Tuesday, December 7, 2010
विश्वमै चमत्कारिक परिवर्तन ल्याउन सक्छुः नेपाली बाबा
नेपाली बाबा, जसले राजा वीरेन्द्रको वंश नै खतरामा छ, यो यो गरिबक्सियोस् भनेको केही समयपछि राजदरबार हत्याकाण्ड भयो। उनी तिनै बाबा हुन् जसले 'राजतन्त्र खतरामा छ, यो यो गरिबक्सिएन भने राजतन्त्र समाप्त हुन सक्छ’ भनेर तत्कालीन राजा ज्ञानेन्द्रलाई सुनाए, त्यो गरिएन, राजा ज्ञाने न्द्रसहित २ सय ३८ वर्ष लामो राजतन्त्र समाप्त भयो। उनले ओबामाले चुनाव जित्ने भविष्यवाणी गर्दा मानिसहरूले हाँसेर उडाए, तर ओबामा अमे रिकामा चुनाव जितेर राष्ट्रपति भए। यी र यस्ता अनेकन् भविष्यवाणी पूरा भएको देख्नेहरू नेपाली बाबाका परमभक्त छन्। 'जगदाचार्य' नेपाली बाबा अथार् त् पं. तेजनाथ शर्मासँग अमेरिकाबाट सञ्चालित नेपाली अनलाइन पोर्टल नेपाल मदर डटकमका प्रधान सम्पादक रामप्रसाद खनालले अमेरिकामै लिएको अन्तर्वार्ताः
आफ्नो परिचय के भनेर दिन चाहनुहुन्छ ?
मेरो जन्म नाम तेजनाथ शर्मा हो । साधनाकालमा मैले कठिन साधना गरें । १३ किलोमिटरको त्रिकोण परिक्रमा, दैनिक ४ वा ५ पटक साधना अनि वर्षौं ५२ वा ६५ किलोमिटर दैनिक हिँड्दा भक्तले नेपाली बाबा भनेर बोलाउन थाले, जुन अहिले संसारले जान्ने मेरो मुख्य परिचय हुन गयो ।
कति वर्ष भयो धार्मिक क्षेत्रमा लाग्नुभएको ?
धार्मिक क्षेत्रमा पूर्ण रूपमा लागेको २०३४ साल वैशाखदेखि, जब मेरो यज्ञ जीवनको शुभारम्भ भयो ।
अन्न र फलफूल खान छोडेको कति भयो ?
Subscribe to:
Posts (Atom)
-
कवि बुद्धिसागर फिल्म हेर्न जय नेपाल हल पुगेछन् । फिल्म सुरु हुनुअघि टाइटानिकको संगीतमिश्रति धुन भएको कन्डमको विज्ञापन बजेछ । बुद्धिसँगै बस्...
-
गुल्मी, भाद्र १९ - दलित किशोरीलाई बुहारीको रुपमा स्वीकार गर्नुपर्ने दबाब बढ्दै गएपछि यहाँको एक परिवार घर नै छोडेर फरार भएको छ । अन्तरजातीय ...