Wednesday, September 2, 2009

हाउडे बाराक अमेरिकाका राष्ट्रपति

बर्तमान अमेरिकी राष्ट्रपति बाराक ओबामाका एकजना स्कुले साथी सम्झन्छन्-"विद्यालयको सिर्जनात्मक लेखनमा बाराकका साथीहरु कोही डक्टर त कोही पाइलट हुन्छु भनेर लेख्दथ्ये तर बाराक भने प्रेसिडेन्ट हुन्छु भनी उल्लेख गर्दथे ।" नभन्दै तीनै बालक अहिले विश्वको शक्तिशाली प्रजातान्त्रिक मुलुक अमेरिकाको प्रेसिडेन्ट अर्थात राष्ट्रिपति भएका छन् । यति मात्र होइन उनी यो भन्दाअघि पनि प्रेसिडेन्ट भएका थिए त्यो भने हवार्ड ल रिभ्यू नामक पत्रिकाको । सो पत्रिका हवार्ड ल स्कुलको मासिक प्रकासन थियो । ओबामा सो विश्व विद्यालयका विद्यार्थी थिए ।

हाम्रा कवि लेखनाथ पौड्यालले "उद्देश्य के लिनु छुनु एक चन्द्र" भनेर ठूलो उद्देश्य लिएर त्यसै अनुसार काम गर्यो। भने ठूलो मानिस भइन्छ भन्ने सन्देश दिनु भएको थियो । के यो भनाइ अमेरिकाका वर्तमान तथा ४४ औं राष्ट्रपति ओबामाको जीवनमा मिलेको छैन र ? विद्यालयमा को हाउडे हुदैन र ? तर उमेर अनुसार आफूलाई परिपक्क बनाउनु पर्दछ भन्ने शिक्षा पनि ओबामाको विगत जीवनले दिएकोछ । संवैधानिक कानुनका विद्यार्थी ओबामाले विद्यार्थीलाई हाउडे बन्नु हुदैन, असल बन्नु पर्दछ भन्दै सन् १९९२ बाट २००४ सम्म्म युनिभर्सिटी अफ सिकागो, ल स्कुलमा गुरु -शिक्षक) भएका थिए तर तिनै ओबामा जतिखेर विद्यालयमा पढ्दै थिए, एकपटक उनले बाँसले बनाइएको विद्यालयको झुप्प्रे भवन भत्काइ दिएका थिए ।

धेरै एतिहास रच्दै केन्याका मुस्लिम बाबु र अमेरिकी नागरिक कृष्चियन आमाका छोरा बाराक हुसेन ओबामा अमेरिकाको लागि पहिलो अप-अमेरिकन राष्ट्रपति बन्नु भएको हो । कति उदार रहेछ अमेरिकी समाज-जहाँ चुनावताका बाराकलाई मुस्लिम भनेर त्यहाँका मदताताले हराएनन् । बाराकको दक्षता, अनुभव र युवापुस्तामा रहेको लोकपि्रयताले हृवाइट हाउसको गरिमाभय उच्च पदमा पुगेका ओबामा यसअघि राष्ट्रपति पदमा मनोनयन गर्दासम्म -१९९७-२००५) इलियोनिस राज्यको सिनेटर हुनुहन्थ्यो । उहाँ संवैधानिक कानुनका प्राध्यापक, लेखक, सामुदायिक संगठक, अधिकारकर्मी पनि हुनुहन्थ्यो । त्यसैले बहुमुखी प्रतिभाको धनी उहाँलाई कसैकसैले "ओबामा मेड इन अमेरिका फर अमेरिका" पनि भनेका छन् । ४ अगष्ट १९६१ मा अमेरिकाका होनोलुलुस्थित अपिओलानी मेडिकल सेन्टरमा उहाँको जन्म भएको थियो ।

Tuesday, September 1, 2009

पूर्व युवराज पारस जाली नोटको कारोबारमा संलग्न रहेको आरोप


पूर्वयुवराज पारस अन्डरवल्र्ड डन दाउद इब्राहिमका व्यावसायिक पार्टनर भएको दाबी भारतको अंग्रेजी दैनिक टाइम्स अफ इन्डियाले गरेको छ । सो दैनिकका अनुसार पारस र दाउदले मिलेर नक्कली भारतीय नोटको कारोबार गरिरहेका छन् । दाउड भारतले सर्वाधिक खोजी गरिरहेका अन्डरवर्ल्ड डन हुन्। सोमबार भारतीय टेलिभिजन च्यानलहरु आजतक, हेडलाइन्स टुडे, तेज, इन्डिया टिभीले यो समाचारलाई प्राथमिकताका साथ प्रसारण गरिरहेका थिए।

टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा सोमबार साँझ प्रकाशित समाचार अनुसार नक्कली नोटका साथ पक्राउ परेका दुई नेपालीसितको सोधपूछका क्रममा यो रहस्य खुलेको हो।अनलाइनमा मध्यप्रदेश प्रहरीको आतंकवादविरोधी दस्ता (एटिएस) को

नियन्त्रणमा परेका दुई नेपालीले दिएको बयानबाट दाउद र पारसको कारोबारको रहस्य खुलेको पत्रिकाले लेखेको छ । ती दुई नेपाली पक्राउ परेको भनिए पनि उनीहरुको नाम खुलाइएको छैन।

'दाउद र पारसका बीचमा नेपालका शाही कालका पूर्वमन्त्री सलिम मियाँ अन्सारीका छोरा युनुस अन्सारीले मध्यस्थको रूपमा काम गरिरहेका छन्, उनीहरूले अहिलेसम्म करोडौंका नक्कली नोट भारतीय बजारमा फैलाइसकेका छन्,' प्रहरी स्रोतको हवाला दिँदै टाइम्स अफ इन्डियाले लेखेको छ । यही समाचारको आधारमा सो पत्रिकाकै सहयोगी टेलिभिजन टाइम्स नाउले पनि पारसको तस्बिर र नक्कली भारतीय नोटसहितको रिपोर्ट पनि प्रसारण गरिरहेको छ ।

त्यसैगरी भारतीय टेलिभिजन च्यानल 'आजतक' ले उत्तरप्रदेशको बहराइचमा नक्कली नोटसहित पक्राउ परेका विक्की मनिहारले बयानका क्रममा पारसको नाम पोलेको बताएको छ। 'आजतक' भन्छ, 'मनिहारले पोल्नुअघि नै भारतीय जासुसी एजेन्सीलाई नेपालको राजघराना यसमा स‌क लग्न भएको हुनसक्ने थाहा भइसकेको थियो। गृह मन्त्रालयलाई गएको महिना बुझाइएको गोप्य प्रतिवेदनमा पनि यसलाई स्पष्ट उल्लेख गरिएको छ'

'आजतक'ले पारस सिंगापुरमा बसेर पनि नक्कली नोटको कारोबारमा संाइलग्न हुनसक्ने शंोका गरेको छ। 'हेडलाइन्स टुडे' र 'तेज' टिभीले भारतीय अर्थव्यवस्थालाई कमजोर पार्ने षड्यन्त्रका मास्टरमाइन्ड पारस हुनसक्ने भन्दै समाचार प्रसारण गरेको छ। दाउद भने सन् १९९३ को मुम्बई बमकाण्डलगायतका विभिन्न अभियोगमा भारतीय प्रहरीको 'मोस्ट वान्टेड' सूचीमा छन् ।

विक्की मनिहार


हुन्डाईको नयाँ कार बजारमा


केहि दिन पहिले देखी काठ्माण्डौंको प्रदशनी मार्ग भृकुटि मंडपमा प्रदशनी भैरहेको हुन्डाई कम्पनीको नयाँ कार Hundai i20 ले ग्राहकबर्गहरुको मन खिच्न सफल भएको छ, हिजो अगष्ट ३१ मा एउटा कारको बुकिङ्ग मेरो भाईले पनि गरी आएको थियो रे। हेर्दा आकर्षक मोल पनि अरु कम्पनीको भन्दा रिज्नेबल नै देखीन्छ। अब कार ल्याई सकेपछि चलाएर हेरु, हेर्दा मात्र सुन्दर हो की त्यस कारको बानी बेहोरा अनी कतिको टिकाऊ हुने हो त्यो सबै पछि नै थाहा होला, पहिले प्रोयोग गरी त हेरु हैन र..!