Skip to main content

आफ्नै शवको पत्र बुझ्दा ...

मोरङको इलाका प्रहरी कार्यालय बेलबारीले इन्द्रपुर-४ का शान्तराम नेपाललाई पठाएको पत्र उनकी पत्नी सविताले गत असार २८ मा हात पारिन् ।
पति शान्तराम परदेश गएकाले सविताले प्राप्त पत्र आफैंले खोलेर हेरिन् । पत्रमा लेखिएको रहेछ, 'गएको डिसेम्बर ८ मा मृत्यु भएकी सविना (सविता) नेपालको शव कुवेतको फरेन्सिक अस्पतालमा छ । शव बुझ्नका लागि जिल्ला प्रशासन कार्यालय, मोरङमा सम्पर्क गर्न आउनु होला ।'
कुवेत दूतावासले मृतक भनिएकी आफन्त खोज्न प्रशासनलाई पठाएको पत्र हात पार्ने आफैं सविता पो परिन् । कुवेत अस्पतालमा अलपत्र अवस्थामा एक वर्षदेखि रहेको नौ शवमध्ये एक इन्द्रपुर-४ की सविताको भएको उल्लेख थियो । 'आफ्नै शव बुझ्न आएको पत्र पढ्दा निकै नरमाइलो र अचम्म लाग्यो,' ३० वर्षीया सविताले भनिन् । उनले प्रशासनसमक्ष भनेकी छन्, 'पत्रअनुसार मृत्यु भएकी भनेको व्यक्ति म निवेदिका नै हुँ ।'

फेरि, कसरी यस्तो भयो त ? उनले वास्तकिता खोल्दै भनिन्, 'इन्द्रपुर-२ का भेषराज बस्नेतले विदेश पठाइदिन्छु भनेर मेरो राहदानी र २५ हजार रुपैयाँ ०६५ साउन १६ गते लिएर गएका थिए ।' तर भेषराजले सवितालाई नपठाई उनको राहदानीमा फोटो टाँसेर अर्कै महिलालाई पठाएका रहेछन् । 'म जिउँदो मानिसलाई मरेको भनी राजदूतबाट पत्राचार हुँदै आउनुमा मेरो राहदानी लैजाने भेषराज नै मुख्य दोषी हो भन्नेमा विवाद छैन,' उनले प्रशासनलाई बयान दिएकी छन्, 'मजस्तो सीधासाधा गृहिणीलाई वैदेशिक रोजगारीमा पठाइदिने बहानमा मबाट रकम र राहदानी लिई कथित महिलाको फोटो टाँसेर पठाइदिएको हुन सक्छ ।'
उनले भेषराजलाई पक्राउ गरी कानुनी कारबाही गर्नसमेत माग गरेकी छन् । 'निजको कसुर प्रवृत्ति हेरी कानुनी कारबाही र हदैसम्मको सजाय गरी मेरो राहदानी र ब्याजसहितको रकम फिर्ता गराइदिन अनुरोध गर्छु,' उनले प्रशासनसँग भनेकी छन्, 'श्रीमान् परदेशमा रहेकाले विपक्षीलाई कारबाही गर्न म असमर्थ छु । उसलाई जसरी पनि पक्राउ गरी कानुनी दायरामा ल्याउन आवश्यक छ ।'
प्रशासनले यसको जानकारी वैदेशिक रोजगार प्रवर्द्धन बोर्डलाई दिएको छ । 'राहदानीमा टाँसिएको व्यक्तिको फोटो हेर्दा तामाङ समुदायको देखिन्छ,' बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाले भने, 'मृतक व्यक्तिको जानकारी भेषराजले मात्रै दिन सक्छ ।'
दूतावासले मृतक भनिएका अर्का बबियाचौर-५, म्याग्दीका शान्ति दर्जीसमेत जिउँदो भएको भेटिएको छ । देवकोटाका अनुसार नौ जनामध्ये दुई जनाको मात्रै आफन्त भेटिएको छ । इटहरा-५ का निलीमा योङहाङ लिम्बु र मदन पोखरा-२ पाल्पाका शान्ति सार्कीको आफन्त फेला परेका हुन् । उनीहरूका आफन्तले शव पठाइदिन दूतावासलाई अनुरोध गरेका छन् ।
'नक्कली राहदानीमा पठाउने प्रवृत्तिले ठूलो समस्या छ,' राजदूत मधुवन पौडेलले भने, 'यहाँ कार्यरत झन्डै २५ प्रतिशत हाउसमेडको राहदानी नक्कली भएको अनुमान छ ।'

Comments

Popular posts from this blog

तेहृ वर्षिया बालिका सुत्केरी/ बुहारी स्वीकार गर्नुपर्ने भएपछि केटाको परिवार नै फरार

गुल्मी, भाद्र १९ - दलित किशोरीलाई बुहारीको रुपमा स्वीकार गर्नुपर्ने दबाब बढ्दै गएपछि यहाँको एक परिवार घर नै छोडेर फरार भएको छ । अन्तरजातीय विवाहको आशामा गरेको यौन सम्पर्कबाट रहेको गर्भबाट किशोरीले भने शनिवार जिल्ला अस्पतालमा बच्चा जन्माएकी छन् । धुर्कोट बस्तु गाविस-३ का टामलाल पाण्डेको परिवार गाउँकै दलित युवतीलाई बुहारीको रुपमा स्वीकार गर्नुपर्ने भएपछि शुक्रवारदेखि फरार छन् । अन्तरजातीय विवाहको प्रलोभन देखाई पाण्डेका १८ वर्षिय छोरा रामचन्द्रले गाउँकै दलित किशोरीसंग गत मंसिर देखि यौन सम्पर्क गर्दै आएको बताइएको छ । किशोरीको उमेर सुत्केरी हुने दिनसम्ममा १३ वर्ष ७ महिना पुगेको छ । किशोरीकी आमा सुमित्रा नेपालीका अनुसार युवती गत मंसिरमा पहिलो पटक रजस्वला भएकी थिइन । त्यसपछि रजस्वला नभएकाले गर्भ मंसिर महिना कै भएको अनुमान अस्पतालले गरेको छ । युवतीले माघ महिनामा गर्भ रहेको बताउँदै आएकी थिईन । प्रसव पीडाले च्यापेपछि शनिवार अस्पताल भर्ना गरिएकी उनले अस्पतालमै छोरी जन्माएकी छन् । बच्चाको स्वास्थ्य राम्रो रहेको अस्पतालले जनाएको छ ।

राजमार्गमा यौन !

कवि बुद्धिसागर फिल्म हेर्न जय नेपाल हल पुगेछन् । फिल्म सुरु हुनुअघि टाइटानिकको संगीतमिश्रति धुन भएको कन्डमको विज्ञापन बजेछ । बुद्धिसँगै बस्ने केटोले एउटी केटीलाई कोट्याउँदै भनेछ हेर त, तिम्रो विज्ञापन बज्यो ।' बुद्धि झस्किएछन् । थाहा भयो, ती तिनै युवती रहिछिन् जो हलको ठूलो पर्दामा कन्डमको विज्ञापनमा छाएकी छिन् र त्यो विज्ञापन हेर्दै हलका केटाहरू गल्लल हाँस्दै छन् । कन्डमको विज्ञापनमा छाएकी ती नायिका नम्रता श्रेष्ठ लाजले रातो भइछिन् । 'ती यति लजाइन् कि भनिसाध्य छैन,' बुद्धिले सुनाए, 'कन्डमको विज्ञापनमै देखिने केटी त कन्डमबाट यति लजाउँछिन् भने अरूको हालत के होला ?' हामीलाई खोज्नु थियो- के तन्नेरी पुस्ता यौनमा उदार छ ? 'यौन चाहना सबैमा हुन्छ, कसैले लुकाउँछन् कसैले खुल्ला देखाउँछन्,' विनीताले उदार भएर बोलिन्, 'हामीले आफ्नो 'बेड रिलेसनसिप'बारे पनि खुलेर भन्न सक्नुपर्छ ।' अहिलेकी 'हट' मोडल विनीता साथीहरूसँग यौनका बारेमा कति खुलेर कुरा गर्छिन् त ? 'यौनबारे साँच्चै खुलेर कुरा गर्नुपर्छ, म यौनमा खुल्न रुचाउँछु । साथीहरूसँग आफूलाई भएको यौन...

मानव र रोबोटको: भविष्य एक दृष्टि

भबिश्य अहिले सम्म लेखेको छैन र कसलाई थाहा छ कि मौषम रोबोट ले खतरा गरिरहेको छैन। के सुनिश्चत गर्नकोलागि हो कि मानव, जिज्ञासा प्राणी भएको नाताले, रोबोतको नयां पीढिको विकास हुन्छ। रोवोट र अन्य उच्च प्रदर्शन जहिले पनि मानबको लागि एऊटा बिशाल हितकोलागि गरेको थियो। बैज्ञानिकहरुको एउटा ठुलो समुहले प्रयोगशालामा आफ्नो पुरा जिवन बिताएको छ एऊटा उध्देश्यको साथ बाहिर अभिनव योजनाको काम छ, उनलाई बिकसित र केहि गुणात्मक सर्वोच्च रैंकिग रोबोट बनाऊँ। यस मनोरंजन प्रकिया तकनीकी धक्का हो कि दुनिया भरको बैज्ञानिकको प्रतिभाशाली र स्पष्ट Intellect को एक नंबरको प्रयासले गर्दा ठाऊँ लियो र साथै आफ्नो चरम सम्म पुग्यो। यस क्षेत्रमा सब भन्दा हडताली सफलता पूर्वक कल्पनालाई यथार्थमा परिनत गराई दिन्छ र रोबोटको एक ठुलो संख्याले मानवको सेवा गरिरहेको छ। आदेशमा काम गर्ने प्रक्रियाको स्वचालित बनाऊनको लागि या विनिर्माण, यो त मानवलाई अझ रोबोटको पक्षमा इस जिवनको एक साथ पिठमा बोकी जानु जस्तो हुन्छ। जिवनको केहि क्षेत्रमा पनि परस्पर विनिमय गरिरहेको छ त्यसमा कसलाई थाहा छ की यस बिरोधी Human र Robots रुपान्तर गर्छ। त्यहाँ दुई Perc...