
डा.राजकुमार पोखरेल/ गोरखापत्र
२०६६ साल साउन २१ गते बुधबार राजधानीमा एक अचम्म प्राणी फेला परे । उनको नाम हो तुलप्रसाद शेरचन । उनले आफ्नो योजनामा दरबार हत्याकाण्ड गरिएको स्वीकार गरे र दरबार हत्याकाण्ड जस्तो घटना आफूले गराएको भनेर गर्वका साथ बताए । उनमा कुनै सङ्कोच थिएन र अपराधको बोध पनि थिएन । त्यसको दुई दिनपछि सरकारले उनलाई गिरफ्तार गरेको समाचार सुनाइयो । जे होस् शेरचनको भनाइ त्यसै आएको होइन, हत्याकाण्डको वास्तविकतालाई अन्यत्र मोड्ने अनेकाँै नयाँ अडियो भिडियो तयार पारिसकेपछि त्यसलाई प्रचारमा ल्याउन अहिले शेरचनको भनाइ आएको भन्ने कुरा उनको प्रस्तुतिबाट बुझ्न सकिन्छ ।
दरबार हत्याकाण्ड उनको डिजाइनमा मात्र सफल हुने कुरा होइन । शेरचन कुन प्रयोजनका लागि त्यहाँ अभिव्यक्ति दिन आए र त्यहाँ उनलाई कसरी उपस्थित गराइयो यो विषयमै खोजी गर्दा दरबार हत्याकाण्ड आफूले गराएको दावीको रहस्य प्रकाशमा आउँछ । उनलाई दरबार हत्याकाण्ड गराएको कुरामा मात्र होइन, सार्वजनिकरूपमा त्यस्तो जघन्य अपराधको स्वीकार गरी राज्यलाई तथ्य ढाँट्न खोजेको अभियोगमा पनि मुद्दा चलाउँदा हुन्छ र उनलाई कारबाही गर्नु पर्ने हुन्छ । सरकारले खुट्टा टेक्छ या टेक्दैन हेर्न भने बाँकी रहेको छ । दरबार हत्याकाण्ड देशी विदेशी डिजाइनमा भएको घटना हो । उनले दरबार हत्याकाण्डको योजना सन् १९७५ मा बेलायतमा भएको हो भनेर भनेका छन् र अहिलेसम्म आरोपित रहेका दीपेन्द्रले हत्या गरेको कुरालाई भने उनले स्वीकार गरेका छैनन् अर्थात् नक्कली दीपेन्द्रले हत्या गरेको कुरा उनले उल्लेख गरेका छन् ।
यो पङ्क्तिकार एउटा इतिहासको विद्यार्थी भएकोले दरबार हत्याकाण्डको विषयमा चासो राख्नु स्वाभाविकै हो । २०६५ साल साउन १८ गते शनिबार म झापाको भद्रपुरमा थिएँ । नेपालको सिमानाको पक्षमा बोल्दै आएका मानिसहरूसँग केही कुरामा छलफल गर्न भनेर भारतको दार्जिलिङ घर बताउने एक नेपाली भाषी युवक म बसिरहेको ठाउँमा आए र मलाई उनी बसेको होटल कृष्णमा भेट गर्न भनेर बोलाए । म पुग्नुभन्दा अघि केही मान्छेसँग त्यहाँ भेटघाट सकिइसकेको रहेछ । त्यसको ठीक केही वर्ष पहिले पनि मेची क्याम्पसका खगेन्द्र प्रसाई र म त्यसै गरी प्रो. सी. राजामोहनबाट छलफलका लागि त्यही बोलाइएका थियौँ । म पुग्दा दिनको १ बजेको थियो । प्रसङ्गबस भएको कुराकानीमा आफूलाई भारतीय कूटनीतिज्ञ बताउने रञ्जन रायले त्यहीँ यस्तो भनेका थिए ः
"चीनको बोवाओ

यो भनाइमा सत्यता छ या छैन भन्ने कुरा या त ज्ञानेन्द्रलाई थाहा होला र केही वर्तमान प्रधानमन्त्रीलाई पनि । सो विषयमा बोल्न कोही तयार छैनन् । अब यी रञ्जन राय भन्ने व्यक्ति को हुन् ? भन्ने खोजीको विषय छुट्टै हुन सक्छ । यो कुराले के देखाउँछ भने राजा वीरेन्द्र चीनबाट फर्किएपछि नेपालमा कुनै कदम चाल्ने पक्षमा थिए । त्यो कार्य नेपाली राजनीतिमा हस्तक्षेप गर्नेे विदेशी शक्तिहरूकोे राजतन्त्र समाप्त पार्ने स्वार्थ विपरीत थियो । तर दरबार हत्याकाण्ड चाहीँ दीपेन्द्रले गरेका हुन् भन्ने देखिन्छ र ज्ञानेन्द्रलाई भने भारतले गद्दीबाट हटाएको हो भन्ने बुझिन्छ । माथिको भनाइले कताकता दरबार हत्याकाण्डमा भारतीय हात रहेकोे आभाष भने आउँछ । यही सिलसिलामा राजधानीस्थित एक कूटनीतिक नियोगसँग सम्बन्धित सूचना क्षेत्रमा काम गर्ने -यहाँ नाम नखोलौं) व्यक्तिले यसरी पनि बताएका छन् ः
"दीपेन्द्रकी प्रेमिकामार्फत विदेशी खुपिया एजेन्स्ीहरूकहाँ दरबारको सूचना पुग्ने गरेको थियो । सन् २००१ फेब्रुअरी २७ का दिन चीनमा भएको बोवाओ मञ्चको सम्मेलनलाई सम्बोधन गरेको केही दिनपछि यसको प्रमाण वीरेन्द्रले आफै देखेका थिए । त्यसैले त्यसपछिदेखि दीपेन्द्रलाई सम्झाउन हर प्रयास गर्दा पनि उनले सायद सम्झेनन् होला । अन्त्यमा दीपेन्द्रको विवाह त गरिदिने तर दीपेन्द्र युवराज परित्याग गरी विदेश गएर बस्न राजी भइसकेको समाचार पनि आएको थियो । तर प्रेमिकाकोे तथा विदेशी स्वार्थ विवाहका विषयमा मात्र केन्दि्रत थिएन । राजा नबन्ने युवराजको औचित्यता उनीहरूले नदेखेको हुनु पर्दछ । दीपेन्द्रको युवराज खोसिएपछि पारस शाहमाथि पनि कारबाही दरबारले गर्ने भएकोे थियो । माओवादी विद्रोहलाई वार्ताबाट समाधान गर्दा हतियार, तालिम, सेनामा जासुसी आदि जस्ता कुराहरू नपचाउने विदेशीको स्वार्थ एकातिर र अर्कोतिर राजा वीरेन्द्र भने दरबारमा पनि परिवर्तन, सेनामा पनि परिवर्तन, राजनीतिमा पनि परिवर्तन गरेर मुलुकमा एउटा निकास दिने र देशभक्तिको मूल्यमा आधारित राजनीतिको विकास गर्ने सोचाइमा पुगेका कुराले दुई विचार एकापसमा बाँझिएका विषय बनेका थिए । त्यो उनको कदम माओवादीसँगको सहमति र सम्झौतासँग पनि सरोकार थियो । सम्भवतः त्यो उनको घोषणा सोही महिनाको अन्त्यमा हुनेवाला थियो । तर त्यो भन्दा अघि नै उनको हत्या गरियो । उनलाई केही गर्दैछन् भन्ने जानकारी सुरुमा कसैले पनि पाएन । सोही दिन साँझमा मात्र भएको एउटा रेकर्डमा उनीमाथि हमला हुने सङ्केत पाइएको थियो । उनलाई त्यसपछि सम्पर्क राख्ने निकै प्रयास गरियो, सम्पर्क भएन । उनलाई शरण दिएर ल्याउनकै लागि पनि कुनै कूटनीतिक नियोगले गाडीसमेत पठाएर ल्याउने प्रयास गरेछ । गाडी जाँदा कहिल्यै नखुल्ने दरबारको उत्तरतर्फको गेट खुला थियो, भित्र गोली चलेको आवाज सुनिएपछि खेल सकिएको ठानेर गाडी रित्तै फर्किएछ । त्यो बेला भक्तपुरमा अस्पताल बनाउन आएको वेली नाइटिङ्गल नामक परियोजनाका विदेशी जवानहरूसँगको प्राविधिक क्षमता दरबार हत्याकाण्डमा प्रयोग भएको भन्ने पनि कतै रेकर्ड भएको हुनुपर्दछ ।"
यो भनाइबाट तुलप्रसादले भनेजस्तो लामो योजनाबाट अर्थात् १९७५ देखिको योजना भएको भन्ने बुझिँदैन । योजना केही लामै रहेको भन्ने चाहिँ बुझिन्छ । सन् १९७५ मा राजा वीरेन्द्रले नेपाललाई शान्ति क्ष्ेात्र घोषित गरियोस् भन्ने प्रस्ताव राखेका थिए । त्यो प्रस्ताव राखेकै दिनदेखि नेपाल र भारत दरबारमा चीसोपन आएको थियो । ११७ राष्ट्रले उक्त प्रस्तावको समर्थन गर्दा पनि भारतलेे समर्थन गरेको थिएन । खम्पा विद्रोहको दमनका लागि राजा वीरेन्द्रले खेलेको भूमिकाले केही
