Skip to main content

ज्वालामुखीले अस्तव्यस्त युरोप



आइसल्यान्डको एक ज्वालामुखी फुटेर पूरै युरोपको हवाई यातायात ठप्प पारिदिएको छ । हजारौँ उडान रद्द भएका छन् भने कैयौँ विमानस्थल बन्द अवस्थामा छन् ।

यसरी उडान रद्द हुनाले दुर्घटनामा परी निधन भएका पोल्यान्डका राष्ट्रपति लेख काजिन्स्कीको अन्तिम संस्कारमा भाग लिन जाने अन्तर्राष्ट्रिय प्रमण्डलहरूका यात्रा पनि प्रभावित भएका छन् । अन्तिम संस्कारमा भाग लिन वार्सा जान लागेका दक्षिण कोरियाली प्रधानमन्त्री चुङ उन्-चानले युरोपका विमानस्थल बन्द भएका कारण आफ्नो पूर्वनिर्धारित यात्रा रद्द गरेका छन् ।

स्थितिको संवेदनशीलतालाई बुझी पोल्यान्डको सरकारले अन्तिम संस्कारको तिथि पछि सार्न खोजे पनि शोकाकुल परिवारले भने तिथि पछि सार्न मानिरहेको छैन । त्यसैले पूर्वनिर्धारित समयमै राजकीय अन्त्येष्टि गरिने जानकारी राष्ट्रपतीय मामलामन्त्री जासेक सासिनले दिएका छन् ।

कम्तीमा नौ देशले बिहीबार सम्भावित दुर्घटनाबाट जोगिन आफ्ना हवाई क्षेत्र बन्द गरेको घोषणा गरेका थिए ।

स्विट्जरल्यान्डले ज्वालामुखीको खरानी आफ्नो हवाई क्षेत्रतर्फ बढ्दै गएपछि शुक्रबार मध्यरातसम्म आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो र शनिबार बिहानसम्म पनि निषेध कायमै थियो ।

खोजी तथा उद्धारका लागि परिचालित हवाईजहाजलाई स्थितिको अनुगमन गर्नका लागि मात्रै उड्न अनुमति दिइएको छ र कहिलेसम्म प्रतिबन्ध कायम राख्ने भन्ने निर्णय पछि गरिनेछ ।
ज्वालामुखीबाट निस्केको खरानीको बादल दक्षिण र पूर्व दिशातर्फ बढ्दै गएपछि गत बुधबारदेखि नै हजारौँ हजार हवाई यात्रु युरोपमा बिचल्लीमा परेका छन् । विमानस्थल अधिकारीले यात्रुलाई विमानस्थलतर्फ हिँड्नुअघि आ-आफ्ना विमान कम्पनीसँग उडानको समय निश्चित गर्न सुझाब दिएका छन् ।

ज्वालामुखीबाट रुसका ८० वटा उडान प्रभावित भएका छन् भने जर्मन चान्सलर चढेको हवाईजहाज पोर्चुगलको लिस्बन विमानस्थलमा उत्रन बाध्य भएको छ । पोर्चुगलका साथै अन्य युरोपेली उडान पनि रद्द गरिएका छन् ।
स्रोत:

Comments

Popular posts from this blog

यस लग्जरी मोटर होम देखे पछी....!

सं सारमा कुनै पनि असंभव छैन.. तपाईको शंका तब बदलिन्छ जब यस चलता-फिर्ता पांच तारे कार लग्‍जरी मोटर होमको अगाडी हुनेछ. हो, आकर्षक लुक बलियो इन्जिन क्षमताबाट सजिएको यस मोटर होम धेरै नै खास छ. यस अदभूत मोटर होम कारको निर्माण अस्ट्रियाको मार्ची मोबाईल्स कम्पनीले गरेको हो. यस मोटर भित्र प्रवेश पछी तपाईलाई अनुभूति हुनेछ कुनै फाइब स्टार होटलको लग्‍जरी रूमको हो. त्यति मात्र हैन भित्र राम्रो स्पेस को लागी यसमा फोल्‍डींग सिस्‍टमको प्रयोग पनि गरेको छ. आउनुस त्यस अदभूत मोटर होमको केहि चित्र हेरौं...   

एक पल्ट बाईक हेरी आनन्द लिने हो कि?

मेराे बुबा पंचबहादुर दुवालकाे भिमरथाराेहन