Skip to main content

अब अश्लील साइट 'ब्लक'

इन्टरनेटको अश्लील साइटमा रमाउनेको संख्या अस्वाभाविक रूपमा बढेपछि सरकारले यस्ता साइट ब्लक गर्ने भएको छ । इन्टरनेट सेवा प्रदायक सबै कम्पनीको मुख्य द्वारबाटै यस्ता साइट नखुल्ने बनाइन लागेको हो ।

अश्लील भिडियो, फोटो र अन्य सामग्री भएका साइटको प्रयोग बढिरहेकाले दूरसञ्चार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले यस्ता दृश्य आउने सबै प्रकारका साइट 'ब्लक' गर्ने तयारी गरेको हो । मुलुकमा ४१ आईएसपी कम्पनी, नेपाल टेलिकम, युटिएल र एनसेलका लागि यो व्यवस्था लागू हुनेछ । टेलिकमले एडीएसएल र जीपीआरएस तथा एनसेलले जीपीआरएस इन्टरनेट सेवा दिँदै आएका छन् ।

यसपछि इन्टरनेट सेवा प्रदायक कम्पनीले अश्लील साइटमाथिको पहुँच अवरुद्ध गर्नुपर्ने छ । आईएसपी कम्पनीको नियमन गर्ने प्राधिकरण आउँदो साता यस्ता साइट बन्द गर्न निर्देशन दिने तयारीमा छ । 'हामी छिट्टै यसबारे निर्णय गरेर आईएसपी कम्पनीलाई निर्देशन दिँदै छौं,' प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेेले भने, 'विद्युतीय कारोबार ऐनले यस्ता साइट चलाउन नपाउने व्यवस्था गरेको छ ।' यस्ता साइट खुला रूपमा साइबर क्याफे र घर-घरमा प्रयोग भएको अवस्थामा समाजमा नकारात्मक असर परेको र आपराधिक क्रियाकलाप बढेको उनले बताए । आईएसपीलाई लाइसेन्स जारी गर्दा अश्लील वेबसाइट बन्द गर्नुपर्ने सर्त भने छैन । अब लाइसेन्स दिँदा सर्त परिमार्जन गर्ने प्राधिकरणले तयारी गरेको छ । 'विद्युतीय कारोबार ऐनअन्तर्गत रहेर लाइसेन्समा अश्लील साइट भित्र्याउन नपाउने सर्त थप्न लागेका हौं,' न्यौपानेले भने । यसका लागि एक महिना अघि सुरु भएको प्रक्रियामा बुधबार गृह मन्त्रालय, प्राधिकरण, विज्ञान तथा प्रविधि मन्त्रालय र इन्टरनेट सेवा प्रदायकबीच सहमति भएको छ । छलफलमा सहभागी प्रहरी प्रधान कार्यालयका आईटी प्रमुख एसएसपी महेश सिंह कठायतले सबै सहमत भएकाले अब नियामनकारी निकाय प्राधिकरणको निर्देशनपछि यस्ता साइट बन्द हुने बताए ।
श्रोत: कान्तिपुर दैनिक

Comments

Popular posts from this blog

यस लग्जरी मोटर होम देखे पछी....!

सं सारमा कुनै पनि असंभव छैन.. तपाईको शंका तब बदलिन्छ जब यस चलता-फिर्ता पांच तारे कार लग्‍जरी मोटर होमको अगाडी हुनेछ. हो, आकर्षक लुक बलियो इन्जिन क्षमताबाट सजिएको यस मोटर होम धेरै नै खास छ. यस अदभूत मोटर होम कारको निर्माण अस्ट्रियाको मार्ची मोबाईल्स कम्पनीले गरेको हो. यस मोटर भित्र प्रवेश पछी तपाईलाई अनुभूति हुनेछ कुनै फाइब स्टार होटलको लग्‍जरी रूमको हो. त्यति मात्र हैन भित्र राम्रो स्पेस को लागी यसमा फोल्‍डींग सिस्‍टमको प्रयोग पनि गरेको छ. आउनुस त्यस अदभूत मोटर होमको केहि चित्र हेरौं...   

एक पल्ट बाईक हेरी आनन्द लिने हो कि?

मेराे बुबा पंचबहादुर दुवालकाे भिमरथाराेहन