Skip to main content

Posts

Showing posts from August 29, 2010

मुलुकभर डेंगीको प्रकोप

स फा पानीमा बस्ने लामखुट्टेले सार्ने रोग डेंगीको प्रकोप मुलुकभर देखिएको विशेषज्ञहरूले जनाएका छन् । चितवनमा भने डेंगीसँगै 'लेप्टोस्पोरोसिस' को उच्च जोखिम रहेको चेतावनी पनि उनीहरूले दिएका छन् । चितवनभन्दा अघि धनगढी, नेपालगन्ज, कञ्चनपुर, भैरहवा, तनहुँ, धादिङ लगायत जिल्लाका बिरामीमा पनि डेंगी देखिएको प्रयोगशालाबाट प्रमाणित भएको उल्लेख गर्दै शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. वासुदेव पाण्डेले भने, 'डेंगी मुलुकको धेरै ठाउँमा प्रकोपका रूपमा देखिएको छ, नियन्त्रणमा ल्याउन नसके महामारीकै रूप लिन सक्ने सम्भावना छ ।' दमौलीमा बस्ने दुई जापानी नागरिकमा समेत डेंगी देखिएको उल्लेख गर्दै चिकित्सक पाण्डेले भने, 'आइतबार त्रिवि शिक्षण अस्पतालमा दुई जना काठमाडौंकै बासिन्दाले पनि डेंगीको उपचार गराएका छन् ।' राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले चितवनबाट ल्याइएको रोगीका नमुनामध्ये दस जनामा लेप्टोस्पोरोसिस, तीन जनामा डेंगी र एक व्यक्तिमा दुवै संक्रमण देखिएको छ । केही दिनयता चितवनमा भाइरल ज्वरो लगायतका बिरामीको संख्यामा वृद्घ िभएपछि चार दिनअघि प्रयोगशालामा ७२