Skip to main content

Posts

Showing posts from January 9, 2011

पचासौँ डाँकासँग लडेको त्यो दिन...

म पर्वतको बाच्छा गाविसमा जन्मेको हुँ । अहिले ३७ वर्षको भएँ । परिवारसहित पोखराको बैदाममा बस्दै आएको १५ वर्ष भयो । घरमा अहिले बाआमा, श्रीमती, एक छोरो र एक छोरी छन् । बुबा क्याप्टेन गोपाल श्रेष्ठ भारतीय सेनामै हुनुहुन्थ्यो, त्यसैले म बाल्यकालमा कहिले भारत र कहिले नेपालमा पढेँ । १३/१४ वर्षको हुँदा बाबासँगै भारत गएँ र सिलोङमै १० कक्षामा पढ्दै गर्दा सन् १९९४ मा त्यहीँबाट भारतीय सेनाको ७/८ जिआर पल्टनमा भर्ती भएँ । २२ वर्ष नोकरी गरेर पेन्सन आउनुपर्ने भए पनि त्यतिन्जेल पर्खन मन भएन । त्यसैले पि्रमेच्योर पेन्सन (अपरिपक्व निवृत्तिभरण) मा आउने निर्णय गरेँ र १७ वर्ष काम गरेको पल्टनबाट राजीनामा दिएँ । खासमा मैले विदेश जाने मनस्थिति बनाएको थिएँ, खाडी वा अन्त कतै । राजीनामा स्वीकृत पनि भयो । १७ वर्षे जागिरबाट बिदा भएर पेन्सनमा बस्न कागजपत्र मिलाएर म देश र्फकंदै थिएँ । त्यो दिन थियो- २ सेप्टेम्बर सन् २०१० । मौर्य एक्सप्रेसको रेलमा म ५ बजे राँचीबाट गोरखपुर आउँदै थिएँ । राति साढे ११ तिर होहल्लाले बिउँझेँ । पश्चिम-बंगालको चित्रनजंग जंगलमा ४०/४५ जनाको डाँकाले ट्रेन रोकेर लुटपाट गर्न लागेका रहे