Wednesday, August 18, 2010

मैले एउटा सपना देखे


तिम्रो याद आई रह्यो रात भर 
मन मनै म हाँसी रहे
पिडाको दियो जलि रह्यो रात भर 
बाँसुरीको धुन सुनि रहे

सपना बनि छाई रह्यो रात भर 
यादको भुमरीमा बसि रहे
जुनको उज्यालो रहि रह्यो रातभर 
कोहि आफैलाई खोजि रहे
सायद कोई पागल घुम्दै फिर्दै थियो 
त्यस्तै आवाज आईरहे

सायद......

मैले एउटा सपना देखे कसैलाई आफ्नो देखे
सम्झना उसैको गर्दै मस्त हुन्दै सुतेको देखे

हरपल मलाई भन्थ्यो 
यस दिलमा कोई बसेको छ
जुन दिन उसलाई गुमाऊ छु
त्यस दिन सांचै रोई दिन्छु
तर रोएर के हुन्छ यहाँ 
केहि भनेर के हुन्छ यहाँ
जुन लेखेको हुन्छ आफ्नो 
किस्मतमा त्यहि हुन्छ

No comments:

Post a Comment