भारतको आकाशमा क्याप्टेन वेद उप्रेती अगाती विमानस्थल, लक्षदीप, अरब सागर । “...श्रीनगर टावर किङफिसर ४६३३ फाइनल...” “...किङफिसर ४६३३ क्लियर्ड टु ल्याण्ड...” केही दिनअघि म र श्रीनगर टावरबीचको संवाद हो यो। काश्मिर, श्रीनगर उपत्यकाको चारैतिरका सेता हिमालहरूबीच उड्दै विमानस्थलमा अवतरण गर्नु कम रोमाञ्चक थिएन। २०३२ सालमा आठ कक्षा पढ्दा ट्वीनअटर चढेर पहिलो पटक महेन्द्रनगरबाट धनगढी १० मिनेट उड्न पाउँदा औधी खुशी लागेको थियो। त्यो उडानका दृश्यहरू कैयौं वर्षसम्म सम्झ्नामा रहिरहे पनि त्यतिबेला पाइलट बन्छु भन्ने सोचेको थिइनँ। जीवनयात्रा पनि बुझ्िनसक्नु हुँदोरहेछ। नेपाली सेनामा जागिर खाएको मान्छेलाई भारतको नेशनल डिफेन्स एकेडेमी पुना जाने अवसर जुर्यो। पुनामा हावामा तैरिने हवाईजहाज ग्लाइडरको ककपिटभित्र बस्न पुग्दा डर र रमाइलो दुवै लागेको थियो। ग्लाइडरमा करिब ५० फ्लाइट गरेपछि इण्डियन एयरफोर्सको फाइटर ट्रेनरमा १०० घण्टा पुर्याएर अमेरिकाबाट कमर्सियल पाइलट गर्दै २०५४ सालमा नेकोन एयरको सानो क्याराभान हवाईजहाज लिएर महेन्द्रनगर एयरपोर्टमा अवतरण गर्दा सपनाजस्तै लागेेको थि...