Skip to main content

राजमार्गमा यौन !

कवि बुद्धिसागर फिल्म हेर्न जय नेपाल हल पुगेछन् । फिल्म सुरु हुनुअघि टाइटानिकको संगीतमिश्रति धुन भएको कन्डमको विज्ञापन बजेछ । बुद्धिसँगै बस्ने केटोले एउटी केटीलाई कोट्याउँदै भनेछ हेर त, तिम्रो विज्ञापन बज्यो ।' बुद्धि झस्किएछन् । थाहा भयो, ती तिनै युवती रहिछिन् जो हलको ठूलो पर्दामा कन्डमको विज्ञापनमा छाएकी छिन् र त्यो विज्ञापन हेर्दै हलका केटाहरू गल्लल हाँस्दै छन् । कन्डमको विज्ञापनमा छाएकी ती नायिका नम्रता श्रेष्ठ लाजले रातो भइछिन् । 'ती यति लजाइन् कि भनिसाध्य छैन,' बुद्धिले सुनाए, 'कन्डमको विज्ञापनमै देखिने केटी त कन्डमबाट यति लजाउँछिन् भने अरूको हालत के होला ?' हामीलाई खोज्नु थियो- के तन्नेरी पुस्ता यौनमा उदार छ ? 'यौन चाहना सबैमा हुन्छ, कसैले लुकाउँछन् कसैले खुल्ला देखाउँछन्,' विनीताले उदार भएर बोलिन्, 'हामीले आफ्नो 'बेड रिलेसनसिप'बारे पनि खुलेर भन्न सक्नुपर्छ ।' अहिलेकी 'हट' मोडल विनीता साथीहरूसँग यौनका बारेमा कति खुलेर कुरा गर्छिन् त ? 'यौनबारे साँच्चै खुलेर कुरा गर्नुपर्छ, म यौनमा खुल्न रुचाउँछु । साथीहरूसँग आफूलाई भएको यौन-समस्याबारे राम्रैसँग कुरा राख्छु ।' उनी परिवारसँग पनि कन्डमबारे खुलेरै कुरा गर्ने गरेको बताउँछिन् । 'यसले त मान्छेलाई यौन रोगहरूबाट बचाउँछ, अनि किन नखुल्नु ?' उनले भनिन्, 'यौन सबैको चासोको विषय हो, समय आएपछि यो हुन्छ पनि, तर हामी यौनमा विकृत बन्नु हुन्न । यो लाज मान्ने कुरो होइन, झन् खुल्नुपर्ने कुरो हो ।' विनीतालाई आफूभन्दा अग्रजहरूसँग यौनका बारेमा खुलेरै कुरा गर्दा पनि संकोच लाग्दैन रे !

अर्का मोडल विनय श्रेष्ठ पनि यौनमा साह्रै खुल्ने गरेका छन् । 'साथीहरूसँग बाहेक अरूसँग खासै यौनका कुरा गरिन्न,' उनले सुनाए, 'तर, जति कुरा गरिन्छ मज्जैसँग खुलिन्छ । महिलाप्रति आकर्षण हुन्छ, केटाहरूसँग गफ हुँदा बढी केटीहरूकै कुरा हुन्छ ।' आमासँग पनि यौनबारे राम्रैसँग कुरा जम्ने गरेको उनी सुनाउँछन् । 'लाज मान्नु हुन्न, अब पहिलेको जमाना छैन,' उनी भन्छन्, 'हामी याैनमा निकै अघि बढेका छौँ, अहिले ९/१० कक्षा पढ्दा नै केटाकेटीले यौनको आनन्द लिइसक्छन् । मसँग पनि यौनको धेरै अनुभव छ ।' उनलाई अझै पनि ठूलासँग यौनबारे कुरा गर्दा भने निकै संकोच भने लाग्छ रे ! स्कुल पढ्दा लुकिछिपी यौन उपन्यास पढ्ने गरेको उनले सुनाए ।

फिल्मकी नायिका रेजिना उप्रेती यौनका बारेमा खुलेर कुरा गरे मात्र समाज अघि बढ्ने बताउँछिन् । 'घरमा बोल्न पाइएन भने मात्र हो बाहिर गएर बोल्ने,' उनले भनिन्, 'आफ्ना यौन अनुभव, समस्या साथीहरूसँग साट्नुपर्छ । म पनि साथीहरूलाई यौनसम्बन्धी आफ्ना कुरा सुनाउँछु ।' उनलाई यौनसम्पर्क सामान्य लाग्दोरहेछ । 'यौनसम्पर्क भनेको ज्वरो आउँदा सिटामोल खानुजस्तै हो,' उनले भनिन्, 'यौनसम्पर्कले मान्छे तनाबबाट मुक्त हुन्छ ।'

उनलाई यौन खाना, हावा र पानीजस्तै जरुरी चिज हो भन्ने लाग्छ । 'यो शरीरकै आवश्यकता हो, उमेर पुगेपछि शरीरले माग्छ, गर्नुपर्छ । यौन-चाहना लुकाएर बसे झन् दुर्घटना हुन्छ ।' उनलाई यौनका मामलामा समाज अहिले निकै अघि पुगिसक्यो भन्ने लाग्छ । 'अहिले सामाजिक मान्यता परिवर्तन भइसक्यो, यौन आवश्यक चिज हो भन्ने भइसक्यो ।'

२२ वर्षे नायिका निशा अधिकारी यौनमा समाज उदार हुनुपर्ने बताउँछिन् । 'म त यौनबारे सबैसँग खुलेर कुरा गर्छु, साथीहरूसँग जस्तै ममीसँग पनि खुलिन्छ ।' परिवारका सदस्यहरूसँग बसेर टेलिभिजन हेर्दा कन्डमको विज्ञापन आउँदा अलिकति पनि लाज नलाग्ने उनी बताउँछिन् । 'यौनरोगबाट बच्न यो त चाहिने कुरा हो नि, यौनबारे अहिले सबैले बुझेका छन्, लजाउनुपर्ने कुरै छैन ।' तर, पनि ठूला मान्छेसँग यौनबारे कुरा गर्न संकोच भने लाग्छ रे उनलाई । 'हामी आफू हुर्केको संस्कृतिबाट पर भाग्न सक्दैनौँ,' उनले भनिन्, 'यहाँ बिस्तारै पश्चिमी संस्कृति हुर्कियो । तैपनि, हामी यौनका मामलामा त्यति अगाडि पुगेका छैनौँ ।'

नायक आर्यन सिग्देल यौनलाई स्वतन्त्र छोड्नुपर्ने बताउँछन् । 'साथीहरूसँग मज्जाले खुलेर कुरा गर्नुपर्छ,' उनले भने, 'तर, यौनमा उच्छृंखलता हुनु हुन्न ।' उनलाई अहिलेको युवापुस्ता पनि यौनमा बाँधिएका छन् भन्ने लाग्दैन । सानो छँदा आर्यनलाई यौनका कुरा सुन्दा पनि लाज लाग्थ्यो रे ! 'अहिले त समय फेरियो, विचार फेरिए । के लाज लाग्नु ? यौन त भगवान्ले दिएको संसारकै सबैभन्दा रमाइलो वरदान हो,' उनले भने, 'हेर केटा हो ! रमाइलो गर, तर विकृत नबन भनेर भगवान्ले दिएका हुन् । यो संसारको सबैभन्दा आवश्यक चिज हो ।'

अर्का नायक राजबल्लभ कोइराला यौनले मान्छेलाई अघि बढ्न प्रेरित गर्ने बताउँछन् । 'यसले हामीलाई सभ्य भएर बाँच्न सिकाउँछ,' उनले भने, 'गाउँतिरका मान्छे यौनका मामलामा उदार नदेखिए पनि सहरका युवायुवती संकुचित भने छैनन् ।'


हामी हिजो बाँचेको परिवेशबाट मुक्त हुन भने नसक्ने उनी बताउँछन् । 'हिजो हामी पुरानो संस्कारमा हुर्केका थियौँ,' उनले सुनाए, 'तर अहिले हामीले अप्ठ्यारो मान्नुपर्दैन, यौनका बारेमा खुलेरै कुरा गर्नु आवश्यक छ ।'


यो जमाना इन्टरनेटको हो । 'हामी अहिले इन्टरनेट साइट हेरेर सेक्सबारे बुझ्न थालेका छौँ,' उनी भन्छन्, 'यौनबारे साथीहरूसँग धेरै छलफल गर्नुपर्छ, नत्र मान्छे यौनकुण्ठाले बिरामी पनि हुनसक्छ ।'

आफूभन्दा ठूलाका अघि यौनका बारे कुरा गर्न संकोच लाग्दैन ? 'लाग्दैन, किन संकोच मान्नु ? यौनको कुराकानीले त मान्छेलाई धेरै कुरा सिकाउँछ,' राजबल्लभले सुनाए । उनलाई अहिले नेपाली समाज यौनका मामलामा निकै उदार बन्दै गइरहेको छ भन्ने लाग्छ । 'पहिले यसबारे मान्छे बोल्न निकै लजाउँथे, तर अहिले त समयले मान्छेलाई परिवर्तन गरिसक्यो, यसबारे खुलेरै बोल्नेहरू छन् ।'

नवलपरासीमा जन्मे-हुर्केका नाटक र फिल्म कलाकार सौगात मल्लको गाउँको परिवेशले नै यौनबारे खुल्न दिएन रे ! उनको पारिवारिक वातावरण, हुर्केको परिवेश नै त्यति अनुशासित थियो कि उनले यौनमा खुलेर चासो राख्नै पाएनन् । 'त्यसैले म यौनका कुरामा त्यतिसारो खुल्दिनँ,' गुरुकुलमा लामो समयको प्रदर्शनपछि भर्खरै सकिएको 'इडिपस' नाटकका नायकले भने, 'समय फेरिए पनि मेरो मनमा भएको संकुचित यौन फक्रिएन ।' गाउँमा रहँदा अरू कसैले आपना अघि यौनको कुरा गर्दा पनि सौगात खुब लाज मान्थे रे । 'तर अहिले त्यस्तो लाज हुँदैन,' उनले भने । उनलाई पछि कमिक्स पढ्न थालेपछि मात्रै यौनबारे जानकारी मिल्यो । 'मैले पढ्ने गरेका कमिक्सका किताबमा यौनका धेरै प्रसंग हुन्थे । यसले मलाई यौनबारे जानकारी दियो ।' उनलाई अहिलेे समाज याैनका मामलामा निकै खुल्दै आएको छ भन्ने लाग्छ ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान विनोद दास यौनबारे खुलेर कुरा गर्छन् । 'कति छन् जो अरूका कुरा सुन्छन्, तर आफ्ना कुरा गर्दैनन्,' उनले भने, 'केटासाथीसँग भने म खुलेरै कुरा गर्छु, तर परिवारसँग भने कुरा गरिन्न, म बुबा-आमाभन्दा निकै टाढा छु, कुरा गर्न पाउँदिनँ ।' घरमा बुबा-आमासँगै हुँदा टिभीमा कन्डमको विज्ञापन आएपछि उनलाई असहज अनुभव हुन्छ रे । उनी जानकारीमूलक यौनका किताब पढ्छन् । 'यौनका किताब पढ्दैमा नराम्रो केही हुन्छ जस्तो लाग्दैन । 'यौनबारे धेरै कुरा जान्न पनि किताब पढ्नुपर्छ,' उनले भने । विनोद दासलाई हामीहरू यौनमा निकै पछाडि छौँ भन्ने लाग्दोरहेछ । 'हामीकहाँ यौनशिक्षा दिने चलन छैन, गाउँतिरका ५-१० प्रतिशतलाई पनि कन्डमबारे थाहा नहोला । हामी यौनमा निकै पछाडि छौँ ।'

पूर्वराष्ट्रिय खेलाडी संगीना वैद्य साथीहरूसँग यौनबारे खासै कुरा गर्दिनन् । 'दस जोड दुई पुस्ता यौनमा अलि खुलेको देखिन्छ,' उनले भनिन्, 'तर, म यौनबारे कोहीसँग पनि कुरा गर्दिनँ ।' उनले अहिलेसम्म ध्यान दिएर यौनबारे केही सामग्री पनि पढेकी छैनन् रे ! 'भेटियो भने कहिलेकाहीँ पढिन्छ, तर खासै वास्ता गरिन्न,' उनले भनिन् ।

नेपाल विद्यार्थी संघका अध्यक्ष प्रदीप पौडेल यौनबारे खासै चासो दिँदैनन् । विद्यार्थीका यी नेता कहिलेकाहीँ साथीहरूसँग यौनको कुरा गरे पनि यो विषय केन्द्रविन्दुमा भने कहिल्यै नरहने बताउँछन् । उनलाई टेलिभिजनमा यौन दृश्य र कन्डमका विज्ञापन देख्दा परिवारका अगाडि असहज अनुभव हुन्छ । उनी यौनबारे खासै केही पनि पढ्दैनन् रे ! 'पढेको छैन, मिडियामा पनि त्यस्तो खुला रूपले आउँदैन । फेरि पढ्न पनि त्यति सहज छैन,' उनले भने । उनलाई नेपाली समाज पूरै पर्दाभित्र छ भन्ने लाग्दोरहेछ । 'हामी त भित्र कतै लुकेका छौँ,' उनले भने ।

युवा साहित्यकार चंकी श्रेष्ठ आवश्यक परे मात्र साथीहरूसँग यौनका कुरा गर्ने बताउँछन् । 'अप्ठेरो नपर्ने ठाउँमा मात्र यौनका कुरा गरिन्छ,' उनले भने । उनी यौनका किताब पढ्ने गरेको बताउँछन् । 'धुव्रचन्द्र गौतम र मेलान कुन्देराको उपन्यास पढ्दा यौनबारे निकै कुरा पढ्न पाइन्छ,' उनले भने, 'तर, यौन उपन्यासचाहिँ कहिल्यै पढिन्न ।' चंकीलाई यौनका मामलामा हामी धेरै कुण्ठित छौँ भन्ने लाग्छ । 'यौनकुण्ठाले भरिएको छ नेपाली समाज,' उनले भने ।

कवि विमला तुम्खेवा यौनमा भित्री सौन्दर्य लुकेको छ भन्छिन् । 'यो यस्तो सौन्दर्य हो जसलाई व्यवस्थापन गर्न सक्नुपर्छ, जीवनको जुनसुकै कुरा पनि यौनभन्दा तल छ,' उनले भनिन्, 'म लिम्बू परिवारमा जन्मेकी हुनाले मलाई यसको कुरा गर्न गाह्रो भएन । पहाडमा मेरा बुबा-आमा एउटै घोडामा चढेर रामनवमीमा हुने हाटबजार पुगेर आउँथे र हाम्रो घरमा पनि यसबारे कुरा हुन्थ्यो । त्यसैले म यौनमा संकुचित भइनँ । यौनका किताबहरू खासै नपढे पनि विश्वप्रसिद्ध यौन उपन्यास लोलिता भने पढेको बताउँछिन् विमला । 'यौन प्रेमको कलात्मक क्रिया हो,' उनले भनिन्, 'युवा पुस्ताले यौनलाई मजाले स्विकारेको छ, यो समाज अघि बढ्ने राम्रो संकेत हो ।'

प्राध्यापक अभि सुवेदी नेपाली समाज यौनका मामलामा खुला भएको सुनाउँछन् । युवकहरूमा पनि एउटा अनुशासित वर्ग उभिएको उनलाई लाग्छ । 'त्यो वर्ग राजनीतिमा लागेको छ र उनीहरू यौनलाई अनुशासित दृष्टिले हेर्छन्,' अभि सरले सुनाए, 'नेपालमा आफ्नै किसिमका चलन छन् । यहाँ एकल किसमको चित्रभन्दा पनि खुला चित्र हुर्केको छ । आफ्नै संस्कृति छ हामीसँग । बाहुन, क्षेत्रीको संस्कृति हेर्दा पनि हाम्रो समाज यौनका मामलामा निकै खुला हो । समाज यौनले नभई आर्थिक उन्नति र सांस्कृतिक पक्षले अगाडि बढ्ने उनी बताउँछन् । 'बाहिरी देशका कति जातिभित्र यौन बन्देज छ,' उनले भने, 'तैपनि समाज अघि बढेकै छ ।'

आजको यो तन्नेरी पुस्ता कतिको उदार छ यौनमा ? यही मेसोमा भेटिएका हुन् कवि बुद्धिसागर । सानैमा कमिक्सका किताब र जासुसी उपन्यास पढ्ने लत लागेका उनी साथीहरूसँग यौनका बारेमा खुलेर कुरा गर्नेगरेको दाबी गर्छन् । 'पहिले त गफ गर्न लजाउँथेँ,' उनले सुनाए काठमाडौं आएपछि यहाँको माहोलले छुन थाल्यो र यौनका कुरा सामान्य लाग्न थाले, परिवर्तनले हामी दूरदराजबाट सहर पसेकालाई पनि छोयो क्यारे !' बुद्धि पहिले-पहिले यौनसम्बन्धी किताब ध्यान दिएर पढ्ने गरेको सुनाउँछन् । 'अरुन्धती रोयको यौनसम्बन्धी किताब पढिन्थ्यो,' उनले भने, 'नेपालीमा आएका किताब पनि पढिन्थ्यो, अहिले त राम्रा र स्तरीय किताब मात्र खोजिन्छ ।' उनलाई नेपाली समाज यौन उदारतामा गाउँबाट सहर बन्ने क्रममा छ भन्ने लाग्दोरहेछ । 'समाज कता जानु भन्ने अवस्थामा छ,' उनले सुनाए, 'यो 'ट्रान्जिट प्वाइन्ट'मा रुमल्लिएको छ ।'
काठमाडौंमा एक बिहान भेटिएकी मोडल विनीता बराललाई सोधियो आजको यो तन्नेरी पुस्ता कतिको उदार छ यौनमा ? यही मेसोमा भेटिएका हुन् कवि बुद्धिसागर । सानैमा कमिक्सका किताब र जासुसी उपन्यास पढ्ने लत लागेका उनी साथीहरूसँग यौनका बारेमा खुलेर कुरा गर्नेगरेको दाबी गर्छन् । 'पहिले त गफ गर्न लजाउँथेँ,' उनले सुनाएकाठमाडौं आएपछि यहाँको माहोलले छुन थाल्यो र यौनका कुरा सामान्य लाग्न थाले, परिवर्तनले हामी दूरदराजबाट सहर पसेकालाई पनि छोयो क्यारे !' बुद्धि पहिले-पहिले यौनसम्बन्धी किताब ध्यान दिएर पढ्ने गरेको सुनाउँछन् । 'अरुन्धती रोयको यौनसम्बन्धी किताब पढिन्थ्यो,' उनले भने, 'नेपालीमा आएका किताब पनि पढिन्थ्यो, अहिले त राम्रा र स्तरीय किताब मात्र खोजिन्छ ।' उनलाई नेपाली समाज यौन उदारतामा गाउँबाट सहर बन्ने क्रममा छ भन्ने लाग्दोरहेछ । 'समाज कता जानु भन्ने अवस्थामा छ,' उनले सुनाए, 'यो 'ट्रान्जिट प्वाइन्ट'मा रुमल्लिएको छ ।'

काठमाडौंमा एक बिहान भेटिएकी मोडल विनीता बराललाई सोधियो के तन्नेरी पुस्ता यौनमा उदार छ ? 'यौन चाहना सबैमा हुन्छ, कसैले लुकाउँछन् कसैले खुल्ला देखाउँछन्,' विनीताले उदार भएर बोलिन्, 'हामीले आफ्नो 'बेड रिलेसनसिप'बारे पनि खुलेर भन्न सक्नुपर्छ ।' अहिलेकी 'हट' मोडल विनीता साथीहरूसँग यौनका बारेमा कति खुलेर कुरा गर्छिन् त ? 'यौनबारे साँच्चै खुलेर कुरा गर्नुपर्छ, म यौनमा खुल्न रुचाउँछु । साथीहरूसँग आफूलाई भएको यौन-समस्याबारे राम्रैसँग कुरा राख्छु ।' उनी परिवारसँग पनि कन्डमबारे खुलेरै कुरा गर्ने गरेको बताउँछिन् । 'यसले त मान्छेलाई यौन रोगहरूबाट बचाउँछ, अनि किन नखुल्नु ?' उनले भनिन्, 'यौन सबैको चासोको विषय हो, समय आएपछि यो हुन्छ पनि, तर हामी यौनमा विकृत बन्नु हुन्न । यो लाज मान्ने कुरो होइन, झन् खुल्नुपर्ने कुरो हो ।' विनीतालाई आफूभन्दा अग्रजहरूसँग यौनका बारेमा खुलेरै कुरा गर्दा पनि संकोच लाग्दैन रे !

अर्का मोडल विनय श्रेष्ठ पनि यौनमा साह्रै खुल्ने गरेका छन् । 'साथीहरूसँग बाहेक अरूसँग खासै यौनका कुरा गरिन्न,' उनले सुनाए, 'तर, जति कुरा गरिन्छ मज्जैसँग खुलिन्छ । महिलाप्रति आकर्षण हुन्छ, केटाहरूसँग गफ हुँदा बढी केटीहरूकै कुरा हुन्छ ।' आमासँग पनि यौनबारे राम्रैसँग कुरा जम्ने गरेको उनी सुनाउँछन् । 'लाज मान्नु हुन्न, अब पहिलेको जमाना छैन,' उनी भन्छन्, 'हामी याैनमा निकै अघि बढेका छौँ, अहिले ९/१० कक्षा पढ्दा नै केटाकेटीले यौनको आनन्द लिइसक्छन् । मसँग पनि यौनको धेरै अनुभव छ ।' उनलाई अझै पनि ठूलासँग यौनबारे कुरा गर्दा भने निकै संकोच भने लाग्छ रे ! स्कुल पढ्दा लुकिछिपी यौन उपन्यास पढ्ने गरेको उनले सुनाए ।

फिल्मकी नायिका रेजिना उप्रेती यौनका बारेमा खुलेर कुरा गरे मात्र समाज अघि बढ्ने बताउँछिन् । 'घरमा बोल्न पाइएन भने मात्र हो बाहिर गएर बोल्ने,' उनले भनिन्, 'आफ्ना यौन अनुभव, समस्या साथीहरूसँग साट्नुपर्छ । म पनि साथीहरूलाई यौनसम्बन्धी आफ्ना कुरा सुनाउँछु ।' उनलाई यौनसम्पर्क सामान्य लाग्दोरहेछ । 'यौनसम्पर्क भनेको ज्वरो आउँदा सिटामोल खानुजस्तै हो,' उनले भनिन्, 'यौनसम्पर्कले मान्छे तनाबबाट मुक्त हुन्छ ।'

उनलाई यौन खाना, हावा र पानीजस्तै जरुरी चिज हो भन्ने लाग्छ । 'यो शरीरकै आवश्यकता हो, उमेर पुगेपछि शरीरले माग्छ, गर्नुपर्छ । यौन-चाहना लुकाएर बसे झन् दुर्घटना हुन्छ ।' उनलाई यौनका मामलामा समाज अहिले निकै अघि पुगिसक्यो भन्ने लाग्छ । 'अहिले सामाजिक मान्यता परिवर्तन भइसक्यो, यौन आवश्यक चिज हो भन्ने भइसक्यो ।'

२२ वर्षे नायिका निशा अधिकारी यौनमा समाज उदार हुनुपर्ने बताउँछिन् । 'म त यौनबारे सबैसँग खुलेर कुरा गर्छु, साथीहरूसँग जस्तै ममीसँग पनि खुलिन्छ ।' परिवारका सदस्यहरूसँग बसेर टेलिभिजन हेर्दा कन्डमको विज्ञापन आउँदा अलिकति पनि लाज नलाग्ने उनी बताउँछिन् । 'यौनरोगबाट बच्न यो त चाहिने कुरा हो नि, यौनबारे अहिले सबैले बुझेका छन्, लजाउनुपर्ने कुरै छैन ।' तर, पनि ठूला मान्छेसँग यौनबारे कुरा गर्न संकोच भने लाग्छ रे उनलाई । 'हामी आफू हुर्केको संस्कृतिबाट पर भाग्न सक्दैनौँ,' उनले भनिन्, 'यहाँ बिस्तारै पश्चिमी संस्कृति हुर्कियो । तैपनि, हामी यौनका मामलामा त्यति अगाडि पुगेका छैनौँ ।'

नायक आर्यन सिग्देल यौनलाई स्वतन्त्र छोड्नुपर्ने बताउँछन् । 'साथीहरूसँग मज्जाले खुलेर कुरा गर्नुपर्छ,' उनले भने, 'तर, यौनमा उच्छृंखलता हुनु हुन्न ।' उनलाई अहिलेको युवापुस्ता पनि यौनमा बाँधिएका छन् भन्ने लाग्दैन । सानो छँदा आर्यनलाई यौनका कुरा सुन्दा पनि लाज लाग्थ्यो रे ! 'अहिले त समय फेरियो, विचार फेरिए । के लाज लाग्नु ? यौन त भगवान्ले दिएको संसारकै सबैभन्दा रमाइलो वरदान हो,' उनले भने, 'हेर केटा हो ! रमाइलो गर, तर विकृत नबन भनेर भगवान्ले दिएका हुन् । यो संसारको सबैभन्दा आवश्यक चिज हो ।'

अर्का नायक राजबल्लभ कोइराला यौनले मान्छेलाई अघि बढ्न प्रेरित गर्ने बताउँछन् । 'यसले हामीलाई सभ्य भएर बाँच्न सिकाउँछ,' उनले भने, 'गाउँतिरका मान्छे यौनका मामलामा उदार नदेखिए पनि सहरका युवायुवती संकुचित भने छैनन् ।'

हामी हिजो बाँचेको परिवेशबाट मुक्त हुन भने नसक्ने उनी बताउँछन् । 'हिजो हामी पुरानो संस्कारमा हुर्केका थियौँ,' उनले सुनाए, 'तर अहिले हामीले अप्ठ्यारो मान्नुपर्दैन, यौनका बारेमा खुलेरै कुरा गर्नु आवश्यक छ ।'

यो जमाना इन्टरनेटको हो । 'हामी अहिले इन्टरनेट साइट हेरेर सेक्सबारे बुझ्न थालेका छौँ,' उनी भन्छन्, 'यौनबारे साथीहरूसँग धेरै छलफल गर्नुपर्छ, नत्र मान्छे यौनकुण्ठाले बिरामी पनि हुनसक्छ ।'

आफूभन्दा ठूलाका अघि यौनका बारे कुरा गर्न संकोच लाग्दैन ? 'लाग्दैन, किन संकोच मान्नु ? यौनको कुराकानीले त मान्छेलाई धेरै कुरा सिकाउँछ,' राजबल्लभले सुनाए । उनलाई अहिले नेपाली समाज यौनका मामलामा निकै उदार बन्दै गइरहेको छ भन्ने लाग्छ । 'पहिले यसबारे मान्छे बोल्न निकै लजाउँथे, तर अहिले त समयले मान्छेलाई परिवर्तन गरिसक्यो, यसबारे खुलेरै बोल्नेहरू छन् ।'

नवलपरासीमा जन्मे-हुर्केका नाटक र फिल्म कलाकार सौगात मल्लको गाउँको परिवेशले नै यौनबारे खुल्न दिएन रे ! उनको पारिवारिक वातावरण, हुर्केको परिवेश नै त्यति अनुशासित थियो कि उनले यौनमा खुलेर चासो राख्नै पाएनन् । 'त्यसैले म यौनका कुरामा त्यतिसारो खुल्दिनँ,' गुरुकुलमा लामो समयको प्रदर्शनपछि भर्खरै सकिएको 'इडिपस' नाटकका नायकले भने, 'समय फेरिए पनि मेरो मनमा भएको संकुचित यौन फक्रिएन ।' गाउँमा रहँदा अरू कसैले आपना अघि यौनको कुरा गर्दा पनि सौगात खुब लाज मान्थे रे । 'तर अहिले त्यस्तो लाज हुँदैन,' उनले भने । उनलाई पछि कमिक्स पढ्न थालेपछि मात्रै यौनबारे जानकारी मिल्यो । 'मैले पढ्ने गरेका कमिक्सका किताबमा यौनका धेरै प्रसंग हुन्थे । यसले मलाई यौनबारे जानकारी दियो ।' उनलाई अहिलेे समाज याैनका मामलामा निकै खुल्दै आएको छ भन्ने लाग्छ ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान विनोद दास यौनबारे खुलेर कुरा गर्छन् । 'कति छन् जो अरूका कुरा सुन्छन्, तर आफ्ना कुरा गर्दैनन्,' उनले भने, 'केटासाथीसँग भने म खुलेरै कुरा गर्छु, तर परिवारसँग भने कुरा गरिन्न, म बुबा-आमाभन्दा निकै टाढा छु, कुरा गर्न पाउँदिनँ ।' घरमा बुबा-आमासँगै हुँदा टिभीमा कन्डमको विज्ञापन आएपछि उनलाई असहज अनुभव हुन्छ रे । उनी जानकारीमूलक यौनका किताब पढ्छन् । 'यौनका किताब पढ्दैमा नराम्रो केही हुन्छ जस्तो लाग्दैन । 'यौनबारे धेरै कुरा जान्न पनि किताब पढ्नुपर्छ,' उनले भने । विनोद दासलाई हामीहरू यौनमा निकै पछाडि छौँ भन्ने लाग्दोरहेछ । 'हामीकहाँ यौनशिक्षा दिने चलन छैन, गाउँतिरका ५-१० प्रतिशतलाई पनि कन्डमबारे थाहा नहोला । हामी यौनमा निकै पछाडि छौँ ।'

पूर्वराष्ट्रिय खेलाडी संगीना वैद्य साथीहरूसँग यौनबारे खासै कुरा गर्दिनन् । 'दस जोड दुई पुस्ता यौनमा अलि खुलेको देखिन्छ,' उनले भनिन्, 'तर, म यौनबारे कोहीसँग पनि कुरा गर्दिनँ ।' उनले अहिलेसम्म ध्यान दिएर यौनबारे केही सामग्री पनि पढेकी छैनन् रे ! 'भेटियो भने कहिलेकाहीँ पढिन्छ, तर खासै वास्ता गरिन्न,' उनले भनिन् ।

नेपाल विद्यार्थी संघका अध्यक्ष प्रदीप पौडेल यौनबारे खासै चासो दिँदैनन् । विद्यार्थीका यी नेता कहिलेकाहीँ साथीहरूसँग यौनको कुरा गरे पनि यो विषय केन्द्रविन्दुमा भने कहिल्यै नरहने बताउँछन् । उनलाई टेलिभिजनमा यौन दृश्य र कन्डमका विज्ञापन देख्दा परिवारका अगाडि असहज अनुभव हुन्छ । उनी यौनबारे खासै केही पनि पढ्दैनन् रे ! 'पढेको छैन, मिडियामा पनि त्यस्तो खुला रूपले आउँदैन । फेरि पढ्न पनि त्यति सहज छैन,' उनले भने । उनलाई नेपाली समाज पूरै पर्दाभित्र छ भन्ने लाग्दोरहेछ । 'हामी त भित्र कतै लुकेका छौँ,' उनले भने ।

युवा साहित्यकार चंकी श्रेष्ठ आवश्यक परे मात्र साथीहरूसँग यौनका कुरा गर्ने बताउँछन् । 'अप्ठेरो नपर्ने ठाउँमा मात्र यौनका कुरा गरिन्छ,' उनले भने । उनी यौनका किताब पढ्ने गरेको बताउँछन् । 'धुव्रचन्द्र गौतम र मेलान कुन्देराको उपन्यास पढ्दा यौनबारे निकै कुरा पढ्न पाइन्छ,' उनले भने, 'तर, यौन उपन्यासचाहिँ कहिल्यै पढिन्न ।' चंकीलाई यौनका मामलामा हामी धेरै कुण्ठित छौँ भन्ने लाग्छ । 'यौनकुण्ठाले भरिएको छ नेपाली समाज,' उनले भने ।

कवि विमला तुम्खेवा यौनमा भित्री सौन्दर्य लुकेको छ भन्छिन् । 'यो यस्तो सौन्दर्य हो जसलाई व्यवस्थापन गर्न सक्नुपर्छ, जीवनको जुनसुकै कुरा पनि यौनभन्दा तल छ,' उनले भनिन्, 'म लिम्बू परिवारमा जन्मेकी हुनाले मलाई यसको कुरा गर्न गाह्रो भएन । पहाडमा मेरा बुबा-आमा एउटै घोडामा चढेर रामनवमीमा हुने हाटबजार पुगेर आउँथे र हाम्रो घरमा पनि यसबारे कुरा हुन्थ्यो । त्यसैले म यौनमा संकुचित भइनँ । यौनका किताबहरू खासै नपढे पनि विश्वप्रसिद्ध यौन उपन्यास लोलिता भने पढेको बताउँछिन् विमला । 'यौन प्रेमको कलात्मक क्रिया हो,' उनले भनिन्, 'युवा पुस्ताले यौनलाई मजाले स्विकारेको छ, यो समाज अघि बढ्ने राम्रो संकेत हो ।'

प्राध्यापक अभि सुवेदी नेपाली समाज यौनका मामलामा खुला भएको सुनाउँछन् । युवकहरूमा पनि एउटा अनुशासित वर्ग उभिएको उनलाई लाग्छ । 'त्यो वर्ग राजनीतिमा लागेको छ र उनीहरू यौनलाई अनुशासित दृष्टिले हेर्छन्,' अभि सरले सुनाए, 'नेपालमा आफ्नै किसिमका चलन छन् । यहाँ एकल किसमको चित्रभन्दा पनि खुला चित्र हुर्केको छ । आफ्नै संस्कृति छ हामीसँग । बाहुन, क्षेत्रीको संस्कृति हेर्दा पनि हाम्रो समाज यौनका मामलामा निकै खुला हो । समाज यौनले नभई आर्थिक उन्नति र सांस्कृतिक पक्षले अगाडि बढ्ने उनी बताउँछन् । 'बाहिरी देशका कति जातिभित्र यौन बन्देज छ,' उनले भने, 'तैपनि समाज अघि बढेकै छ ।'

श्रोत: नयाँ पत्रिका

Comments

Popular posts from this blog

यस लग्जरी मोटर होम देखे पछी....!

सं सारमा कुनै पनि असंभव छैन.. तपाईको शंका तब बदलिन्छ जब यस चलता-फिर्ता पांच तारे कार लग्‍जरी मोटर होमको अगाडी हुनेछ. हो, आकर्षक लुक बलियो इन्जिन क्षमताबाट सजिएको यस मोटर होम धेरै नै खास छ. यस अदभूत मोटर होम कारको निर्माण अस्ट्रियाको मार्ची मोबाईल्स कम्पनीले गरेको हो. यस मोटर भित्र प्रवेश पछी तपाईलाई अनुभूति हुनेछ कुनै फाइब स्टार होटलको लग्‍जरी रूमको हो. त्यति मात्र हैन भित्र राम्रो स्पेस को लागी यसमा फोल्‍डींग सिस्‍टमको प्रयोग पनि गरेको छ. आउनुस त्यस अदभूत मोटर होमको केहि चित्र हेरौं...   

एक पल्ट बाईक हेरी आनन्द लिने हो कि?

मेराे बुबा पंचबहादुर दुवालकाे भिमरथाराेहन