Skip to main content

Posts

Showing posts from August 15, 2010

मैले एउटा सपना देखे

तिम्रो याद आई रह्यो रात भर  मन मनै म हाँसी रहे पिडाको दियो जलि रह्यो रात भर  बाँसुरीको धुन सुनि रहे सपना बनि छाई रह्यो रात भर  यादको भुमरीमा बसि रहे जुनको उज्यालो रहि रह्यो रातभर  कोहि आफैलाई खोजि रहे सायद कोई पागल घुम्दै फिर्दै थियो  त्यस्तै आवाज आईरहे सायद...... मैले एउटा सपना देखे कसैलाई आफ्नो देखे सम्झना उसैको गर्दै मस्त हुन्दै सुतेको देखे हरपल मलाई भन्थ्यो  यस दिलमा कोई बसेको छ जुन दिन उसलाई गुमाऊ छु त्यस दिन सांचै रोई दिन्छु तर रोएर के हुन्छ यहाँ  केहि भनेर के हुन्छ यहाँ जुन लेखेको हुन्छ आफ्नो  किस्मतमा त्यहि हुन्छ

राजाको फोटो भएका नोट एक वर्षपछि नचल्ने

काठमाडौ, भाद्र १   राजाको फोटो भएका र अन्य झुत्रा नोट सञ्चय गरिराख्नुभएको छ भने यसै वर्ष साट्नुहोला । अन्यथा राष्ट्र बैंकले सुरु गरेको सफा नोट नीतिअन्तर्गत २०६८ सालदेखि त्यस्ता नोट बजारमा चल्ने छैनन् । सफा नोट नीतिअन्तर्गत २०६७ भित्र यस्ता नोट बैंकमा बुझाई नयाँ नोट लिइसक्नुपर्नेछ । अहिले सजिलै साट्न पाइए पनि कारणबस यस्ता नोट आफूसँग बाँकी रहे अर्को वर्षदेखि साट्नका लागि राष्ट्र बैंक वा उसले तोकेको निश्चित ठाउँमै पुग्नुपर्नेछ । 'अर्को वर्षदेखि बैंक वित्तीय संस्थाले यस्ता नोट स्विकार्ने छैनन्,' राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, 'केन्द्रीय बैंकले तोकिदिएको स्थानमा मात्र यस्ता नोट चल्नेछन् ।' गणतन्त्र स्थापना भएदेखि नै राजाको फोटो अंकित नोट हटाउने तयारी भइरहे पनि कार्यान्वयन हुन सकेको थिएन । तत्काल सम्भव नभएपछि त्यति बेलै ३ वर्षभित्र यस्ता नोट खिच्ने निर्णय सरकारले गरेको थियो । गत वर्ष नै केन्द्रीय बैंकले अधिकांश नोट खिच्ने प्रयास गरे पनि दसैंका बेला अभाव भएपछि पुनः तिनै नोट बजारमा पठाएको थियो । यस वर्ष मौदि्रक नीतिले अवलम्बन गरेको सफा नोट नीतिअन्तर्ग

जनजातिको बन्द सकियो / एक हजार कार्यकर्ता पक्राउ परेः महासंघ

काठमाडौं, श्रावण ३० नेपाल आदिवासी जनजाति महासंघले आहृवान गरेको देशव्यापी चक्काजाम अहिले साँझ पाँच बजेदेखि सकिएको छ । चक्काजाम सकिएपछि फाट्टफुट्ट सवारी चल्न थालेका छन् । आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले गतिरोध अन्त्य र संविधान निर्माणका लागि आहृवान गरिएको बन्द शान्तिपूर्ण र सफल भएको प्रतिक्रिया दिएका छन् । उनले यसक्रममा देशभरबाट एक हजार कार्यकर्ता पक्राउ परेको जानकारी दिए । 'देशभर हाम्रो बन्दलाई सवैले समर्थन र सहयोग गर्नुभयो,' बन्द सकिएपछि ईकान्तिपुरसित लेखीले भने, 'देशभरबाट एक हजार कार्यकर्ता पक्राउ पर्नुभएको छ, काठमाडौंसहित केही ठाउँमा सामान्य झडपको स्थिति भए पनि समग्रमा बन्द शान्तिपूर्ण नै भयो ।' महासंघले शान्ति प्रक्रिया तथा संविधान निर्माणमा दबाब दिन भदौ पहिलो साता थप दबाबमुलक कार्यक्रम सार्वजनिक गर्ने भएको छ । त्यसका लागि महासंघले मंगलबार बैठक बोलाएको छ । बन्द सकिएपछि महासंघले जारी गरेको प्रेस विज्ञप्तीको पूर्ण पाठः प्रमुख राजनीतिक दलहरु नयाँ संविधान निर्माणमा केन्द्रीत नभई कसरी सत्तामा पुग्ने भन्ने फोहोरी खेलमा मात्र लिप्त भइरहेको घटना