कल्पना अधिकारी दिउँसोदेखि नै मन अशान्त रह्यो, आफ्नै अन्तरद्वन्द्वले। जीवनको यो कस्तो क्षण हो? आज म आफ्नो मनको अवस्थाले आफै दंग परेँ। 'नीता दिदी, खाना तयार गरौं?' भान्साबाट सीताको आवाज आयो। हुन्छ भन्दै म भान्सामा प्रवेश गरेँ। खाना खाएँ, सीतालाई काम सघाएँ, भान्साको काम सकेर कोठामा फर्किएँ। आज टिभी पनि हेर्न मन लागेन, रेडियो पनि खोलिनँ। म सोफामा ढल्किएर आफ्नै भावनाभित्र हराउँदै जान थालेँ। बिर्सिदिऊँ भन्दा पनि आज मैले बिर्सन सकिनँ - जम्दाइको हसिलो अनुहार र फरासिलो बानी। 'एक्लै त साह्रै दिक्क पो भइँदोरहेछ त नानी। हैन तपाईंलाई कहिल्यै एक्लोपनले सताउँदैन?' एकदिन जम्दाइले मलाई सोधेका थिए। निवृत्तीभरणमा सेवामुक्त भएका जम्दार विक्रमलाई नामले कमैले मात्र चिन्थे। जम्दार विक्रम सबैबीच जम्दाइबाट परिचित थिए। जम्दार दाइ भन्न खोज्दा सन्धी भएर जम्दाइ हुन्थ्यो। 'आफनो जीवन देखेर निरास बन्नहुन्छ त, जम्दाइ पनि,' मैले हासेर जवाफ फर्काएको थिएँ। आज जम्दाइलाई मनभरी सम्झँदा मेरो मनको दर्पणमा मेरो बुबाको अनुहार देखियो, म अतिततिर फर्किएँ। बैंसमा कहिलेकाहींँ कुनै लोग्ने मान्छेको नजिक पुग्न ख