Skip to main content

जम्का भेट

रिनेशा राईको दिन आएको छ। पाँच वर्षमै उनी सफलताको आकाशमा उड्न थालेकी छिन्। म्युजिक भिडियो, स्टेज कार्यक्रम हुँदै चलचित्र नृत्य निर्देशकसम्मको फड्को मार्न उनले निकै परिश्रम गरिन्। त्योभन्दा  पनि नेपाली चलचित्रमा चलिआएको परम्परागत शैलीभन्दा अलिक फरक ढंगबाट नृत्यलाई प्रस्तुत गर्ने उनको कला प्रशंसनीय छ। त्यसैले त पहिलो चलचित्र ँमेरो एउटा साथी छ’ पछि उनी धेरै व्यस्त भइन्।  अहिले उनले ँडान्स कोरियोग्राफी’ अर्थात् नृत्य निर्देशन गरेका चलचित्रहरू एकपछि अर्को गरी सार्वजनिक हुने क्रममा छन्। धर्मा, ब्याच नम्बर सिक्सटिन, मिस यु, मेरो लभ स्टोरी र हाल छायांकनमा रहेको  मालतीको भट्टी आदि चलचित्रबाट उनको नृत्य निर्देशन क्षमता दिनानुदिन अभिवृद्धि हुँदैछ। ँधर्मा’मा उनले मनीषा कोइराला र राजेश हमाललाई नचाइन्। नयाँ शैलीबाट नेपाली चलचित्रको निर्माण थालिनु र नृत्य  निर्देशनमा नयाँ शैली दिन सक्ने ँकोरियोग्राफर’का रूपमा रिनेशाको आगमन हुनु पनि आफैंमा एउटा संयोग हो। उनको प्रतिभाको कदर गर्नेहरू नेपाली चलचित्रको फाँटमा प्रशस्तै छन्। 

चलचित्रका गीतमा नायक-नायिकाले गीतमा नाच्न थाल्नेबित्तिकै कोरस डान्सर कताबाट आउँछन् ? जबकि उनीहरूको चलचित्रको कथासँग कुनै सरोकार नै हुँदैन । 
पहिले म पनि त्यही सोच्थे । ढुक्क हुनुहोस्, मैले अहिलेसम्मका कुनै पनि चलचित्रमा त्यसरी कोरस प्रयोग गरेकी छैन । आगामी दिनमा गर्नुपर्लाजस्तो छ, तर नौलो ढंगबाट । उनीहरू कताबाट आउँछन् र कता  बिलाउँछन् भन्ने कुराभन्दा पनि ती नृत्य निर्देशकका प्रोपर्टी हुन् । जसलाई उनको फिलिङ्गस पनि भन्न सक्नुहुन्छ । चलचित्रमा कल्पनशीलताको प्रयोग निकै हुन्छ, हुनसक्छ त्यो त्यसकै एउटा उपज हो ।


प्रसंग बिना उनीहरूलाई नचाउनु राम्रो हो त ?
अवश्य पनि प्रसंग जोडेर नचाउँदा राम्रो हुन्थ्यो । गीतमा कोरसको स्वर आयो कि कोरस डान्सरहरूलाई बोलाइन्छ, त्यो पनि निकै कम पैसा दिएर । म अहिले कोरस डान्सरहरूको टिम बनाइरहेको छु । ३० जना  त पुगे, तर मेरा डान्सर दिनको ५ सय वा ७ सयमा नाच्दैनन् । उनीहरू महँगा हुने पक्का छ । महँगो भएर के गर्नु ? रिजल्ट पनि त दामी आउँछ ।


तपाईं आफै नायिकाजस्ती हुनुहुन्छ, नायिकाकै लागि अफर आउँदैनन् ?
किन नआउनु ? अहिले त कोरियोग्राफीमै भ्याइनभ्याइ छ । म अभिनय गर्दै गर्दिनँ भन्ने पनि छैन । सुहाउने 'दमदार' भूमिका भएमा भविष्यमा 'ट्राई' गर्न सकिन्छ ।

कुन-कुन नायक-नायिकालाई नचाउन सजिलो छ र कसलाई अलिक गाह्रो पर्छ ?
आर्यन सिग्देल र नम्रतालाई नचाउन सजिलो लाग्छ । दिलीप रायमाझीलाई पनि नचाउँदै छु । उहाँलाई त अझ सजिलो हुन्छ होला । नचाउन गाह्रो नै नभए पनि सुमन सिंहलाई सिकाउन टाइम लाग्दो रहेछ ।  नायिकाहरू त प्रायः सबै नाच्छन् । अब एकपटक नन्दिता केसी तथा सौगात मल्ल र कर्मलाई कोरियोग्राफ गर्ने रहर छ ।

किन, सौगात र कर्म मात्र ? अरू पनि त छन् । 
अरू छन्, निकै छन् तर सौगात र कर्म नाटकबाट आएका कलाकार भएकाले उनीहरूलाई नचाउँदा 'क्रिएटिभ' होला कि जस्तो लाग्छ । 

नायिकामा झरना बज्राचार्यलाई कोरियोग्राफ गर्न मन छ ।


कान्तिपुर साप्ताहिक 

Comments

Popular posts from this blog

यस लग्जरी मोटर होम देखे पछी....!

सं सारमा कुनै पनि असंभव छैन.. तपाईको शंका तब बदलिन्छ जब यस चलता-फिर्ता पांच तारे कार लग्‍जरी मोटर होमको अगाडी हुनेछ. हो, आकर्षक लुक बलियो इन्जिन क्षमताबाट सजिएको यस मोटर होम धेरै नै खास छ. यस अदभूत मोटर होम कारको निर्माण अस्ट्रियाको मार्ची मोबाईल्स कम्पनीले गरेको हो. यस मोटर भित्र प्रवेश पछी तपाईलाई अनुभूति हुनेछ कुनै फाइब स्टार होटलको लग्‍जरी रूमको हो. त्यति मात्र हैन भित्र राम्रो स्पेस को लागी यसमा फोल्‍डींग सिस्‍टमको प्रयोग पनि गरेको छ. आउनुस त्यस अदभूत मोटर होमको केहि चित्र हेरौं...   

मेराे बुबा पंचबहादुर दुवालकाे भिमरथाराेहन

एक पल्ट बाईक हेरी आनन्द लिने हो कि?