Skip to main content

Posts

Showing posts from September 19, 2010

जम्का भेट

रि नेशा राईको दिन आएको छ। पाँच वर्षमै उनी सफलताको आकाशमा उड्न थालेकी छिन्। म्युजिक भिडियो, स्टेज कार्यक्रम हुँदै चलचित्र नृत्य निर्देशकसम्मको फड्को मार्न उनले निकै परिश्रम गरिन्। त्योभन्दा  पनि नेपाली चलचित्रमा चलिआएको परम्परागत शैलीभन्दा अलिक फरक ढंगबाट नृत्यलाई प्रस्तुत गर्ने उनको कला प्रशंसनीय छ। त्यसैले त पहिलो चलचित्र ँमेरो एउटा साथी छ’ पछि उनी धेरै व्यस्त भइन्।  अहिले उनले ँडान्स कोरियोग्राफी’ अर्थात् नृत्य निर्देशन गरेका चलचित्रहरू एकपछि अर्को गरी सार्वजनिक हुने क्रममा छन्। धर्मा, ब्याच नम्बर सिक्सटिन, मिस यु, मेरो लभ स्टोरी र हाल छायांकनमा रहेको  मालतीको भट्टी आदि चलचित्रबाट उनको नृत्य निर्देशन क्षमता दिनानुदिन अभिवृद्धि हुँदैछ। ँधर्मा’मा उनले मनीषा कोइराला र राजेश हमाललाई नचाइन्। नयाँ शैलीबाट नेपाली चलचित्रको निर्माण थालिनु र नृत्य  निर्देशनमा नयाँ शैली दिन सक्ने ँकोरियोग्राफर’का रूपमा रिनेशाको आगमन हुनु पनि आफैंमा एउटा संयोग हो। उनको प्रतिभाको कदर गर्नेहरू नेपाली चलचित्रको फाँटमा प्रशस्तै छन्।