Skip to main content

Posts

Showing posts from September 5, 2010

अमेरिकी विदेशमन्त्री हिलारीद्वारा नेपाली युवा पुरस्कृत

न्युयोर्क, भाद्र २६ - नेपालले लगातार दोस्रो पटक अमेरिकी विदेश मन्त्रालय स्टेट डिपार्टमेन्टको डेमोक्रेसी भिडियो च्याञ्लेन्जको अवार्ड जितेको छ । अमेरिकी विदेशमन्त्री हिलारी रोदम क्लिन्टनद्धारा एक समारोहका बीच सन २०१० को डेमोक्रेसी भिडियो च्याञ्लेन्जका ६ विजेता मध्येका एक  नेपाली युवा अनप पौडेललाई प्रदान गरेका छन् । विदेश मन्त्री क्लिन्टनलाई उदृत गर्दै अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले इकान्तिपुरलाई दिएको जानकारी अनसार आफनो सम्बोधनमा हिलारी बिशेषरुपमा नेपालको प्रसंग उल्लेख गर्दै विश्वकै सुन्दर देश भनेकी थिईन् । यसअघि सन २००९ मा नेपालले सो अवार्ड जितेको थियो । पौडेलको 'डेमोक्रेसी इज ब्ल्याक' नामक वृत्तचित्र दक्षिण र मध्य एसिया क्षेत्रबाट पुरस्कृत भएको हो । स्टेट डिपार्टमेन्टको सो अवार्डका लागि विश्वका ८९ देशका सात सयले प्रतिस्पर्धा गरेका थिए । जसबाट उन्नाइस जनालाई फाईनलिस्टमा सुचीकृत गर्दै ६ जनालाई पुरुस्कृत गरिएको थियो ।

तेहृ वर्षिया बालिका सुत्केरी/ बुहारी स्वीकार गर्नुपर्ने भएपछि केटाको परिवार नै फरार

गुल्मी, भाद्र १९ - दलित किशोरीलाई बुहारीको रुपमा स्वीकार गर्नुपर्ने दबाब बढ्दै गएपछि यहाँको एक परिवार घर नै छोडेर फरार भएको छ । अन्तरजातीय विवाहको आशामा गरेको यौन सम्पर्कबाट रहेको गर्भबाट किशोरीले भने शनिवार जिल्ला अस्पतालमा बच्चा जन्माएकी छन् । धुर्कोट बस्तु गाविस-३ का टामलाल पाण्डेको परिवार गाउँकै दलित युवतीलाई बुहारीको रुपमा स्वीकार गर्नुपर्ने भएपछि शुक्रवारदेखि फरार छन् । अन्तरजातीय विवाहको प्रलोभन देखाई पाण्डेका १८ वर्षिय छोरा रामचन्द्रले गाउँकै दलित किशोरीसंग गत मंसिर देखि यौन सम्पर्क गर्दै आएको बताइएको छ । किशोरीको उमेर सुत्केरी हुने दिनसम्ममा १३ वर्ष ७ महिना पुगेको छ । किशोरीकी आमा सुमित्रा नेपालीका अनुसार युवती गत मंसिरमा पहिलो पटक रजस्वला भएकी थिइन । त्यसपछि रजस्वला नभएकाले गर्भ मंसिर महिना कै भएको अनुमान अस्पतालले गरेको छ । युवतीले माघ महिनामा गर्भ रहेको बताउँदै आएकी थिईन । प्रसव पीडाले च्यापेपछि शनिवार अस्पताल भर्ना गरिएकी उनले अस्पतालमै छोरी जन्माएकी छन् । बच्चाको स्वास्थ्य राम्रो रहेको अस्पतालले जनाएको छ ।