Skip to main content

किन राखिन्छ सम्बन्ध

 हिलेसम्म के भनिन्थ्यो भने प्रेम पाउनका लागि, 'प्यासन' का लागि महिलाहरू यौनक्रियामा संलग्न हुन्छन् । तर नयाँ अध्ययनले अर्कै संकेत गरेको छ । 
वास्तवमा महिलाहरू यस्ता कारणहरूले गर्दा यौनसम्बन्ध राख्छन्, जसको रोमान्ससँग कुनै सम्बन्ध हुँदैन ।
उनीहरू कि उदासी हटाउन त्यस्ता क्रियाकलापमा सामेल हुन्छन्, कि त ब्वाइफ्रेण्ड वा पतिको माया लागेर । कहिलेकाहीं महिलाहरू सहवासमा यस कारण 'एस' भन्छन्, किनभने उनीहरूले कहीं पढेका हुन्छन् ः माइग्रेनबाट छुटकारा पाउनु छ भने यौनक्रियामा सामेल हुनुपर्छ । 
तपाईंलाई महिलाले यौनसम्बन्ध राख्ने यी कारणहरू पढ्दा अनौठो लागिरहेको होला तर सत्य कुरा यही हो । टेक्सास विश्वविद्यालयमा मनोविज्ञानका प्राध्यापक सिडा मेस्टनले र डेबिड बसले 'ह्वाईर् विमेन ह्याभ सेक्स' मा यसका एक सय जवाफ उल्लेख गरेका छन् । 
'धेरै अनुसन्धानमा धेरैजसो पुरुषलाई महिला सेक्सुअली अट्रयाक्टिभ लाग्छन् भनिएको छ,' लेखकद्वयले भनेका छन्, 'तर महिलालाई पुरुष सेक्सुअली अट्रयाक्टिभ लाग्दैनन् ।' 
यो मामिलामा पुरुषप्रतिको आकर्षण महिलाको लिस्टमा सबैभन्दा तल पर्छ । कहिले राम्रो डिनरका लागि आभार प्रकट गर्न त कहिले शान्ति कायम राख्न महिलाहरू यौनक्रियामा संलग्न हुन्छन् । अनुसन्धाताहरूले यसका लागि एक हजार ६ महिलामा सर्भेक्षण गरेका थिए, किताब लेख्नुअघि । उनीहरूले कतिपयबाट आश्चर्यचकित पार्ने खालका जवाफ पाए । एउटीले सहवास आध्यात्मिक अनुभूतिका लागि गर्ने बताइन् । उनलाई यौन ईश्वरको सबैभन्दा नजिकको वस्तु हो भन्ने लाग्दो रहेछ । धेरै महिलाले टाउको दुखाइबाट मुक्ति पाउन यौनसम्बन्ध राख्ने गरेको बताए । अन्य महिलाले यौन दक्षता राम्रो पार्न, छालाको चहकिलोपना यथावत् राख्न यो काममा लाग्ने गरेको बताए ।  

उक्त अनुसन्धानमा ८४ प्रतिशत महिलाले के स्विकारे  भने उनीहरू आफ्नो पार्टरनसँग शान्तिपूर्ण जीवन बिताउने प्रयासअन्तर्गत यौनसम्बन्ध राख्छन् । कतिपय महिला घरको काममा सहयोग पाउनसमेत यौनसम्बन्ध राख्दा रहेछन् । अर्की महिलाले भनेकी छन्, 'बोर भएपछि यौनसम्बन्ध राख्छु किनभने झगडा गर्नुभन्दा यौनसम्बन्ध राख्नु राम्रो हो ।'
हरेक १० मध्ये एउटी महिलाको भनाइअनुसार उनीहरू कुनै उपहार वा अत्यन्त राम्रो लन्च/डिनरको सट्टामा उपकृत गर्न यौनसम्बन्ध राख्छन् । धेरैजसोको जवाफ रह्यो, 'मेरा पार्टनरले मेरा लागि यति धेरै खर्च गर्छ, त्यो ऋणबाट मुक्त हुन पनि मैले ऊसँग यौनसम्बन्ध राख्ने गरेकी हुँ ।'
फिगर होइन, ओठ पुरुषलाई आकषिर्त गर्न हाउभाउ मात्र पर्याप्त हुँदैन । यो काममा तपाईंका ओठले समेत मुख्य भूमिका खेल्छन् । अनुसन्धानअनुसार सपाट (फ्ल्याट) ओठको सट्टा धनुष आकारका ओठ बढी सेक्सी हुन्छन् । यति मात्र नभई, अनुसन्धानमा यो पनि भनिएको छ- धनुषाकार ओठ भएका महिला सामान्य महिलाको दाँजोमा १२ गुणा बढी सेक्सी हुन्छन् ।
पश्चिम स्कटल्यान्ड विश्वविद्यालयमा अढाइ सय महिलाको ओठको बनावट र यौन-जीवनबारे अध्ययनपछि अनुसन्धाताहरू यो निष्कर्षमा पुगेका हुन् ।

Comments

Popular posts from this blog

तेहृ वर्षिया बालिका सुत्केरी/ बुहारी स्वीकार गर्नुपर्ने भएपछि केटाको परिवार नै फरार

गुल्मी, भाद्र १९ - दलित किशोरीलाई बुहारीको रुपमा स्वीकार गर्नुपर्ने दबाब बढ्दै गएपछि यहाँको एक परिवार घर नै छोडेर फरार भएको छ । अन्तरजातीय विवाहको आशामा गरेको यौन सम्पर्कबाट रहेको गर्भबाट किशोरीले भने शनिवार जिल्ला अस्पतालमा बच्चा जन्माएकी छन् । धुर्कोट बस्तु गाविस-३ का टामलाल पाण्डेको परिवार गाउँकै दलित युवतीलाई बुहारीको रुपमा स्वीकार गर्नुपर्ने भएपछि शुक्रवारदेखि फरार छन् । अन्तरजातीय विवाहको प्रलोभन देखाई पाण्डेका १८ वर्षिय छोरा रामचन्द्रले गाउँकै दलित किशोरीसंग गत मंसिर देखि यौन सम्पर्क गर्दै आएको बताइएको छ । किशोरीको उमेर सुत्केरी हुने दिनसम्ममा १३ वर्ष ७ महिना पुगेको छ । किशोरीकी आमा सुमित्रा नेपालीका अनुसार युवती गत मंसिरमा पहिलो पटक रजस्वला भएकी थिइन । त्यसपछि रजस्वला नभएकाले गर्भ मंसिर महिना कै भएको अनुमान अस्पतालले गरेको छ । युवतीले माघ महिनामा गर्भ रहेको बताउँदै आएकी थिईन । प्रसव पीडाले च्यापेपछि शनिवार अस्पताल भर्ना गरिएकी उनले अस्पतालमै छोरी जन्माएकी छन् । बच्चाको स्वास्थ्य राम्रो रहेको अस्पतालले जनाएको छ ।

राजमार्गमा यौन !

कवि बुद्धिसागर फिल्म हेर्न जय नेपाल हल पुगेछन् । फिल्म सुरु हुनुअघि टाइटानिकको संगीतमिश्रति धुन भएको कन्डमको विज्ञापन बजेछ । बुद्धिसँगै बस्ने केटोले एउटी केटीलाई कोट्याउँदै भनेछ हेर त, तिम्रो विज्ञापन बज्यो ।' बुद्धि झस्किएछन् । थाहा भयो, ती तिनै युवती रहिछिन् जो हलको ठूलो पर्दामा कन्डमको विज्ञापनमा छाएकी छिन् र त्यो विज्ञापन हेर्दै हलका केटाहरू गल्लल हाँस्दै छन् । कन्डमको विज्ञापनमा छाएकी ती नायिका नम्रता श्रेष्ठ लाजले रातो भइछिन् । 'ती यति लजाइन् कि भनिसाध्य छैन,' बुद्धिले सुनाए, 'कन्डमको विज्ञापनमै देखिने केटी त कन्डमबाट यति लजाउँछिन् भने अरूको हालत के होला ?' हामीलाई खोज्नु थियो- के तन्नेरी पुस्ता यौनमा उदार छ ? 'यौन चाहना सबैमा हुन्छ, कसैले लुकाउँछन् कसैले खुल्ला देखाउँछन्,' विनीताले उदार भएर बोलिन्, 'हामीले आफ्नो 'बेड रिलेसनसिप'बारे पनि खुलेर भन्न सक्नुपर्छ ।' अहिलेकी 'हट' मोडल विनीता साथीहरूसँग यौनका बारेमा कति खुलेर कुरा गर्छिन् त ? 'यौनबारे साँच्चै खुलेर कुरा गर्नुपर्छ, म यौनमा खुल्न रुचाउँछु । साथीहरूसँग आफूलाई भएको यौन...

मानव र रोबोटको: भविष्य एक दृष्टि

भबिश्य अहिले सम्म लेखेको छैन र कसलाई थाहा छ कि मौषम रोबोट ले खतरा गरिरहेको छैन। के सुनिश्चत गर्नकोलागि हो कि मानव, जिज्ञासा प्राणी भएको नाताले, रोबोतको नयां पीढिको विकास हुन्छ। रोवोट र अन्य उच्च प्रदर्शन जहिले पनि मानबको लागि एऊटा बिशाल हितकोलागि गरेको थियो। बैज्ञानिकहरुको एउटा ठुलो समुहले प्रयोगशालामा आफ्नो पुरा जिवन बिताएको छ एऊटा उध्देश्यको साथ बाहिर अभिनव योजनाको काम छ, उनलाई बिकसित र केहि गुणात्मक सर्वोच्च रैंकिग रोबोट बनाऊँ। यस मनोरंजन प्रकिया तकनीकी धक्का हो कि दुनिया भरको बैज्ञानिकको प्रतिभाशाली र स्पष्ट Intellect को एक नंबरको प्रयासले गर्दा ठाऊँ लियो र साथै आफ्नो चरम सम्म पुग्यो। यस क्षेत्रमा सब भन्दा हडताली सफलता पूर्वक कल्पनालाई यथार्थमा परिनत गराई दिन्छ र रोबोटको एक ठुलो संख्याले मानवको सेवा गरिरहेको छ। आदेशमा काम गर्ने प्रक्रियाको स्वचालित बनाऊनको लागि या विनिर्माण, यो त मानवलाई अझ रोबोटको पक्षमा इस जिवनको एक साथ पिठमा बोकी जानु जस्तो हुन्छ। जिवनको केहि क्षेत्रमा पनि परस्पर विनिमय गरिरहेको छ त्यसमा कसलाई थाहा छ की यस बिरोधी Human र Robots रुपान्तर गर्छ। त्यहाँ दुई Perc...