Skip to main content

Posts

Showing posts from October 3, 2010

गलत प्रतिक्रिया

अ क्सर धेरै जसो हामी आवेशमा आएर यस्तो प्रतिक्रिया दिने गर्छ कि जुन पछि आएर हामीलाई नै दु:ख दिन्छ। कति पल्ट हामी आफ्नै परिवार भित्र, अफिस या साथीहरु माझ पनि पुरा कुरा नसुनि नबुझि आफ्नो प्रतिक्रिया पहिले दिने गर्छ। हामी अरुको नराम्रा कुराको लक्षण मात्र खोज्दै हिड्छ। तर आफ्नो गल्ति स्वीकार्न आफ्नै अंहम भावनाले हामीलाई रोक्छ। एउटा सानो कहानी छ जस्को माध्यमले हामी थाहा पाऊन सक्छु कि हतारमा प्रतिक्रिया दिंदा त्यसको असर के हुन्छ। कलेजमा राम्रो अंक ल्याई पास भए पछि एक युबकले राम्रो कंपनीमा जागिर पाऊछ। उ एउटा ठुलो ब्यापारीको छोरो थिए र कलेज जानु पुर्ब नै उसको ईच्छा थियो कि उसको साथमा एउटा राम्रो महंगो कार होस। आफ्नो जवान छोरोलाई उनले यो वाचा गरेका थियो कि उ राम्रो अंक ल्याई पास गरेर आफ्नै बलमा जागिर खाए भने उसले भने जस्तै एउटा कार अबश्य ल्याई दिनेछु। उसको छोराले धेरै दिन देखी एक विशेष मोडलको कारको सपना देखेको थियो र उसले चाहेको थिए कि उसको बौ ले त्यही कार उसलाई ल्याई देओस।

अमेरिकामा नेपाली विद्यार्थी पक्राउ

न्यु योर्क, १५ असोज : अमेरिकाको भर्जिनियामा अध्ययनरत एक नेपाली विद्यार्थीलाई प्रहरीले पक्राउ गरी जेल हालेको छ । भर्जिनियाको मेरीमाउन्ट विश्वविद्यालयमा अध्ययनरत सन्जोग मिश्रलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई कुन अभियोगमा पक्राउ गरिएको हो भन्ने खुलेको छैन । उनलाई भर्जिनियाकै फेयरफ्याक्स काउन्टी एडल्ट डिटेन्सन सेन्टर नामको जेलमा राखिएको छ । अमेरिकी प्रहरीले १५ दिनअगाडि १६ सेप्टेम्बरमा पक्राउ गरे पनि उनको बारेमा भने बिहीबार मात्र थाहा भएको हो । एक नेपाली विद्यार्थीले दूतावासमा फोन गरेर सन्जोग मिश्रलाई प्रहरीले पक्राउ गरेको खबर दिएपछि मात्र दूतावासले थाहा पाएको हो । उनलाई पक्राउ गरेकोबारे नेपाली समुदाय र अमेरिकामा रहेको नेपाली दूतावास बेखबर हुँदा उनलाई सहयोग गर्ने व्यक्ति पनि कोही नभएको दूतावासले जानकारी दिएको छ ।