Skip to main content

“म किन तिमीमा पागल हुन्छौ”

आज थाहा भो
तिमी बिनाको मेरो जिन्दगी
कस्तो हुन्दो रहेछ,
हाँसो त छ तर खुशी छैन
बसंन्त र बहार छ
तर तिमी छैनौं।

रुलाई देऊ बर्बाद गरी देऊ,
मेरो आंखामा तिम्रै तस्बीर बसेको छ,
तिमी जस्तै
तिमीले दिएको बेदना पनि मिठो,
बाँकी सबै तितो

जहाँ जान्छु
जता तिर हेर्छु
तिमिलाई नै खोज्छ
यो दुई नयनहरु ले,
बाँचेको छु
माया तिम्रै साँचेकै छु
तर खोज्छु
जिन्दगी मेरो कहाँ छ।

आज तिमी कहाँ छौं,
भन्न,
केमा रमाई रहेछौ?,
मेरो बीना वास्ता मै,
म बीना
हरेक पलपल मर्छु भन्छौ,
तर महिनौं सम्म गायब भई दिन्छौं

न पाऊँनै सके
न तिमीलाई भूल्नै सके,
न तिमी बिना
म जिऊ नै सके,
तिम्रो नयनले
मलाई
मात्र हेर्छु भन्छौं,
म त प्यासै छु
भन् तिमी कहाँ छौं

पहिले तिमी सीत
भेट हुँदा
मेरो मनमा
अनेक आशा जागेका थियौं,
कहिले हामी
भेटदा कल्पना मै हराऊछौं
मात्र मिठो सपना देख्छौं

जब हामी छुटिन्छ
पिडाले डटपटि हुन्छ
अनी तन मन बेचैनी हुन्छौं।
कहिले तिम्रो
कुरा सुनी हाँसो पनि उठ्छ,
कहिले पीडा महशुस हुन्छ।

तिम्रो हरेक कुरामा
म पर्फूल हुन्थे,
मायाको सागरमा
पौडी खेली बस्थे।
आज
म तिम्रो मायामा
तड्पी रहेछौं,
चुपचाप तिमिलाई नै
खोजीरहे छौं,

तिम्रो कुनै बिबस्ता होला
तर म पनि कठीनले आफुलाई
सम्हाल्दै छु,
हर पटक तड्पीन्छु
तिम्रै यादमा,
सायद लोभ लाग्छ त्यो
क्षनिक मायामा।

बनी सक्यो
त्यो
कल्पनाको माया जस्तै पनि
अब सायदै बिपनीमा देखिने छन्,
आफ्नै लाग्छ
अब सधै मलाई
अमुर्त तिम्रो,
सायद बिछोडको याद पनि,

यो अनौठो माया
अनि तिम्रो त्यो चाहाना
सधै मेरो स्मृति मै रहन्छौं,
अब त मलाई
आफै हाँस उठी सक्यो, कि
“म किन तिमीमा पागल हुन्छौ”

Comments

Popular posts from this blog

यस लग्जरी मोटर होम देखे पछी....!

सं सारमा कुनै पनि असंभव छैन.. तपाईको शंका तब बदलिन्छ जब यस चलता-फिर्ता पांच तारे कार लग्‍जरी मोटर होमको अगाडी हुनेछ. हो, आकर्षक लुक बलियो इन्जिन क्षमताबाट सजिएको यस मोटर होम धेरै नै खास छ. यस अदभूत मोटर होम कारको निर्माण अस्ट्रियाको मार्ची मोबाईल्स कम्पनीले गरेको हो. यस मोटर भित्र प्रवेश पछी तपाईलाई अनुभूति हुनेछ कुनै फाइब स्टार होटलको लग्‍जरी रूमको हो. त्यति मात्र हैन भित्र राम्रो स्पेस को लागी यसमा फोल्‍डींग सिस्‍टमको प्रयोग पनि गरेको छ. आउनुस त्यस अदभूत मोटर होमको केहि चित्र हेरौं...   

मेराे बुबा पंचबहादुर दुवालकाे भिमरथाराेहन

एक पल्ट बाईक हेरी आनन्द लिने हो कि?