Skip to main content

धन्दा ढुकुटीको


 खोजिने भए पनि यसलाई ठ्याक्कै व्यवसाय भन्न मिल्दैन, तर यो व्यवसाय नै हो। अहिले राजधानीमा भेटिने हरेक १० मध्ये कम्तीमा १ जना यो खेल अर्थात ढुकुटीसँग प्रत्यक्ष-अप्रत्यक्ष सम्बन्ध राख्छन्। ढुकुटी ट्रेन्ड बढ्दै जाँदा यसको निक नेम ढुकुमा परिणत हँुदै गएको छ भने कतिपयले क्लब नै गठन गरेर समूहमा आर्थिक कारोबार गर्दै आएका छन्। 
मूहमा व्यक्तिहरूबीच बसेर खेलिने खेल भए पनि यो जुवाको परिभाषा भित्र पर्दैन। एकैथलोमा पैसा थुपि्रए पनि हुन्डी होइन, एक अर्कालाई आर्थिक सहयोग पुगोस् भन्ने हेतुले आर्थिक सहयोग माग्ने साथीलाई पैसा दिए पनि यो सहकारी होइन, तर पनि प्रकृति सहकारीकै जस्तै छ। समूह मिलेर कसैलाई पैसा दिए पनि त्यो पैसालाई सापटी भनिँदैन। विश्वासकै भरमा एक-अर्कासँग पैसाको कारोबार गरिने भएकाले कसैले बेइमानी गरे उजुर गर्ने पर्याप्त आधार पनि छैन। लगानी गरेर मुनाफा खोजिने भए पनि यसलाई ठ्याक्कै व्यवसाय भन्न मिल्दैन, तर यो व्यवसाय नै हो। अहिले राजधानीमा भेटिने हरेक १० मध्ये कम्तीमा १ जना यो खेल अर्थात ढुकुटीसँग प्रत्यक्ष-अप्रत्यक्ष सम्बन्ध राख्छन्। ढुकुटी ट्रेन्ड बढ्दै जाँदा यसको निक नेम ढुकुमा परिणत हँुदै गएको छ भने कतिपयले क्लब नै गठन गरेर समूहमा आर्थिक कारोबार गर्दै आएका छन्। 

आगोको रापझैं यसको तापले सहरिया घरहरूलाई छोएको छ। थोरै रोपेर धेरै फलाउने महत्त्वाकांक्षा राख्नेहरूका लागि ढुकुटीको आगो पराल सल्किएझैं सल्किँदै गएको छ। सानो समूहमा ढुकुटी खेल्नेहरू पैसा कमाउनकै लागि यो खेल खेल्छन्। १५ देखि ५० जनासम्मको समूहमा खेलिने भए पनि यो खेलमा खेलाडीमध्ये म हारें वा म डुबें भनेर स्वीकार गर्ने हत्तपत्त भेटिँदैनन्। बरु ढुकुटीबाटै यति कमाएँ, उति कमाएँ भन्नेहरूको संख्या धेरै देखिन्छ। उही पैसा एक-आपसमा घुम्ने भए पनि यति ठूलो मुनाफा कसरी होला भन्ने जिज्ञासा उत्पन्न हुन्छ, तर ३ लाख लगानीमा अन्तिमसम्म ढुकुटी खेल्नेले ५ लाखसम्म कमाइने उदाहरण यसका जानकारहरू दिन्छन्। 

'मैले आफूसँग भएको 'प्रोपर्टी' ढुकुटी खेलेर नै ३ सय प्रतिशतले वृद्धि गरेको छु।' ढुकुटी खेलाडी आर्यन शर्माले साप्ताहिकसँग भने- 'अहिले पनि करिब ५० स्थानमा ढुकुटी खेलिरहेको छु।' ढुकुटीबाटै राम्रो आर्थिक हैसियत बनाएका आर्यन राजधानीका राम्रै ढुकुटी खेलाडी मानिन्छन्। आर्यनका अनुसार ढुकुटीमा सुरुमा पैसा खानेले उचित स्थानमा लगानी गर्न सके वा अन्तिमसम्म लगानी गर्नेहरूलाई यो खेलमा फाइदा छ। शर्मा भन्छन्- 'मेरो अहिले ७ देखि ८ करोडको ट्रान्जेक्सन छ।' घर किन्न ठीक पारेको रकम समयमा ढुकुटीमा लगाउँदा यो प्रतिफल पाएको उनले बताए। ढुकुटीले अत्यन्तै राम्रो फलिफाप भएको एक रेस्टुराँ सञ्चालक पनि बताउँछन्। नाम उल्लेख गर्न नचाहने ती सञ्चालकले आजको आफ्नो समृद्ध जीवनका पछाडी ढुकुटी नै मुख्य कारण भएको बताए। 

ढुकुटीबाट राम्रो आर्जन गरे पनि कमाउनेहरू ढुकुटीबाट कमाएको भन्न हिचकिचाउने आर्यन बताउँछन्। अर्को कुनै व्यवसाय वा पेसामा पनि संलग्न हुने भएकाले त्यो व्यवसायबाट कमाएको भन्दा राम्रो लाग्ने उनीहरूको विश्वास छ। कानुनी दृष्टिकोणबाट हेर्दा यो पूर्ण रूपमा अवैधानिक खेल भए पनि नेपाली समाजले यसलाई आफैं आधिकारिकता दिएको छ। आर्थिक संकट टार्ने उद्देश्य राखेर समूहमा पालैपालो पैसा चलाउनु कसरी अवैधानिक हुन्छ ? आर्यन प्रतिप्रश्न गर्छन्। उनी भन्छन्- 'यदि कसैलाई पैसा चाहिएको छ र साथीभाइ मिलेर पैसा चलाउन दिँदा त्यसबाट पैसा पाउनेले केही अतिरिक्त रकम थपेर दिन्छ भने त्यो कसरी अवैधानिक भयो ?  

पैसा बचतका लागि राम्रो माध्यम बनेको ढुकुटीको सञ्जाल यति व्यापक भैसकेको छ कि कुनै बेला ब्यापारी व्यवसायीले मात्र उपयुक्त मानेको ढुकुटीमा सुरक्षाकर्मी, डाक्टर, इन्जिनियर, पाइलट, नेपाल सरकारका कर्मचारी, वकिल, प्राध्यापक, शिक्षक-शिक्षिका, पत्रकारलगायत सबै क्षेत्रका व्यक्ति सहभागी छन्। सुपरिचित एक चिकित्सकले नाम प्रकाशन नगर्ने सर्तमा भने- 'भैपरी आउने ठूलो आर्थिक गर्जो टार्ने भएकाले ढुकुटीप्रति नकारात्मक दृष्टिकोण राख्न मिल्दैन।'

ढुकुटीको इतिहास पनि लामै छ। व्यावसायिक रूपमा सहरी क्षेत्रमै पनि ४० वर्षपहिले देखि नै ढुकुटी खेल्न थालिएको इतिहास भेटिन्छ। अझ अगाडिको इतिहास हेर्ने हो भने थकाली समुदाय र पछि मारवाडी समुदायले यो आर्थिक खेललाई अगालेको पाइन्छ। जग्गा व्यवसाय खस्किएपछि अहिले दोहोरो आर्थिक कारोबारका लागि ढुकुटीमा ठूलो रकम जम्मा भएको ढुकुटी खेलाडीहरू बताउँछन्। त्यसो त जग्गाको कारोबार उर्बर भएका बेला पनि ढुकुटी खेल उच्चतम बिन्दुमा पुगेको थियो। 

सहरी क्षेत्रमा २० हजार देखि ५० करोड रुपैयाँसम्मको ढुकुटी खेलिने गरेको छ। परिवारका सदस्य, आफन्त, निकटस्थ साथीभाइ, साथीभाइका साथीभाइ एवं पछिल्लो अवधिमा संगत भएका साथी सर्कलबीच ढुकुटी खेलिन्छ। परिवारभित्रको खेलमा सानो रकमको खेल भए पनि साथीहरूबीच भने ठूलो रकमको खेल हुने गरेको छ। राम्रो नियत राख्नेहरूबीच ढुकुटी आर्थिक उपार्जनको राम्रो माध्यम भए पनि गलत प्रवृत्तिका मानिसहरूका कारण यसले बदनामी कमाउँदै गएको आर्यनले स्वीकार गरे। प्रहरी प्रशासन पनि ढुकुटीका सम्बन्धमा स्पष्ट परिभाषा नहुँदा यसलाई कसरी बुझ्ने स्पष्ट नभएको बताउँछ। महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रवक्ता प्रहरी नायब उपरीक्षक धीरजप्रताप सिंहका अनुसार आपसी सहमतिमा घरमा वा अन्य कुनै स्थानमा बसेर ढुकुटी सञ्चालन हुने भएकाले यस विषयमा प्रहरी अनभिज्ञ नै हुन्छ। ढुकुटीमा समस्या नआएसम्म प्रहरीमा उजुरी पर्दैन।  'पछिल्ला दिनमा उजुरीको संख्या बढ्दै गएको छ।' प्रहरी नायब उपरिक्षक सिंहले भने- 'तर ढुकुटी नभनी ठगेको भनेर उजुरी हालिन्छ।  

ढुकुटीका राम्रा पक्षहरू भए पनि यसको व्यापकतासँगै विकृति पनि देखिन थालेको हो। कोपिला केसी त्यसकै एक उदाहरण हुन्। हनुमानढोकामा कैद कोपिलाले १५ लाखको ढुकुटी रकम तिर्ने क्रममा दिएको चेक बाउन्स भएपछि पैसा नउठ्ने सम्भावना देखेर नरेन्द्र खरेलले ठगीको उजुरी हालेका थिए। ठगीकै आरोपमा उनलाई गीरफ्तार गरिए पनि अनुसन्धानका क्रममा ढुकुटीको रकम हिनामिना भएको पत्ता लागेको सिंहले बताए। प्रहरी नायब उपरिक्षक सिंहले ढुकुटी खेल्न हुने वा नहुने भन्ने स्पष्ट धारणा नआएसम्म यसलाई आर्थिक अपराधको सूचीमा राखेर कारबाही चलाउन नमिल्ने बताए। फाइदाका लागि खेलिने बताइए पनि यसमा कसरी फाइदा हुन्छ भन्ने कुरा आफूले नबुझेको उनले जानकारी दिए। 

ढुकुटी गैरकानुनी भए पनि सहमतिमा खेलिने भएकाले अहिलेसम्म प्रहरीले चासो नदिएको प्रहरी उपरीक्षक राजेन्द्र श्रेष्ठले बताए। 'ढुकुटीले वित्तीय संस्थाकै स्वरूप लिएको र कारोबार पनि त्यस्तै किसिमको हुने गरेको जानकारी हामीसँग छ,' उनले भने- 'तर ढुकुटी जुवाको परिभाषाभित्र नपर्ने भएकाले यसलाई गलत भनेर कसरी परिभाषा गर्ने।' नागरिकको आर्थिक सुरक्षाका लागि उजुरी परेको अवस्थामा कारबाही चलाउने गरेको उनले बताए। श्रेष्ठका अनुसार एक-अर्कालाई सहयोग गर्ने हिसाबले घर-घरमा ढुकुटी खेल्ने गरिएको छ, यो आफैंमा एउटा परम्परा बनिसकेको छ। गाउँघरमा अन्नको ढुकुटी खेलिन्छ, सहरमा नगद र गहनाको। 'घर-घरमा खेलिने ढुकुटी निगरानी गर्न सम्भव पनि छैन,' श्रेष्ठले भने- 'यसलाई निरुत्साहित गर्न राज्यले स्पष्ट प्रतिबन्ध घोषणा गरे वा राष्ट्रबैंकले इजाजत दिएर नियमन गर्ने नभनेसम्म  हामीले के गर्ने भन्ने बाटो खुल्दैन।' ढुकुटी सापटी मात्र नभएर नाफामूलक व्यवसाय नै भएकाले राज्यले कर निर्धारण गरेर अनुमति दिएरै सञ्चालन गर्न दिने वा पूर्ण प्रतिबन्ध गर्ने निर्णय लिनुपर्ने उनले बताए।  

'धेरै मानिस ढुकुटीका कारण फसे पनि रकम ठगिएको भनेर उजुरी गरिरहेका छन्, यसले आपराधिक क्रियाकलाप बढाउनेतर्फ पनि हामी सचेत छौं।' श्रेष्ठका अनुसार यसरी ठगिने व्यक्तिले ठग्नेसँग परिपञ्च मिलाएर परिभाषाभित्र पर्ने गरी दिएको लिखत कागजका आधारमा ठगीविरुद्धको कारबाही गर्ने काम प्रहरीले गरिरहेको छ। प्रहरी उपरीक्षकको यो भनाइमा वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्याधिवक्ता सुशील पन्त सहमत छैनन्। 'लिखत कागज हेरेर कारबाही गर्ने हो भने त्यो त सीधै लेनदेनको विवादमा जान्छ,' वरिष्ठ अधिवक्ता पन्त भन्छन्- 'ठगी भन्नाले कागज नगरेको अवस्थामा कसैले रकम नतिरेको अवस्थालाई बुझिन्छ।'  

'ढुकुटी वास्तवमा व्यापार नै हो भन्ने कुरामा हामी पनि कन्फ्युज छैनौं।' प्रहरी उपरीक्षक श्रेष्ठ भन्छन्- 'नाफा कमाउने उद्देश्य राखेर गरिने यो कारोबारलाई घोषणा गरेरै प्रतिबन्ध नगर्ने हो भने राज्यले कर लगाएर फाइदा लिन सक्नुपर्छ।' सापटका रूपमा कारोबार गर्न पाउने कि नपाउने भनेर ढुकुटी खेलाडीहरूले भनेको अवस्थामा प्रहरी प्रशासनसँग जवाफ नभएको उनको तर्क छ, यदि राज्यले ढुकुटी खेल्ने-खेलाउने सबैलाई कारबाही हुन सक्छ भन्यो भने मात्र ढुकुटी निरुत्साहित हुन सक्ने उनले बताए। श्रेष्ठ भन्छन्- 'ढुकुटीलाई ग्यादरिङ, गेट-टुगेदरको नाम दिएर भोज खाने कार्यक्रमका रूपमा पनि विकास गरिएको छ। सानो रकममा ५ सय रुपैयाँ उठाएर पिकनिक खान जाने भनेजस्तै ठूलो रकमको भोज कार्यक्रम भनियो भने के गर्ने ?' 

सहकारीले प्रमाणपत्र लिएर ढुकुटीझैं वित्तीय कारोबार गरिरहेको हुनाले राज्यले ढुकुटी सञ्चालनका लागि अनुमति प्रमाणपत्र दिने व्यवस्था गरे त्यो दायरामा आउन सक्ने कतिपय ढुकुटी खेलाडीले बताए। 

यता राष्ट्र बैंक ढुकुटीका बारेमा मौन रहन चाहन्छ। ढुकुटीको वित्तीय संरचनाले आर्थिक कारोबारमा पर्न सक्ने असरका सम्बन्धमा गभर्नर युवराज खतिवडाले केही भन्न चाहेनन्। 'म यो विषयमा कुनै टिप्पणी गर्न चाहन्नँ,' गभर्नर खतिवडाले साप्ताहिकसँग भने- 'मेरो जानकारीमा केही छैन, राष्ट्र बैंकका अन्य पदाधिकारीसँग यस विषयमा जानकारी लिन सक्नुहुन्छ।' 

वरिष्ठ अधिवक्ता सुशील पन्तका अनुसार राष्ट्रबैंक ऐनअनुसार राष्ट्रबैंकको स्वीकृतिबिना कुनै निकायले आर्थिक कारोबारअन्तर्गत निक्षेप वा कर्जा सुविधा दिन सक्दैनन्। केन्द्रीय बैंकअन्तर्गत वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था तथा सहकारीबाहेक अरूले यसरी सहकारी प्रवृत्तिको कारोबार कसरी गर्न पाउँछन् ? कुनै सानो संख्याको व्यक्ति समूहले पैसा उठाउने, कमिसन तथा सेवा शुल्क लिने, ऋण दिने, निक्षेप संकलन गर्ने, ब्याज लिने दिने अधिकार आर्थिक कारोबार नियन्त्रण गर्ने निकायको अनुमतिबिना कसरी सञ्चालन गर्न सक्छ ? यो पूर्ण रूपमा सामाजिक विकृति हो। अहिले जग्गा कारोबारकोसबै पैसा ढुकुटीमै भएको तथा बैंकसँग नभएको पैसा ढुकुटीमा भएको ढुकुटी खेलाडीहरूले बताए पनि कानुनविद् पन्त ढुकुटीको पैसा पनि घुमेर बैंकमै पुग्ने बताउँछन्। पन्त भन्छन्- 'हेर्दा बैंक र ढुकुटीको कारोबार समानान्तर देखिए पनि व्यावसायिक कारोबार वा अन्य जुनसुकै प्रयोजनबाट पनि पैसा आखिरमा पुग्ने त बैंकमै हो।' 

बचतका लागि ढुकुटी 

अहिले हरेक मानिसको आवश्यकता पैसा हो। पैसा कमाउनु र त्यसलाई जम्मा गर्नु नराम्रो पनि होइन। थोपा-थोपा मिलेर समुद्र बनेझंै प्रत्येक महिना जम्मा रकम एकैपटक निकाल्दा ठूलो हुने भएकाले यसले सबैलाई फाइदा नै पुग्छ। विभिन्न पेसा-व्यवसायमा संलग्न साथीभाइले सञ्चित रकम एकै थलोमा जम्मा गरी कुनै साथीलाई आवश्यकताको काममा एकमुस्ट लगानी गर्न दिने रकम अर्थात् ढुकुटी खानु गलत होइन। खासगरी वित्तीय संस्था वा सहकारीको पहुँचमा नहुनेहरूका लागि त यसले झनैं सहयोगीको भूमिका खेल्छ। यसकारण ढुकुटी बचतको राम्रो माध्यम मान्न सकिन्छ।  सानो रकममा २० हजारदेखि अधिकतम ५ वा १० लाख रुपैयाँसम्मको ढुकुटी व्यावहारिक हुन्छ। जोखिम कम गर्ने कामका लागि सहभागी साथीभाइहरूको स्थायी आम्दानीले  मुख्य भूमिका खेल्छ, तर १० लाखभन्दा माथिको खेलमा सहभागीमध्ये १ वा त्यसभन्दा धेरै खेलाडी डिफल्टर निस्किए भने रकम जोखिममा पर्न सक्छ।

पैसाको चलखेल गरिरहनेहरूले त झन्  ३ देखि ४ वटा ढुकुटी खेल्न सक्छन्। नयाँ बानेश्वरका दीपक खड्का २० जना साथीसँग मिलेर ५ लाखको ढुकुटी खेल्दै आएका छन्। ५ लाखका लागि उनले प्रतिमहिना २५ हजार जम्मा गरेका छन्। फेन्सी स्टोर्स व्यवसायी दीपक सामान खरिदका लागि जम्मा भएको उक्त पैसा प्रयोगमा ल्याउँछन्। दीपक भन्छन्- 'एकै पटक धेरै पैसा चाहिँदा व्यक्ति वा बैंकले सहजै दिँदैनन् तर आफैंले प्रत्येक महिना थोरै-थोरै गरेर जम्मा गरेको आफ्नै पैसा ढुकुटीबाट लिँदा व्यवसायलाई सहज भएको छ।' उनका लागि २५ हजार प्रतिमहिना जम्मा गर्न गाह्रो पनि छैन। ढुकुटीलाई जमघटका रूपमा बुझ्न पनि उनी आग्रह गर्छन्। भोज तथा रेस्टुरेन्ट कल्चर बढ्दै जाँदा सबैले साता वा महिनामा एकपटक गेटटुगेदरमा जान निश्चित रकम छुट्याउन थालेका छन्। दीपकका अनुसार ढुकुटी आफ्ना निकटस्थ साथीहरूबीच खेलिने भएकाले उनीहरूसँगको ग्यादरिङको बहाना पनि भएको छ। एक-अर्काबीचमा कुराकानी एवं समस्याका बारेमा छलफल गर्ने मौका पनि ढुकुटीले दिन्छ।

नियमन वा प्रतिबन्ध 

ढुकुटी वर्षौंदेखि खेलिएको खेल भए पनि यस विषयमा जानकार मानिने राज्यका सबै अंग मौनता साँध्न चाहन्छन् वा यसलाई कानुनी दायरामा ल्याउने विषयमा अनभिज्ञ रहेको बताउँछन्। ठूलो आर्थिक कारोबार हुने क्षेत्र भए पनि राष्ट्र बैंकले पनि यसतर्फ खासै ध्यान दिएको छैन। 'यो पूर्ण रुपमा अवैधानिक छ, ऐनले नै बैंक, वित्तीय संस्था वा सहकारीबाहेक अन्यलाई निक्षेप वा कर्जा प्रवाह गर्ने अधिकार दिएको छैन,' नेपाल राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने- 'ढुकुटी बन्द गर्नुपर्ने आवश्यकता देखियो भने हामी अग्रसर हुने हो, वित्तीय प्रणालीमा असर पुगे राष्ट्रबैंकले कारबाही गर्ने हो।' ढुकुटीका सम्बन्धमा कुनै उजुरी नआएकाले कारबाहीको प्रक्रिया अघि नबढेको हो, प्रवक्ता ज्ञवालीका अनुसार ढुकुटीमार्फत हुने आर्थिक कारोबारका सम्बन्धमा जानकारी र कुनै गलत काम भए गोप्य तवरले प्रहरी प्रशासनमार्फत कारबाही गरिएको छ। ढुकुटीका विषयमा धेरै बोल्न नमिल्ने ज्ञवालीले बताए। उनले भने- थप जानकारी मसँग छैन। यता प्रहरी उपरीक्षक  राजेन्द्र श्रेष्ठले राज्यले घोषणा गरेर पूर्ण प्रतिबन्ध लगाउनुपर्ने वा राष्ट्रबैंकले नियमन गरेर ढुकुटीलाई करको दायरामा ल्याउनुपर्ने बताए। वरिष्ठ अधिवक्ता सुशील पन्तले राज्यले प्रतिबन्ध घोषणा गरे कसैले पैसा खाएको अवस्थामा ठगिनेले सबैविरुद्ध उजुर गर्ने भएकाले ढुकुटी जोखिमको खेल हुने र कोही पनि यो खेलमा सामेल नहुने तर्क गरे। राज्यले नियमन गर्ने भए गर्नुपर्‍यो, यत्तिकै अन्यौल भने राख्न नहुने तथा यसले भोलिका दिनमा थप विकृति ल्याउने पन्तको भनाइ थियो।  

ठूलो रकमको ढुकुटीमा विकृति

जग्गा दलाली गरेर टाट पल्टिएका र हिजोसम्म सडकमा हुने अहिलेका नवधनाड्यहरूले ठूलो खेलको ढुकुटी खेलेर लिएको पैसा नतिरेर यो खेललाई बदनाम गराएको आरोप खेलाडीहरू लगाउँछन्। 'हामी वर्षौंदेखि ढुकुटी खेल्दै आएका छौं, कुनै समस्या थिएन,'  आर्यन शर्मा भन्छन्- 'तर अहिले खराब व्यक्तिका कारण समग्र ढुकुटीलाई नराम्रो बनाइएको छ।'  १ करोडको ढुकुटीमा एक जनाले ६० लाख खाएर भागिदिँदा कोटेश्वरको एउटा ढुकुटी खेल नै डुबेको एक खेलाडीले बताए। उनले भने- जग्गा दलालको बेइमानीका कारण हाम्रो पैसा डुब्यो, उजुर गर्ने ठाउँ नै भएन। ठूलो रकमको ढुकुटीमा विकृति आउन नदिन स्वयं खेलाडीहरू सचेत हुने गरेका छन्। राजधानीमै ४० जनाको एउटा समूह छ, जसमा  ४० जनाले छुट्टाछुट्टै ढुकुटी सञ्चालन गरेका छन्।  ढुकुटीमा आफ्नो समूहका साथीहरू ४० जना नै सहभागी  छन्। यसले कुनै सञ्चालक वा खेलाडीले बेइमानी गर्दा एक-आपसमै कारोबार भैरहेको हुने भएकाले जोखिम कम हुने तथा विकृति आउने सम्भावना पनि कम भएको त्यो टिमका एक सदस्यले बताए। ठूलो रकमको ढुकुटी  खेल्नेले धेरै पैसा छोडेर खाने र त्यो पैसा आयमूलक काममा लगाउन नसक्दा उसले नियमित किस्ता नै बुझाउन सक्दैन। फलस्वरूप ऊ डिफल्टरका रूपमा देखा पर्छ। यस्तै ढुकुटीको पैसा घर जग्गा खरिद गरेर अचल सम्पत्ति बनाउने तथा क्यासिनोमा गएर हार्ने ट्रेन्ड पनि देखिएको खेलाडीहरू बताउँछन्। गलत नियत राख्नेहरूले ढुकुटीको साख गिराएका हुन्, उनीहरूको दाबी छ। 

इतिहास 

२० को दशकतिर काठमाडौंका व्यवसायीहरूले ढुकुटीको अभ्यास सुरु गरेका हुन्, तर यसको इतिहास त्योभन्दा अगाडिको हो। कसैलाई व्यापार-व्यवसायका निम्ति बाटो खोलिदिन गण्डक क्षेत्रको थकाली समुदायले समूहमा पैसा कलेक्सन गरेर दिने रकमलाई नै ढुकुटी भनिन्थ्यो। यसमा अहिलेको जस्तो पालैपालो पैसा खाने नियम थिएन। व्यवसाय वा अन्य कुनै क्षेत्रमा लगानी गर्न पैसाको आवश्यकता परिरहेको व्यक्तिलाई आफन्तजन मिलेर दामाशाहीको रकम संकलन गरी पैसा दिइन्थ्यो। व्यक्तिले व्यवसायबाट मुनाफा गरेपछि उक्त रकम सहयोग गर्ने आफन्तहरूलाई फर्काउँथ्यो। फेरि अर्को व्यक्तिको व्यापारिक लक्ष्य बुझेर उक्त रकम समुदायले सहयोगस्वरूप दिन्थ्यो। सहकारी वा वित्तीय क्षेत्रको अभावका कारण चेतनशील यो समुदायले आर्थिक समृद्धिका लागि आफ्नै सहकार्यमा सहकारीका रूपमा ढुकुटीलाई प्रयोग गरेको थियो, जुन वास्तवमै सफल सावित भयो। अहिलेको ढुकुटी त्यही ढुकुटीको परिमार्जित संस्करण भएको धेरैको बुझाइ छ। यसबाहेक मारवाडी समुदाय पनि आफूहरूले ढुकुटीको ट्रेन्ड सुरु गरेको बताउँछ। व्यवसायी प्रदीप अग्रवालका अनुसार मारवाडी समुदायले पनि थकालीहरूले झैं व्यापारिक चेत भएको व्यक्तिलाई सहयोग गर्ने उद्देश्य राखेर ढुकुटीको अभ्यास धेरै वर्ष अघि नै प्रयोगमा ल्याएको थियो।

पुलिसको खेल 

ढुकुटीमा कसैले पैसा खाए वा किस्ता नियमित नतिरे ढुकुटी सञ्चालक वा खेलाडीसँगको मिलेमतोमा प्रहरीले जबरजस्ती कारबाही गरिरहेको कानुनविद् पन्तले बताए। ढुकुटीको आर्थिक कारोबार आफैंमा प्रतिबन्धित हो भन्ने कुरा राष्ट्रबैंक ऐनले नै पुष्टि गरिसकेको अवस्थामा ढुकुटीसँग अनभिज्ञ रहेर ठगीको अभियोग लगाउनेतर्फ प्रहरी सक्रिय हुनुको पछाडि गलत नियत छ, वरिष्ठ अधिवक्ता पन्तले थपे। 'ठगेको भनेर व्यक्तिलाई कागज गराइन्छ, वास्तवमा ठगीको परिभाषाभित्र कागज गराउनै पर्दैन।' पन्त भन्छन्- 'ठगी भनेको त मौखिक रूपमा वाचा गरेर आर्थिक कारोबार गरेको र तिर्नुपर्ने रकम नतिरेको अवस्था हो।' ऐनले नै कसैले कसैलाई बेइमानीको नियतले दिनु-खानु गरे ठगी हुनेछ भनेको छ। पन्तका अनुसार ठगिनेले ठग्नेलाई पक्रिएर लिखित कागज गरिसकेपछि त्यो लेनदेन अपराधमा जान्छ। प्रहरीले आफू निकटस्थ ढुकुटी सञ्चालक वा खेलाडीसँग मिलेर केही व्यक्तिलाई कारबाही गर्नु र अन्यमा चासो नै नदिनु, ढुकुटीलाई ठगीविरुद्धको मुद्दा बनाउनुका पछाडि गलत नियत स्पष्ट छ। यता प्रहरी भने ढुकुटीबाट ठगिएको भनिएकाहरूले समेत ढुकुटीबाट ठगिएको नभई आर्थिक रूपमा ठगिएको मात्र भन्ने गरेको बताउँछ। प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक धीरज प्रताप सिंह भन्छन्- 'अनुसन्धानपछि मात्र ढुकुटी भन्ने पत्ता लाग्छ। त्यसमा पनि आर्थिक अपराध भएपछि राष्ट्रबैंक ऐनअनुसार पनि केरकार गरिन्छ।' नागरिकको सुरक्षाको जिम्मेवारी लिएको प्रहरी तथा सेनाकै मानिसहरूले ढुकुटी खेलाउने गरेकाले झन सजिलो भएको कतिपय ढुकुटी खेलाडीहरू बताउँछन्। वरिष्ठ अधिवक्ता पन्तले पनि प्रहरीको संलग्नता यो खेलमा हुन्छ भन्ने आधार उनीहरूले महँगो ब्याजमा पैसा लगाउनुले पनि प्रस्ट पार्ने बताए। सुरक्षाकर्मीका श्रीमतीले सञ्चालन गरेको ठूलै रकमको ढुकुटी हत्तपत्त नडुब्ने एक नियमित खेलाडीले बताए। उनले भने-'उनीहरूले नै बेइमानी गरे भनेचाहिँ उजुर गर्ने ठाउँ पनि रहँदैन।' 

रेस्टुराँमा ढुकुटी

ढुकुटीकै कारण राजधानीलगायत मुलुकका अन्य सहरका रेस्टुराँहरूको व्यवसायमा प्रभाव परेको छ। यहाँ कुन रेस्टुराँमा ढुकुटी खोलिन्छ भन्ने प्रश्न नै गलत हुन्छ। ढुकुटी नखोलिने रेस्टुराँ अपवाद हुन्। राजधानीको रिङरोडको भित्री एवं बाहिरी क्षेत्रका सबै रेस्टुराँमा ढुकुटी खोलिन्छ। बत्तीसपुतलीमा बाजेको सेकुवाको नयाँ शाखा सञ्चालन गर्नेबित्तिकै बाजेको सेकुवामा ढुकुटी ग्राहकको ओइरो लागेको प्रबन्ध निर्देशक चेतन भण्डारी सम्झन्छन्। अहिले केही घटेको छ, भण्डारी भन्छन्- 'लोकेसन र रेस्टुराँको स्ट्रक्चरले पनि ढुकुटी खेल्न आउनेहरूलाई सजिलो भएको हुनुपर्छ।' 

चेतनका अनुसार राजधानीलगायतका सहरहरूमा कतिपय ढुकुटी खेल्नेहरूले नै रेस्टुराँ सञ्चालनमा ल्याएका छन्। उनीहरू आफैं ढुकुटी खेलाउने तथा खानपान गराउन थालेका छन्। चेतन भन्छन्— मैले चाहिँ खेलाएको छैन, तर खेलाउने रेस्टुराँ सञ्चालकहरू देखेको छु। रेस्टुराँमा पुरानादेखि नयाँ नाम नचलेका पनि ढुकुटीकै कारण राम्रो व्यवसाय गर्न सफल छन्। भाटभटेनी घर भएका एक जना ढुकुटी सञ्चालकले ६५ वटा ढुकुटी सञ्चालन गरेका छन्। उनले आफ्नो घरलाई नै रिसोर्ट बनाएका छन्, जहाँ रेस्टुराँको सम्पूर्ण सुविधा उपलब्ध छ। ढुकुटीका लागि नयाँ बानेश्वर, बौद्ध, चाबहिल, दरबारमार्ग, झम्सिखेल, धोविघाटका रेस्टुराँहरू लोकपि्रय मानिन्छन्। ढुकुटी खेलाडीहरूले गोप्य तवरले ठूलो रकमको खेल खेल्ने भएको बताउँदै रेस्टुराँलाई आफ्ना लागि छुट्टै रुम बनाइदिन आग्रह गर्ने गरेको नयाँ बानेश्वरको एक रेस्टुराँ सञ्चालकले बताए। 

ढुकुटीको नियम 

ढुकुटी विभिन्न प्रकारले खेलिन्छ। कुनै चिठ्ठा तानेर, कुनै पैसा छोडेर, कुनै नम्बर सिस्टममा। चिठ्ठा तान्ने सिस्टममा सामान्य ढुकुटी खेल हो, जसमा नाफा पनि सामान्य हुन्छ र जोखिम पनि कम। यसमा जसलाई कङ्ग्राचुलेसन अर्थात् बधाईको चिठ्ठा पर्छ त्यो दिनको ढुकुटी उसैले खान्छ। यो सिस्टममा एक जनाबाहेक सबैलाई ट्राई एगेन लेखिएको चिठ्ठा पर्छ।  अर्को नियमको ढुकुटीमा जसले बढी पैसा छोड्छ उसैले ढुकुटी खान्छ। यो सिस्टममा जति छोडेर पनि खान पाउने तथा किस्ताअनुसार न्यूनतम वा अधिकतम यति छोड्नैपर्ने भनेर पूर्वसहमति गरिएको हुन्छ।  तेस्रो सबैको नम्बर सिस्टम गरी जसको पालो आउँछ उसैले ढुकुटी खान्छ। सबै ढुकुटीका लागि न्यूनतम १० देखि अधिकतम् ५० जनासम्म खेलाडी हुन्छन्। खेलाडीहरूका अनुसार सबैभन्दा राम्रो २० जनाको समूह हो। ढुकुटीको नियम पनि म्यारिज खेलजस्तै भिन्न स्थानमा भिन्न तरिकाले तय गर्न थालिएको छ। 

ढुकुटी सञ्चालन गर्ने व्यक्तिलाई घोप्पा भनिन्छ, जसले ढुकुटीका सहभागी सबैको रकम सुरक्षाको जिम्मा लिएको हुन्छ। जोखिम बहन गर्ने मुख्य व्यक्ति ऊ नै हो। सञ्चालकले ढुकुटीको पहिलो किस्ता आफैं राख्छ। जोखिम बहन गरेबापत सञ्चालकले कमिसन पाउनुका साथै खाजा खर्चको रकम बचत गर्न सक्छ। प्रायः जति रुपैयाँको ढुकुटी खेलिएको हुन्छ त्यसको १ प्रतिशत खाजा खर्च तोकिएको हुन्छ। उदाहरण, १ करोडको खेलमा प्रत्येक किस्ता खोल्दा १ लाख रुपैयाँ खाजा खर्च हुन्छ, जसबाट केही सञ्चालकले बचत गर्न सक्छन्। खाजा खर्चमा चिया मात्र खाने भनेर पनि कतिपय समूहले नियम बनाएका हुन्छन्। ढुकुटी सञ्चालन भैसकेपछि कसैले पैसा लिएर नतिरे वा बीचमै कुनै खेलाडी सहभागी नभए त्यस्तो अवस्थाको जोखिम पनि सञ्चालकले नै बेहोर्नुपर्छ। 

पहिलो सिस्टमअनुसार ढुकुटी खानेले तोकिएको निश्चित ब्याज तिर्नुपर्ने हुन्छ, जुन ब्याज रकम थप्दै लगानी गरिरहेका सदस्यहरूमा मिलाएर बााडिन्छ। अन्तिममा ढुकुटी खानेलाई सबैभन्दा धेरै फाइदा हुन्छ। अन्तिमसम्म ढुकुटी पाल्दा बीचमै रकम जोखिममा पर्ने सम्भावना पनि हुन्छ।

छोडेर खाने ढुकुटीमा भने अगाडिकै किस्तामा खानेहरूले प्रतिस्पर्धामा धेरै रकम छोडेर ढुकुटी खान्छन्, जुन रकमलाई उच्चतम आम्दानी हुने क्षेत्रमा लगानी गर्न नसके घाटा हुन्छ। ढुकुटी खोल्ने दिन सहभागी सबै सदस्यले खेलिएको रकमको सहभागी व्यक्तिमा भाग गरी पर्न आउने रकम बोकेर गएका हुन्छन्। 

छोडेर खाने ढुकुटीमा भने छोडेर जति रकम खाएको छ, प्रत्येक सदस्यमा त्यो रकम भाग लगाएर एकमुस्ट संकलन गरिन्छ। ठूलो रकमको ढुकुटीमा चेक वा बढीमा ७ दिनभित्र नगद दिनेसम्मको नियम चलाइएको छ। गत शनिबार नयाँ बानेश्वरमा खोलिएको २० जनाको १ करोडको एउटा ढुकुटीमा तेस्रो किस्तामा ५१ लाख छोडेर रकम खाने देखिए। जसले प्राप्त ४९ लाखमा खाजा खर्च १ लाख घटाएर ४८ लाख र त्यसमा पनि आफूले जम्मा गर्नुपर्ने २ लाख ४५ हजार रुपैयाँ घटाउँदा ४५ लाख ५५ हजार बुझेका थिए। १ करोडको किस्ता भए पनि सबैले छोडेर खाने भएकाले २० जनाले खाँदासम्म ६५ लाखभन्दा बढि ननाघ्ने भएकाले र यति रकम छोड्दा पनि यो पैसा राम्रो प्रतिफल आउने क्षेत्रमा लगानी हुने भएकाले घाटा नपर्ने उनको जिकिर थियो।  

कति रकमको ढुकुटी खेल्ने भन्ने कुरा खेलाडीको रकम निकाल्न सक्ने क्षमतामा निर्भर गर्छ, ठूलो ढुकुटीको नियमित किस्ताको रकम तिर्न नसक्नेहरूले बीचमा पैसा खाएर भाग्दा डिफल्टरको समस्या उत्पन्न हुने हो। ढुकुटीमा कुनै जमानत पनि हुादैन। आपसी विश्वासका भरमा प्रत्येक सदस्यले आफ्नो रकम नियमित किस्ताका रूपमा बुझाउाछन्। ढुकुटी सञ्चालकको नियत खराब भए पनि रकम डुब्छ। ढुकुटी खेलको सिस्टम बिगँ्रदा वा धाँधली भएको आरोप सहभागीले लगाए तनाव सिर्जना हुन्छ। मौखिक रूपमा चल्ने भएकाले कानुनी आधार नहुनु ढुकुटीको सबैभन्दा ठूलो कमजोरी हो। 


श्रोत:  साप्ताहिक 

Comments

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

खुमल टोल विकास संस्था बारे छोटो जानकारी

एक पल्ट बाईक हेरी आनन्द लिने हो कि?

राजमार्गमा यौन !

कवि बुद्धिसागर फिल्म हेर्न जय नेपाल हल पुगेछन् । फिल्म सुरु हुनुअघि टाइटानिकको संगीतमिश्रति धुन भएको कन्डमको विज्ञापन बजेछ । बुद्धिसँगै बस्ने केटोले एउटी केटीलाई कोट्याउँदै भनेछ हेर त, तिम्रो विज्ञापन बज्यो ।' बुद्धि झस्किएछन् । थाहा भयो, ती तिनै युवती रहिछिन् जो हलको ठूलो पर्दामा कन्डमको विज्ञापनमा छाएकी छिन् र त्यो विज्ञापन हेर्दै हलका केटाहरू गल्लल हाँस्दै छन् । कन्डमको विज्ञापनमा छाएकी ती नायिका नम्रता श्रेष्ठ लाजले रातो भइछिन् । 'ती यति लजाइन् कि भनिसाध्य छैन,' बुद्धिले सुनाए, 'कन्डमको विज्ञापनमै देखिने केटी त कन्डमबाट यति लजाउँछिन् भने अरूको हालत के होला ?' हामीलाई खोज्नु थियो- के तन्नेरी पुस्ता यौनमा उदार छ ? 'यौन चाहना सबैमा हुन्छ, कसैले लुकाउँछन् कसैले खुल्ला देखाउँछन्,' विनीताले उदार भएर बोलिन्, 'हामीले आफ्नो 'बेड रिलेसनसिप'बारे पनि खुलेर भन्न सक्नुपर्छ ।' अहिलेकी 'हट' मोडल विनीता साथीहरूसँग यौनका बारेमा कति खुलेर कुरा गर्छिन् त ? 'यौनबारे साँच्चै खुलेर कुरा गर्नुपर्छ, म यौनमा खुल्न रुचाउँछु । साथीहरूसँग आफूलाई भएको यौन...