मैले जुन र जुनेलीको आश गरेका थिए
तर रातको अंध्यारो बाहेक केहि पाएन
म त्यो गीत हुं जसले संगीतको धुन पाएन
म त्यो बटुवा हुं जसले कुनै गंन्तब्य पाएन
ममता अनि कुनै आंचलको साहारा छैन
बाटोमा कुनै चहकिलो जुनेली पनि छैन
मेरो मनले, एक नजरको आश गरेका थिए
मैले जुन र जुनेलीको आश गरेका थिए
मनमा अनेकन असफल आशाको बसेरा पाए
उज्यालो देखी निस्केका थिए सबै अंध्यारो पाए
रंगीन अनि चम्किलो प्रकाशको आश गरेको थिए
मैले जुन र जुनेलीको आश गरेका थिए
जुन कुरा तिमीमा छ त्यो तिम्रो तस्बीरमा छैन
रंगमा तिम्रो रंग मिलाऊदा एउटा तस्बीर बन्यो
तिमी सित साहाराको आशा गरेका थिए
मैले जुन र जुनेलीको आश गरेका थिए
दुनियामा त्यस्तो कुनै चिज छैन तिमी जस्तो
आज फेरी एक चोटी आऊ मेरो अगाडी यस्तो
आफ्नै मायालुको काखको आश गरेका थिए
मैले जुन र जुनेलीको आश गरेका थिए
कविता राम्रो छ,अझ राम्रो होस् भने कामना गर्छु...!अनि सम्पूर्ण नेपालीहरुको गाईजात्रा २०६७ को हार्दिक मंगलमय शुभकामना...!!!
ReplyDelete