Skip to main content

Posts

Showing posts from September 9, 2012

अमेरिकामा नेपाली नटवरलाल 'नेपाली डार्क प्रिन्स'

अ हिले एक नेपाली अमेरिकाभर चर्चामा छन्। अमेरिकाका अधिकांश अखबार, टेलिभिजन तथा अनलाइन मिडियामा अहिले तिनै ने पालीको चर्चा छ। उनले त्यस्तो अपराध गरेका छन् कि अमेरिकी अदालतले उनलाई जन्मकैदकै सजाय सुनाएको छ। यसरी आजीवन  कारावासको सजाय पाउने नेपाली हुन्- कौशल निरौला। उनका ठगीसम्बन्धी केही मुद्दा अझै अदालतमा विचाराधीन छन्।   ३१ वर्षीय कौशल निरौला अमेरिकामा विगत लामो समयदेखि 'नेपाली डार्क प्रिन्स' को उपनामले चर्चित थिए। उनलाई गत शुक्रबार अमे रिकाको सान फ्रान्सिस्कोस्थित एक अदालतले हत्यारा घोषित गर्दै जन्मकैदको सजाय सुनाएको छ। सोही हत्याको आरोपमा ३० वर्षीय अमे रिकी नागरिक ड्यानियल गार्सियाले पनि जन्मकैद पाएका छन्।   नेपालमा राजदरबारसँग साँठगाँठ छ भन्दै हिँडेका कारण 'डार्क प्रिन्स' को उपनामले बढी चिनिने कौशल र गार्सियाले सन् २००८ को डिसे म्बर ५ का दिन ७४ वर्षीय अमेरिकी नागरिक क्लिफोर्ड लाम्बर्टको हत्या गरेको आरोप प्रमाणित भएपछि उक्त सजाय सुनाइएको हो। अमे रिकास्थित सान फ्रान्सिस्को क्रोनिकलले जनाएअनुसार कौशलले ती वृद्ध व्यक्तिको हत्या गर्न दुई अमेरिकी नागरिक ६१ वर्षीय डेबिड रेप्