Skip to main content

Posts

Showing posts from June 27, 2010

बिहे नगरे पनि सँगसँगै

नेपाली समाजमा सामान्यतः बिहेअघि किशोरकिशोरी सँगैसँगै बस्दैनन् । तर, एक अध्ययनले काठमाडौं तथा सहरी क्षेत्रमा बिहे नै नगरे पनि सँगसँगै बस्ने किशोरकिशोरीको संख्या बढ्दै गएको देखाएको छ । जापान, प|mान्स, क्यानडा, अमेरिकालगायतका विकसित मुलुकहरूमा युवायुवती बिहे नगर्दै सँगसँगै एउटै कोठामा केटा र केटी साथीका रूपमा बस्ने गर्छन् । यो प्रवृत्ति नेपालमा पनि देखिएको महिला आयोगद्वारा तयार पारिएको एक अध्ययन प्रतिवेदनले देखाएको हो । काठमाडौं तथा सहरी क्षेत्रमा कति जोडी सँगै बस्छन् भन्ने तथ्यांक भने कसैसँग छैन । तर, समस्या परेपछि आएका उजुरीका आधारमा बिहे नगरेरै सँगै बस्ने २६ जोडी काठमाडौंमा रहेको तथ्यांक आयोगले शुक्रबार सार्वजनिक गरेको छ । घरपरिवारलाई थाहै नदिई बिहे नै नगरी सँगै बस्ने केटा र केटी साथी लुकेर कोठामा बस्ने गरेको पाइएको छ । सुरु-सुरुमा त उनीहरूको जीवन रमाइलो भए पनि पछि समस्या हुने गरेको आयोगद्वारा सार्वजनिक अध्ययनमा जनाइएको छ । 'सुरुमा एकले अर्कोलाई हरेक कोणबाट सहयोग गरेका हुन्छन् । केटी या केटाको प्रसंगले एक अर्कोमा विवाद, रिस पनि हँुदैन, त्यसकारण केटा र केटीको सँगसँगैको जीवन धेरै हदस