदा निर्धारित समय सी