Thursday, August 18, 2011

आफ्नै शवको पत्र बुझ्दा ...

मोरङको इलाका प्रहरी कार्यालय बेलबारीले इन्द्रपुर-४ का शान्तराम नेपाललाई पठाएको पत्र उनकी पत्नी सविताले गत असार २८ मा हात पारिन् ।
पति शान्तराम परदेश गएकाले सविताले प्राप्त पत्र आफैंले खोलेर हेरिन् । पत्रमा लेखिएको रहेछ, 'गएको डिसेम्बर ८ मा मृत्यु भएकी सविना (सविता) नेपालको शव कुवेतको फरेन्सिक अस्पतालमा छ । शव बुझ्नका लागि जिल्ला प्रशासन कार्यालय, मोरङमा सम्पर्क गर्न आउनु होला ।'
कुवेत दूतावासले मृतक भनिएकी आफन्त खोज्न प्रशासनलाई पठाएको पत्र हात पार्ने आफैं सविता पो परिन् । कुवेत अस्पतालमा अलपत्र अवस्थामा एक वर्षदेखि रहेको नौ शवमध्ये एक इन्द्रपुर-४ की सविताको भएको उल्लेख थियो । 'आफ्नै शव बुझ्न आएको पत्र पढ्दा निकै नरमाइलो र अचम्म लाग्यो,' ३० वर्षीया सविताले भनिन् । उनले प्रशासनसमक्ष भनेकी छन्, 'पत्रअनुसार मृत्यु भएकी भनेको व्यक्ति म निवेदिका नै हुँ ।'

Tuesday, August 16, 2011

किन राखिन्छ सम्बन्ध

 हिलेसम्म के भनिन्थ्यो भने प्रेम पाउनका लागि, 'प्यासन' का लागि महिलाहरू यौनक्रियामा संलग्न हुन्छन् । तर नयाँ अध्ययनले अर्कै संकेत गरेको छ । 
वास्तवमा महिलाहरू यस्ता कारणहरूले गर्दा यौनसम्बन्ध राख्छन्, जसको रोमान्ससँग कुनै सम्बन्ध हुँदैन ।
उनीहरू कि उदासी हटाउन त्यस्ता क्रियाकलापमा सामेल हुन्छन्, कि त ब्वाइफ्रेण्ड वा पतिको माया लागेर । कहिलेकाहीं महिलाहरू सहवासमा यस कारण 'एस' भन्छन्, किनभने उनीहरूले कहीं पढेका हुन्छन् ः माइग्रेनबाट छुटकारा पाउनु छ भने यौनक्रियामा सामेल हुनुपर्छ । 
तपाईंलाई महिलाले यौनसम्बन्ध राख्ने यी कारणहरू पढ्दा अनौठो लागिरहेको होला तर सत्य कुरा यही हो । टेक्सास विश्वविद्यालयमा मनोविज्ञानका प्राध्यापक सिडा मेस्टनले र डेबिड बसले 'ह्वाईर् विमेन ह्याभ सेक्स' मा यसका एक सय जवाफ उल्लेख गरेका छन् । 
'धेरै अनुसन्धानमा धेरैजसो पुरुषलाई महिला सेक्सुअली अट्रयाक्टिभ लाग्छन् भनिएको छ,' लेखकद्वयले भनेका छन्, 'तर महिलालाई पुरुष सेक्सुअली अट्रयाक्टिभ लाग्दैनन् ।' 
यो मामिलामा पुरुषप्रतिको आकर्षण महिलाको लिस्टमा सबैभन्दा तल पर्छ । कहिले राम्रो डिनरका लागि आभार प्रकट गर्न त कहिले शान्ति कायम राख्न महिलाहरू यौनक्रियामा संलग्न हुन्छन् । अनुसन्धाताहरूले यसका लागि एक हजार ६ महिलामा सर्भेक्षण गरेका थिए, किताब लेख्नुअघि । उनीहरूले कतिपयबाट आश्चर्यचकित पार्ने खालका जवाफ पाए । एउटीले सहवास आध्यात्मिक अनुभूतिका लागि गर्ने बताइन् । उनलाई यौन ईश्वरको सबैभन्दा नजिकको वस्तु हो भन्ने लाग्दो रहेछ । धेरै महिलाले टाउको दुखाइबाट मुक्ति पाउन यौनसम्बन्ध राख्ने गरेको बताए । अन्य महिलाले यौन दक्षता राम्रो पार्न, छालाको चहकिलोपना यथावत् राख्न यो काममा लाग्ने गरेको बताए ।