Skip to main content

Posts

Showing posts from August 16, 2009

“म किन तिमीमा पागल हुन्छौ”

आज थाहा भो तिमी बिनाको मेरो जिन्दगी कस्तो हुन्दो रहेछ, हाँसो त छ तर खुशी छैन बसंन्त र बहार छ तर तिमी छैनौं। रुलाई देऊ बर्बाद गरी देऊ, मेरो आंखामा तिम्रै तस्बीर बसेको छ, तिमी जस्तै तिमीले दिएको बेदना पनि मिठो, बाँकी सबै तितो जहाँ जान्छु जता तिर हेर्छु तिमिलाई नै खोज्छ यो दुई नयनहरु ले, बाँचेको छु माया तिम्रै साँचेकै छु तर खोज्छु जिन्दगी मेरो कहाँ छ। आज तिमी कहाँ छौं, भन्न , केमा रमाई रहेछौ?, मेरो बीना वास्ता मै, म बीना हरेक पलपल मर्छु भन्छौ, तर महिनौं सम्म गायब भई दिन्छौं न पाऊँनै सके न तिमीलाई भूल्नै सके, न तिमी बिना म जिऊ नै सके, तिम्रो नयनले मलाई मात्र हेर्छु भन्छौं, म त प्यासै छु भन् तिमी कहाँ छौं पहिले तिमी सीत भेट हुँदा मेरो मनमा अनेक आशा जागेका थियौं, कहिले हामी भेटदा कल्पना मै हराऊछौं मात्र मिठो सपना देख्छौं जब हामी छुटिन्छ पिडाले डटपटि हुन्छ अनी तन मन बेचैनी हुन्छौं। कहिले तिम्रो कुरा सुनी हाँसो पनि उठ्छ, कहिले पीडा महशुस हुन्छ। तिम्रो हरेक कुरामा म पर्फूल हुन्थे, मायाको सागरमा पौडी खेली बस्थे। आज म तिम्रो मायामा तड्पी रहेछौं, चुपचाप तिमिलाई नै खोजीरहे छौं, तिम्रो कुनै बिबस्ता

राजमार्गमा यौन !

कवि बुद्धिसागर फिल्म हेर्न जय नेपाल हल पुगेछन् । फिल्म सुरु हुनुअघि टाइटानिकको संगीतमिश्रति धुन भएको कन्डमको विज्ञापन बजेछ । बुद्धिसँगै बस्ने केटोले एउटी केटीलाई कोट्याउँदै भनेछ हेर त, तिम्रो विज्ञापन बज्यो ।' बुद्धि झस्किएछन् । थाहा भयो, ती तिनै युवती रहिछिन् जो हलको ठूलो पर्दामा कन्डमको विज्ञापनमा छाएकी छिन् र त्यो विज्ञापन हेर्दै हलका केटाहरू गल्लल हाँस्दै छन् । कन्डमको विज्ञापनमा छाएकी ती नायिका नम्रता श्रेष्ठ लाजले रातो भइछिन् । 'ती यति लजाइन् कि भनिसाध्य छैन,' बुद्धिले सुनाए, 'कन्डमको विज्ञापनमै देखिने केटी त कन्डमबाट यति लजाउँछिन् भने अरूको हालत के होला ?' हामीलाई खोज्नु थियो- के तन्नेरी पुस्ता यौनमा उदार छ ? 'यौन चाहना सबैमा हुन्छ, कसैले लुकाउँछन् कसैले खुल्ला देखाउँछन्,' विनीताले उदार भएर बोलिन्, 'हामीले आफ्नो 'बेड रिलेसनसिप'बारे पनि खुलेर भन्न सक्नुपर्छ ।' अहिलेकी 'हट' मोडल विनीता साथीहरूसँग यौनका बारेमा कति खुलेर कुरा गर्छिन् त ? 'यौनबारे साँच्चै खुलेर कुरा गर्नुपर्छ, म यौनमा खुल्न रुचाउँछु । साथीहरूसँग आफूलाई भएको यौन