Skip to main content

Posts

Showing posts from September 13, 2009

माओवादी नेताहरुको प्राडो र पजेरो प्रेम

करिव एक दशक अघि सशस्त्र विद्रोहमा रहेको बेला प्राडो र पजेरो चढ्ने संसदवादी नेताहरुलाई खुब गाली गर्ने माओवादी घुमिफिरी रुम्जाटार भने झै अहिले प्राडो र पजेरो प्रेमी बनेका छन्। उनीहरु चिल्ला र लक्जरियस गाडी चढ्नुलाई आफ्नो शान ठान्न थालेका छन्। -संगम बानियाँ करिब एक दशक अघि सशस्त्र विद्रोहमा रहेको बेला प्राडो र पजेरो चढ्ने संसदवादी नेताहरुलाई खुब गाली गर्ने माओवादी घुमिफिरी रुम्जाटार भने झै अहिले प्राडो र पजेरो प्रेमी बनेका छन्। उनीहरु चिल्ला र लक्जरियस गाडी चढ्नुलाई आफ्नो शान ठान्न थालेका छन्। पत्याउनै गाह्रो पर्ने उनीहरु त ९४ लाख रुपैयाँसम्मका गाडी पो चढ्दा रहेछन्। शान्ति प्रक्रियामा आएपछि ब्यापारीको गाडी खोसेर चढ्ने एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सिको उनकै पार्टीका अरु नेता र कार्यकर्ताले पनि गर्न थालेको छन् यथार्थ छ। कुनै बेला युद्धका लागि बन्दुक बोकेर उकालीओराली गर्ने माओवादी नेताहरुको सुविधा भोगी शैली देख्दा लाग्छ अब त उनीहरु महङ्गो र चिल्ला गाडी नचढी कही कतै हिड्न नचाहने भएका छन्। त्यसैले त नेता वावुराम भट्टराईले चार महिनाअघि एक सार्वजनिक सभालाई सम्बोधन गर्दै