Skip to main content

Posts

Showing posts from May 30, 2010

युनिटीका सञ्चालकद्वारा एकैपटकमा ४२ लाख कमिसन

युनिटी लाइफ इन्टरनेसनलका कार्यसमितिका एक जना सदस्यले एकै पटकमा ४२ लाख रुपैयाँसम्म कमिसन लिएको अनुसन्धानमा खुलेको छ । राजस्व अनुसन्धान विभागले गरेको प्रारम्भिक अनुसन्धानमा समूह अध्यक्ष काशीराम गुरुङले एकै पटकमा ४२ लाख रुपैयाँसम्म कमिसन लिएको देखिएको हो । माथिल्लो तहका व्यक्तिहरूले बढी कमिसन लिएर सदस्य बनाउने गरेको पाइए पनि यस विषयमा विस्तृत अध्ययन गर्न भने बाँकी रहेको विभागले जनाएको छ । विभागका अनुसार युनिटीले अहिलेसम्म ५८ हजार सदस्यले कमिसनबापत २ करोड ९ लाख ६१ हजार अमेरिकी डलर बराबर रकम लिएको पाइएको छ । विभागले युनिटीको कारोबार, सदस्य संख्या, संस्थाहरूसँगको आबद्धता र विभिन्न योजनाका विषयमा पहिलो चरणको अध्ययन सकिएको जनाएको छ । विभागले बिहीबार आयोजित पत्रकार सम्मेलनमा पछिल्लो एक वर्षमा युनिटीको सदस्यता तीव्र रूपमा बढेको जनाएको छ । विभागका अनुसार युनिटीले प्रचार गरे जस्तो ६ लाख सदस्यता नभई विभागले नियन्त्रणमा लिएको कम्पनीको सर्भरबाट ३ लाख ६६ हजार ३ सय ४२ जना सदस्य रहेको पाइएको छ । अनुसन्धानका क्रममा युनिटी समूहभित्र २२ संस्था आबद्ध भएको पाइएको छ । छुट्टाछुट्टै संस्था र कम्प