Skip to main content

मैले जुन र जुनेलीको आश गरेका थिए


मैले जुन र जुनेलीको आश गरेका थिए
तर रातको अंध्यारो बाहेक केहि पाएन
म त्यो गीत हुं जसले संगीतको धुन पाएन
म त्यो बटुवा हुं जसले कुनै गंन्तब्य पाएन

ममता अनि कुनै आंचलको साहारा छैन
बाटोमा कुनै चहकिलो जुनेली पनि छैन
मेरो मनले, एक नजरको आश गरेका थिए
मैले जुन र जुनेलीको आश गरेका थिए

मनमा अनेकन असफल आशाको बसेरा पाए
उज्यालो देखी निस्केका थिए सबै अंध्यारो पाए
रंगीन अनि चम्किलो प्रकाशको आश गरेको थिए
मैले जुन र जुनेलीको आश गरेका थिए

जुन कुरा तिमीमा छ त्यो तिम्रो तस्बीरमा छैन
रंगमा तिम्रो रंग मिलाऊदा एउटा तस्बीर बन्यो
तिमी सित साहाराको आशा गरेका थिए
मैले जुन र जुनेलीको आश गरेका थिए

दुनियामा त्यस्तो कुनै चिज छैन तिमी जस्तो
आज फेरी एक चोटी आऊ मेरो अगाडी यस्तो
आफ्नै मायालुको काखको आश गरेका थिए
मैले जुन र जुनेलीको आश गरेका थिए

Comments

  1. कविता राम्रो छ,अझ राम्रो होस् भने कामना गर्छु...!अनि सम्पूर्ण नेपालीहरुको गाईजात्रा २०६७ को हार्दिक मंगलमय शुभकामना...!!!

    ReplyDelete

Post a Comment

Popular posts from this blog

यस लग्जरी मोटर होम देखे पछी....!

सं सारमा कुनै पनि असंभव छैन.. तपाईको शंका तब बदलिन्छ जब यस चलता-फिर्ता पांच तारे कार लग्‍जरी मोटर होमको अगाडी हुनेछ. हो, आकर्षक लुक बलियो इन्जिन क्षमताबाट सजिएको यस मोटर होम धेरै नै खास छ. यस अदभूत मोटर होम कारको निर्माण अस्ट्रियाको मार्ची मोबाईल्स कम्पनीले गरेको हो. यस मोटर भित्र प्रवेश पछी तपाईलाई अनुभूति हुनेछ कुनै फाइब स्टार होटलको लग्‍जरी रूमको हो. त्यति मात्र हैन भित्र राम्रो स्पेस को लागी यसमा फोल्‍डींग सिस्‍टमको प्रयोग पनि गरेको छ. आउनुस त्यस अदभूत मोटर होमको केहि चित्र हेरौं...   

मेराे बुबा पंचबहादुर दुवालकाे भिमरथाराेहन

एक पल्ट बाईक हेरी आनन्द लिने हो कि?