Skip to main content

लिपिस्टिकले बताइदिने भो सेक्सको चाहना


साथीहरुलाई खुशीको खबर छ। आफ्नी प्रेमिका, पत्नी वा सेक्स पार्टनरको यौनचाहना वा सम्भोगको मूड बुझ्नका लागि अमेरिकामा एउटा यस्तो लिपिस्टिकको आविष्कार गरिएको छ । जसबाट आफ्नी प्रेमिका, पत्नी वा सेक्स पार्टनरको यौनचाहना वा सम्भोगको मूड भए वा नभएको सहजै थाहा पाउन सकिन्छ । क्यालिफोर्नियाको एक कम्पनीले उत्पादन गरेको लिपिस्टिक महिलाको ओँठमा लगाएपछि महिलाको मूड अनुसार त्यसको रंग बदलिन्छ । त्यसैले लिपिस्टिकको रंग हेरेर तपाइँले आफ्नो महिला पार्टनर सेक्सको लागि मानसिक रुपमा तयार छिन् की छैनन् भन्ने कुरा पत्ता लगाउन सक्नुहुन्छ । समाचारका अनुसार महिलाको यौन उत्तेजना वा चाहना बढेको बेला वा महिला सम्भोगका लागि इच्छुक भएको बेला लिपिस्टिकको रंग गाढा बन्दछ भने महिलामा यौन चाहना नभएको बेला यसको रंग फिक्का हुन्छ ।



यो लिपिस्टिक किन्दा एक कलर चार्ट पनि पाइन्छ जसमा लिपिस्टिकको रंग कस्तो हुँदा यौन चाहना कस्तो हुन्छ भन्ने जानकारी दिइएको हुन्छ । त्यसकारण महिलाको ओँठमा लगाएको लिपिस्टिकको रंग हेरेर आफुसँग भएको चार्टसँग दाँजेपछि पुरुषले आफ्नी सेक्स पार्टनरको यौन चाहनाको बारेमा बुझ्न सक्छन् । जसको कारण महिलालाई मन नलागेको बेला कर गर्ने र मन लागेको बेला ध्यानै नदिएर निरास पार्ने पीडाबाट मुक्त हुन सकिन्छ । १२ पाउण्ड मूल्य पर्ने यो लिपिस्टिक अमेरिका र बेलायतमा चर्चित भैसकेको छ । यदि यसको बजार विस्तार गर्न सके अरु देशमा पनि यसको माग उच्च हुने पक्का छ । अझ नेपालमा आयो भने यसको खपत कति होला कुन्नी ?

श्रोत: Nepal Horizons

Comments

Popular posts from this blog

यस लग्जरी मोटर होम देखे पछी....!

सं सारमा कुनै पनि असंभव छैन.. तपाईको शंका तब बदलिन्छ जब यस चलता-फिर्ता पांच तारे कार लग्‍जरी मोटर होमको अगाडी हुनेछ. हो, आकर्षक लुक बलियो इन्जिन क्षमताबाट सजिएको यस मोटर होम धेरै नै खास छ. यस अदभूत मोटर होम कारको निर्माण अस्ट्रियाको मार्ची मोबाईल्स कम्पनीले गरेको हो. यस मोटर भित्र प्रवेश पछी तपाईलाई अनुभूति हुनेछ कुनै फाइब स्टार होटलको लग्‍जरी रूमको हो. त्यति मात्र हैन भित्र राम्रो स्पेस को लागी यसमा फोल्‍डींग सिस्‍टमको प्रयोग पनि गरेको छ. आउनुस त्यस अदभूत मोटर होमको केहि चित्र हेरौं...   

मेराे बुबा पंचबहादुर दुवालकाे भिमरथाराेहन

एक पल्ट बाईक हेरी आनन्द लिने हो कि?