Skip to main content

बिहे नगरे पनि सँगसँगै


नेपाली समाजमा सामान्यतः बिहेअघि किशोरकिशोरी सँगैसँगै बस्दैनन् । तर, एक अध्ययनले काठमाडौं तथा सहरी क्षेत्रमा बिहे नै नगरे पनि सँगसँगै बस्ने किशोरकिशोरीको संख्या बढ्दै गएको देखाएको छ ।
जापान, प|mान्स, क्यानडा, अमेरिकालगायतका विकसित मुलुकहरूमा युवायुवती बिहे नगर्दै सँगसँगै एउटै कोठामा केटा र केटी साथीका रूपमा बस्ने गर्छन् । यो प्रवृत्ति नेपालमा पनि देखिएको महिला आयोगद्वारा तयार पारिएको एक अध्ययन प्रतिवेदनले देखाएको हो ।
काठमाडौं तथा सहरी क्षेत्रमा कति जोडी सँगै बस्छन् भन्ने तथ्यांक भने कसैसँग छैन । तर, समस्या परेपछि आएका उजुरीका आधारमा बिहे नगरेरै सँगै बस्ने २६ जोडी काठमाडौंमा रहेको तथ्यांक आयोगले शुक्रबार सार्वजनिक गरेको छ ।
घरपरिवारलाई थाहै नदिई बिहे नै नगरी सँगै बस्ने केटा र केटी साथी लुकेर कोठामा बस्ने गरेको पाइएको छ । सुरु-सुरुमा त उनीहरूको जीवन रमाइलो भए पनि पछि समस्या हुने गरेको आयोगद्वारा सार्वजनिक अध्ययनमा जनाइएको छ ।
'सुरुमा एकले अर्कोलाई हरेक कोणबाट सहयोग गरेका हुन्छन् । केटी या केटाको प्रसंगले एक अर्कोमा विवाद, रिस पनि हँुदैन, त्यसकारण केटा र केटीको सँगसँगैको जीवन धेरै हदसम्म सजिलो हुन्छ, तर जब एकले अर्कोलाई धोका दिन्छन् अनि समस्या सुरु हुन्छ,' अध्ययनमा भनिएको छ, 'कोही पछि बिहे गर्ने भनेर, कोही आर्थिक रूपले सक्षम भएपछि बिहे गर्ने भनेर र कोही परिवारले स्वीकार नगरेपछि बिहे गर्न नसकेर सँगै बसेका हुन्छन् । केटी गर्भवती भएपछि भने केटीलाई केटाले वास्ता गर्न छोड्छ, बच्चालाई केटाले स्वीकार गर्न पनि मान्दैन अनि केटीका लागि सँगसँगैको जीवन अभिशाप बन्छ ।'

आयोगका तर्फबाट चेतनाथ घिमिरे र कोपिला रिजालले गरेको अध्ययनका अनुसार सँगसँगै बस्ने केटा र केटी खुला हुन चाहँदैनन् । 'सहरी क्षेत्रमा बिहेअघि केटा र केटी सँगसँगै बस्ने चलन बढ्दै गएको छ । तर, यसलाई कसैले पनि बाहिर ल्याउन चाहँदैनन्,' आयोगकी अध्यक्ष नयनकला थापाले भनिन् । उनले यसरी सँगै बस्ने केटीसाथीको अधिकार सुरक्षाका लागि आयोग संवेदनशील रहेको बताइन् । अध्ययनकर्ता घिमिरेले पनि सँगै बस्नेहरूले आफ्नो नाम र ठेगाना भन्न डराउने गरेको बताए । उनले भने, 'केटीसाथी आफूलाई खुला गर्दै गर्दैनन् ।'
अध्ययनअनुसार अविवाहित युवा-युवती मात्र नभएर विवाहित पुरुष र अविवाहित महिला, अविवाहित पुरुष र विवाहित महिला तथा एकल महिला र पुरुषहरूसमेत यसरी कोठा या घरमा सँगसँगै बिहे नगरेरै बस्ने गरेका छन् । त्यसमध्ये अधिकांश शिक्षित र थोरै मात्र अशिक्षित भएको अध्ययनले देखाएको छ ।
अध्ययनअनुसार हिन्दू ४२.३ प्रतिशत, बौद्ध ४६.१, क्रिश्चियन ११.५ प्रतिशत बिहे नगरेर सँगसँगै बसेका छन् । आयोगमा परेको उजुरीमा दलित ६, जनजाति ११, ब्राह्मण-क्षेत्री सात र अन्य जातका दुईजना रहेको अध्ययन प्रतिवेदनमा देखाइएको छ । बिहे नगरेर सँगै बस्दा सबैभन्दा बढी समस्या महिलालाई परेको प्रतिवेदनको ठहर छ । तर, यसरी सँगै बस्दा सुरक्षित र एकजनासँग मात्र यौनसम्पर्क हुँदा यौनजन्य हिंसा कम हुने र एचआइभी/एड्सको संक्रमण कम हुने प्रतिवेदनमा देखाइएको छ ।
सँगै बस्नेहरूमा महिला बढी पीडित हुने गरे पनि कुनै कारणले पीडित भएमा घरेलु हिंसाभित्र नपर्ने अध्ययनकर्ताहरूले जनाएका छन् । उनीहरूका अनुसार परिवारभित्र नाता पर्नेले हिंसा गरेमा मात्र घरेलु हिंसा मानिन्छ ।
अध्ययनकर्ताले बिहेअघि नै सँगसँगै बस्नेहरूबाट महिला पीडित हुन नदिन कानुन संशोधन गर्नुपर्ने सुझाबसमेत दिएका छन् । उनीहरूले घरेलु हिंसाको परिभाषामा पति-पत्नीसरह सँगैसँगै बसेको भनेर वाक्यांश थप्नुपर्ने सुझाब दिएका छन् । अविवाहितबाट बच्चा जन्मिएमा नाता कायम गर्नका लागि लोग्ने-स्वास्नी नाता तथा अंशवण्डा महलमा संशोधन गर्नुपर्ने सुझाब पनि उनीहरूको छ ।

धोका भयो
- सीताष्मा (नाम परिवर्तन) पीडित किशोरी
एक्लै बस्दा मलाई समस्या थियो । केटासाथीसँग सँगै बसेपछि सुरक्षा र अरू पनि सहयोग हुने भएपछि हामी सँगै बस्यौँ । पछि बिहे गरौँला भन्ने सहमति भएको थियो, मलाई विश्वास पनि लागेको थियो । बिहे नगरे पनि हामी श्रीमान्/श्रीमतीजस्तै भएर बसेका थियौँ । सुरुमा त बच्चा होला र समस्या आउला भन्ने लागेको पनि थिएन । पछि बच्चा जन्मियो । अहिले उसले -अविनाश) मलाई श्रीमतीको रूपमा र बच्चा स्विकार्न मानेको छैन । ममाथि धोका भयो । म न्यायको खोजीमा छु ।

बच्चा मेरो होइन
— अविनाश (नाम परिवर्तन) किशोर
हामी सँगै बस्दा एक-अर्कार्लाई सजिलो भएको थियो । दुवैजनाको सोच मिलेपछि हामी सँगै बसेका हौँ । सँगै बस्दा मलाईभन्दा उस -सीताष्मा) लाई बढी सजिलो थियो । तर, अहिले सँगै नबस्ने सोचाइ बनाएका छौँ । उसबाट जन्मिएको बच्चा मेरो होइन, त्यसैले स्विकार्न सक्दिनँ । हिजोअस्ति ऊ कोसँग थिई मलाई थाहा पनि छैन । अहिले मसँग छ । हामी केही समयका लागि मात्र सँगै बसेका हौँ, बिहे गरेका त होइनौँ नि । उसलाई श्रीमतीको रूपमा स्वीकार गर्न नसके पनि आफ्नो दायित्व निर्वाह गर्नेछु ।
(अध्ययनकर्ता चेतनाथ घिमिरेले गरेको अन्तर्वार्तामा आधारित)
Naya Patrka

Comments

Popular posts from this blog

खुमल टोल विकास संस्था बारे छोटो जानकारी

एक पल्ट बाईक हेरी आनन्द लिने हो कि?

राजमार्गमा यौन !

कवि बुद्धिसागर फिल्म हेर्न जय नेपाल हल पुगेछन् । फिल्म सुरु हुनुअघि टाइटानिकको संगीतमिश्रति धुन भएको कन्डमको विज्ञापन बजेछ । बुद्धिसँगै बस्ने केटोले एउटी केटीलाई कोट्याउँदै भनेछ हेर त, तिम्रो विज्ञापन बज्यो ।' बुद्धि झस्किएछन् । थाहा भयो, ती तिनै युवती रहिछिन् जो हलको ठूलो पर्दामा कन्डमको विज्ञापनमा छाएकी छिन् र त्यो विज्ञापन हेर्दै हलका केटाहरू गल्लल हाँस्दै छन् । कन्डमको विज्ञापनमा छाएकी ती नायिका नम्रता श्रेष्ठ लाजले रातो भइछिन् । 'ती यति लजाइन् कि भनिसाध्य छैन,' बुद्धिले सुनाए, 'कन्डमको विज्ञापनमै देखिने केटी त कन्डमबाट यति लजाउँछिन् भने अरूको हालत के होला ?' हामीलाई खोज्नु थियो- के तन्नेरी पुस्ता यौनमा उदार छ ? 'यौन चाहना सबैमा हुन्छ, कसैले लुकाउँछन् कसैले खुल्ला देखाउँछन्,' विनीताले उदार भएर बोलिन्, 'हामीले आफ्नो 'बेड रिलेसनसिप'बारे पनि खुलेर भन्न सक्नुपर्छ ।' अहिलेकी 'हट' मोडल विनीता साथीहरूसँग यौनका बारेमा कति खुलेर कुरा गर्छिन् त ? 'यौनबारे साँच्चै खुलेर कुरा गर्नुपर्छ, म यौनमा खुल्न रुचाउँछु । साथीहरूसँग आफूलाई भएको यौन...