इन्टरनेटको अश्लील साइटमा रमाउनेको संख्या अस्वाभाविक रूपमा बढेपछि सरकारले यस्ता साइट ब्लक गर्ने भएको छ । इन्टरनेट सेवा प्रदायक सबै कम्पनीको मुख्य द्वारबाटै यस्ता साइट नखुल्ने बनाइन लागेको हो ।
अश्लील भिडियो, फोटो र अन्य सामग्री भएका साइटको प्रयोग बढिरहेकाले दूरसञ्चार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले यस्ता दृश्य आउने सबै प्रकारका साइट 'ब्लक' गर्ने तयारी गरेको हो । मुलुकमा ४१ आईएसपी कम्पनी, नेपाल टेलिकम, युटिएल र एनसेलका लागि यो व्यवस्था लागू हुनेछ । टेलिकमले एडीएसएल र जीपीआरएस तथा एनसेलले जीपीआरएस इन्टरनेट सेवा दिँदै आएका छन् ।
यसपछि इन्टरनेट सेवा प्रदायक कम्पनीले अश्लील साइटमाथिको पहुँच अवरुद्ध गर्नुपर्ने छ । आईएसपी कम्पनीको नियमन गर्ने प्राधिकरण आउँदो साता यस्ता साइट बन्द गर्न निर्देशन दिने तयारीमा छ । 'हामी छिट्टै यसबारे निर्णय गरेर आईएसपी कम्पनीलाई निर्देशन दिँदै छौं,' प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेेले भने, 'विद्युतीय कारोबार ऐनले यस्ता साइट चलाउन नपाउने व्यवस्था गरेको छ ।' यस्ता साइट खुला रूपमा साइबर क्याफे र घर-घरमा प्रयोग भएको अवस्थामा समाजमा नकारात्मक असर परेको र आपराधिक क्रियाकलाप बढेको उनले बताए । आईएसपीलाई लाइसेन्स जारी गर्दा अश्लील वेबसाइट बन्द गर्नुपर्ने सर्त भने छैन । अब लाइसेन्स दिँदा सर्त परिमार्जन गर्ने प्राधिकरणले तयारी गरेको छ । 'विद्युतीय कारोबार ऐनअन्तर्गत रहेर लाइसेन्समा अश्लील साइट भित्र्याउन नपाउने सर्त थप्न लागेका हौं,' न्यौपानेले भने । यसका लागि एक महिना अघि सुरु भएको प्रक्रियामा बुधबार गृह मन्त्रालय, प्राधिकरण, विज्ञान तथा प्रविधि मन्त्रालय र इन्टरनेट सेवा प्रदायकबीच सहमति भएको छ । छलफलमा सहभागी प्रहरी प्रधान कार्यालयका आईटी प्रमुख एसएसपी महेश सिंह कठायतले सबै सहमत भएकाले अब नियामनकारी निकाय प्राधिकरणको निर्देशनपछि यस्ता साइट बन्द हुने बताए ।
श्रोत: कान्तिपुर दैनिक
Saturday, August 14, 2010
Thursday, August 12, 2010
अमेरिकामा हट फोटोसेसन
'समुद्रमा फोटोसेसन गर्दा निकै मजा आउँदोरहेछ'
सांस्कृतिक कार्यक्रमको सिलसिलामा झन्डै तीन महिनाअघि अमेरिका पुगेकी नायिका रञ्जना शर्माले अमेरिकामै हट फोटोसेसन गरेकी छिन् । नायिका रञ्जना अमेरिकाका डेढ दर्जनभन्दा बढी स्टेटमा त्यहाँ निवासी नेपालीहरूको संस्था एभरेस्ट इन्टरटेनमेन्टको आयोजनामा हुने सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न तीन महिनाका लागि अमेरिका गएकी हुन् ।
रञ्जनाले अमेरिकाको समुद्री किनारमा हालै हट फोटोसेसन गरेको इमेलमार्फत बताएकी छिन् । 'यहाँका पत्रिकालाई दिन तथा अमेरिकाको सम्झनास्वरूप फोटोसेसन गरेकी हुँ,' उनले इमेलमा उल्लेख गरेकी छिन्, 'यहाँका नेपाली दर्शकले मलाई निकै मन पराएका छन् । उनीहरूको माया पाएर निकै खुसी छु ।' समुद्रमा फोटोसेसन गर्दा निकै मज्जा भएको बताउँदै उनी भन्छिन्, 'नेपालमा समुद्र नभएकाले यो मेरा लागि निकै नौलो अनुभव हो ।' उनले फोटोसेसन त्यहाँ रहेका नेपाली फोटोग्राफरबाट गराएकी हुन् । उनले अमेरिकाका विभिन्न स्टेटमा आयोजना भइरहेको सांस्कृतिक कार्यक्रममा नृत्य तथा उद्घोषण गरिरहेको बताएकी छिन् ।
आफ्ना पति निर्देशक श्याम भट्टराईको निर्देशनमा बनेका गहना, जानकी, दुईथोपा आँसुलगायतका टेलिशंृखलामा मुख्य भूमिका निभाएकी रञ्जनाले मर्यादा, मौसम, इज्जतदार, कन्यादान, बधाई छ तिमीलाईलगायतका ठूलो पर्दाका फिल्ममा समेत अभिनय गरेकी छिन् । मर्यादाबाट सर्वाेत्कृष्ट नवनायिकाको अवार्डसमेत जितेकी उनी नेपाली फिल्ममा
आफ्नो माग बढिरहेको वेलामा सांस्कृतिक कार्यक्रम गर्न अमेरिका आउनुपर्दा 'नेपाल मिस' गरेको बताउँछिन् । रञ्जना कार्यक्रम सिध्याएर केही दिनमै नेपाल र्फकन लागेकी छिन् ।
श्रोत: नयाँ पत्रिका

Tuesday, August 10, 2010
"हिम्मत हारेकी छैन"
'प्रेममा कमजोर मान्छे म ।' डेढ वर्षअघि एकाएक मुम्बई पसेकी नायिका सञ्चिता लुइँटेल पछिल्लो साता राजधानीमा भेटिँदा माथिको स्वअनुभव सुनाइरहेकी थिइन् । तर यो सुनाइरहँदा उनको ज्यानमा भने एकखाले कमजोरी वा थकान प्रस्टै झल्कन्थ्यो ।
प्रेम चक्करपछि पहिलो विवाह गरेकी यी नायिका अन्तरजातीय विवाहलाई परिवारले स्वीकार नगरेपछि सुखी बन्न सकिनन् र पाँच वर्ष पुग्दानपुग्दै त्यो सम्बन्ध तोडियो । 'तर म स्पष्ट वक्ता हुँ । मैले बुबाआमालाई खुसी हुन सकिनँ भनें, अनि 'ब्रेक' लिएँ । पहिलो प्रेममा म सफल हुन सकिनँ,' उनले सुनाइन् । प्रेम आफैंमा पवित्र हुने बताउँदै उनले 'प्रेममा सफल हुनका लागि उमेर र परिवार पनि हेर्नुपर्ने रहेछ' भन्ने पाठ पहिलो विवाहले सिकाएको बताइन् ।
पहिलो विवाहपछिको उनको 'ब्रेक' तब तोडियो, जब नायक निखिल उप्रेतीसँग उनको दोस्रो प्रेम विवाह भयो । 'यसपटक दुवै परिवारलाई थाहा थियो, सल्लाहमै विवाह भएको हो,' यसबीचमा मिडियाले अनर्गल हल्ला मच्चाएको आरोप लगाउँदै भनिन्, 'सञ्चितालाई ज्यान मार्ने सम्मको धम्की आयो भन्ने सम्मका समाचार आए, वास्तवमा त्यस्तो केही भएकै थिएन ।'
निखिलसँग तीन वर्षअघि नै प्रेम-सम्बन्ध कायम भए पनि त्यसको एक वर्षपछि मात्रै विवाह भएको उनले खुलाइन् । 'हामीले समयमै नभनेर पनि गल्ती गरेका हुन सक्छौं तर बाध्यता पनि थियो,' उनले भनिन् ।
विवाह गरे पनि सार्वजनिक नगरेका उनीहरू एकाएक मुम्बई छिरेपछि सञ्चार माध्यममा राम्रो/नराम्रो दुवै तरिकाले छाए । विवादमा तानिँदै गएपछि स्पस्टीकरणको शैलीमा राजधानीमा हालै देखिएकी नायिका सुरुमै कुराकानीको विषयलाई लिएर 'बेचैन' थिइन् । राजधानी बसाइका क्रममा पुरानोबानेश्वर माइतीमा बसेकी डेब्यु फिल्म 'अप्सरा' नायिका कुराकानीका लागि बहिनी शिवानीलाई साथ लिएर आएकी थिइन् । जिन्स पाईन्टमा टिसर्ट लगाएर आएकी उनको गलामा मंगलसूत्र थियो । आँखा थोरै भासिएको लाग्ने उनको मुहारमा पहिलेजस्तो चमक देखिएन । 'अहिले हामी दुवै खुसी छौं । दुवैको असफल पहिलो विवाहपछिको सच्चा प्रेमको सम्बन्ध भएकोले एक-अर्कामा प्रतिबद्ध छौं,' उनले फेरि बल गरिन्, 'निखिलजी सरल, सीधा मान्छे हुनुहुन्छ । उहाँमा राम्रो खालको बौद्धिकता छ, उहाँको विचार मलाई निकै मन पर्छ ।' व्यक्तिगत जीवनको कुरा गर्दा कतै भावुक कतै आक्रोशित देखिएकी सञ्चिताले बताइन्, 'म प्रेममा धेरै कमजोर मान्छे । करिअरलाई दाउमा राखेरै व्यक्तिगत र पारिवारिक खुसीलाई प्राथमिकता दिएकी हुँ ।'
हाल मुम्बईमा करिअर बनाउनका लागि 'जिरो लेभल' देखि संघर्ष थालेकी सञ्चिता अहिले टेलिसिरियलमा नेतृत्वदायी भूमिकामा खेल्नका लागि टेलिभिजन च्यानलमा धाइरहेकी छन् । 'अहिले संघर्षकै समयमा छु, कामको टुंगो लागिसकेको छैन ।' फिल्ममा खेल्ने सोचाइ नै नबनाएकी उनले सिरियलमा मुख्य भूमिका नपाएमा पेसा नै परिवर्तन गर्न सक्ने बताउँछिन् ।
मुम्बईमै भाडाको फ्ल्याटमा निखिलसँग बस्दै आएकी उनी सानैदेखिको 'ठूलो क्षेत्रमा' काम गर्ने अभिलाषालाई पूरा गर्न मुम्बई हान्निए पनि निखिल किन लागे -?) भन्नेमा आफुलाई खास थाहा नभएको भन्दै पन्छिन खोजिन् । 'सायद उहाँको पारिवारिक समस्या पनि केही थियो, यदि म कलाकार नभएको भए सबै भन्दिने थिएँ, के भएको थियो भनेर । उहाँको कुरा उहाँलाई नै सोध्नुस् न,'उनी तर्किइन् ।
फिल्म 'पर्खिराख है' को डबिङका लागि राजधानी आएकी सञ्चिताको 'कोही मेरो' भदौ ४ मा रिलिज हुँदै छ भने 'दासढुंगा' पनि रिलिज क्रममा छ । राम्रो आशा गरिएका फिल्म एकपछि अर्को गरी रिलिज हुन लागेको बेलामा पुनः मुम्बई र्फकन आँटेकी उनी प्रस्ताव आएमा अझै नेपाली फिल्म खेल्ने बताइन् । तर अहिले मुम्बईमै संघर्षको क्रममा रहेकाले केही महिना समय निकाल्न नसक्ने सुनाउँछिन् । अन्ततः आफू मनको ईच्छा पूरा गरेर नेपाल नै र्फकने बताउँछिन् ।
दुई घन्टा लामो बसाइ क्रममा सञ्चिता पुनः निखिलसँगको प्रेमको सन्दर्भमा फर्किइन् । पहिलो विवाह संयोगले एकैदिन गरेका दुवैको विवाह सफल भएन । 'विवाह भएको दुई वर्षपछि 'पापीमान्छे' मा हाम्रो भेट भयो । फिल्ममा दाजु-बहिनीको भूमिकामा रहेका दुईमा 'हेल्लोहाइ' मात्र भयो । लाजले हामी बोल्नै सकेनौंं,' उनले भनिन् । दुवैको वैवाहिक सम्बन्ध सफल नभएपछि कालान्तरमा दुई दुखिया मनलाई परिस्थितिले एक गराएको छ ।
'अहिले नै बालबच्चा जन्माउने कुनै सोच छैन,' पहिलो ध्यान करिअरमै दिएको बताउने सञ्चिता अहिले संघर्षमै ध्यान दिएको बताउँदै उनी गफगाफबाट टाढिइन् ।
सुशील/स्मिता: कान्तिपुर

Subscribe to:
Posts (Atom)
-
कवि बुद्धिसागर फिल्म हेर्न जय नेपाल हल पुगेछन् । फिल्म सुरु हुनुअघि टाइटानिकको संगीतमिश्रति धुन भएको कन्डमको विज्ञापन बजेछ । बुद्धिसँगै बस्...
-
गुल्मी, भाद्र १९ - दलित किशोरीलाई बुहारीको रुपमा स्वीकार गर्नुपर्ने दबाब बढ्दै गएपछि यहाँको एक परिवार घर नै छोडेर फरार भएको छ । अन्तरजातीय ...