सु न्दर अनुहार र उपयुक्त फिगरमा पुरुषहरू भुतुक्क हुन्छन् । तर प्रेमिका र पत्नी छान्ने सन्दर्भमा पुरुषको रुचि बेग्लाबेग्लै हुन्छ । 'इभोल्युसन एन्ड ह्युमन बिहेभियर' जर्नलमा छापिएको प्रतिवेदनमा अनुसन्धानकर्ताहरूले के भनेका छन् भने पुरुष कुनै युवतीसँग डेटिङ गर्दा उसको अनुहारको सुन्दरता नभई शरीरको बनावटलाई महत्त्व दिन्छन् । उनहिरू पर्फ]{ट फिगर भएका केटीसँग डेटिङ गर्न रुचाउँछन् । तर जब कुरा बिहेको हुन्छ, पुरुषको रुचि बदलिन्छ । उनीहरू सुन्दर अनुहार भएका युवतीसँग बिहे गर्न रुचाउँछन् । बिहे गर्न भने पुरुषहरू युवतीको फिगरलाई बढी महत्त्व दिँदैनन् । अनुसन्धानकर्ताहरूका अनुसार यौन सन्दर्भका लागि मात्रै हो भने पुरुषहरूका लागि ३६, २४ र ३६ इन्च फिगरवाला शरीरले धेरै महत्त्व राख्छ । घर बसाउने मामिलामा भने यस्तो फिगरको कुरो बिर्सन्छन् । अनुसन्धाताहरू के भन्छन् भने सुन्दर अनुहार भएका युवतीसँग बिहे गर्नाले पुरुषको प्रजनन क्षमतामा वृद्घ िहुन्छ । यसले स्वस्थ परिवारको विकास हुन्छ र सम्बन्ध बलियो हुन्छ । यौनले बढ्छ एकाग्रता