
पूर्वयुवराज पारस अन्डरवल्र्ड डन दाउद इब्राहिमका व्यावसायिक पार्टनर भएको दाबी भारतको अंग्रेजी दैनिक टाइम्स अफ इन्डियाले गरेको छ । सो दैनिकका अनुसार पारस र दाउदले मिलेर नक्कली भारतीय नोटको कारोबार गरिरहेका छन् । दाउड भारतले सर्वाधिक खोजी गरिरहेका अन्डरवर्ल्ड डन हुन्। सोमबार भारतीय टेलिभिजन च्यानलहरु आजतक, हेडलाइन्स टुडे, तेज, इन्डिया टिभीले यो समाचारलाई प्राथमिकताका साथ प्रसारण गरिरहेका थिए।
टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा सोमबार साँझ प्रकाशित समाचार अनुसार नक्कली नोटका साथ पक्राउ परेका दुई नेपालीसितको सोधपूछका क्रममा यो रहस्य खुले

नियन्त्रणमा परेका दुई नेपालीले दिएको बयानबाट दाउद र पारसको कारोबारको रहस्य खुलेको पत्रिकाले लेखेको छ । ती दुई नेपाली पक्राउ परेको भनिए पनि उनीहरुको नाम खुलाइएको छैन।
'दाउद र पारसका बीचमा नेपालका शाही कालका पूर्वमन्त्री सलिम मियाँ अन्सारीका छोरा युनुस अन्सारीले मध्यस्थको रूपमा काम गरिरहेका छन्, उनीहरूले अहिलेसम्म करोडौंका नक्कली नोट भारतीय बजारमा फैलाइसकेका छन्,' प्रहरी स्रोतको हवाला दिँदै टाइम्स अफ इन्डियाले लेखेको छ । यही समाचारको आधारमा सो पत्रिकाकै सहयोगी टेलिभिजन टाइम्स नाउले पनि पारसको तस्बिर र नक्कली भारतीय नोटसहितको रिपोर्ट पनि प्रसारण गरिरहेको छ ।

त्यसैगरी भारतीय टेलिभिजन च्यानल 'आजतक' ले उत्तरप्रदेशको बहराइचमा नक्कली नोटसहित पक्राउ परेका विक्की मनिहारले बयानका क्रममा पारसको नाम पोलेको बताएको छ। 'आजतक' भन्छ, 'मनिहारले पोल्नुअघि नै भारतीय जासुसी एजेन्सीलाई नेपालको राजघराना यसमा सक लग्न भएको हुनसक्ने थाहा भइसकेको थियो। गृह मन्त्रालयलाई गएको महिना बुझाइएको गोप्य प्रतिवेदनमा पनि यसलाई स्पष्ट उल्लेख गरिएको छ'
'आजतक'ले पारस सिंगापुरमा बसेर पनि नक्कली नोटको कारोबारमा संाइलग्न हुनसक्ने शंोका गरेको छ। 'हेडलाइन्स

विक्की मनिहार
No comments:
Post a Comment