Skip to main content

Posts

Showing posts from November 15, 2009

नेपालमा पनि पुरुष वेश्या

प्रहरी भन्छ- धनाढ्य तथा नवधनाढ्य महिला ग्राहक छन् महिला मात्र होइन, अब पुरुष पनि वेश्याका रूपमा व्यवसायमा उत्रिएका छन् । महिलाजस्तै सर्वत्र नभए पनि गोप्यरूपमा पुरुष वेश्या (जिगोलो) पैसा कमाउने धन्दामा लागेका छन् । व्यस्त श्रीमान्का धनाढ्य तथा नवधनाढ्य महिलाहरूमाझ काठमाडौंमा करिब तीन दर्जन पुरुष यौनकर्मी सक्रिय रहेको तथ्य प्रहरी अनुसन्धानबाटै खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले सुरु गरेको विशेष अप्रेसनबाट काठमाडौंमा पुरुष यौन व्यवसायीको समूह रहेको तथ्य खुलेको हो । वरिष्ठ प्रहरी उपरीक्षक नवराज सिलवालका अनुसार यौनकर्मीको रूपमा सक्रिय दुई समूहका २५ जना युवाको बारेमा प्रहरीले प्रारम्भिक जानकारी पाइसकेको छ । अनुसन्धानमा संलग्न अर्का एक प्रहरी अधिकारीका अनुसार दुई समूहमध्ये २१ जना पुरुष यौनकर्मीको विभिन्न पोजका तस्बिर प्रहरीको हात लागिसकेका छन् । यी तस्बिरमा पुरुष यौनकर्मीले महिलालाई आकषिर्त गर्ने भावभंगिमा प्रस्तुत गरेका छन् । अनुसन्धानका क्रममा प्रहरीले केही पुरुष यौनकर्मीलाई कार्यालयमा बोलाएर सोधपुछ गरिसकेको छ । एसएसपी सिलवालले भने, 'अहिले हामी अनुसन्धानको प्रारम्भिक चरणमा छौँ,