'म चौध वर्षीय अब्दुस सलामको एउटै सपना थियो- फिदाइ बन्ने । फिदाइ अर्थात् आत्मघाती हमला गर्ने व्यक्ति । म फिदाइ भएर आफ्नो शरीरलाई टुक्रा-टुक्रा पार्न चाहन्थँे र अमेरिकीहरूलाई मार्न चाहन्थेँ । फिदाइले स्वर्ग प्राप्त गर्छ । म स्वर्ग प्राप्त गर्न चाहन्थेँ ।'
मेरो नाम अब्दुस सलाम हो । १४ वर्षको भएँ । पाकिस्तानको कराँचीमा बस्छु । सोहराब गोठ भन्ने सानो नगरमा मेरो घर छ । हामी ६ दाजुभाइ छौँ । मेरो बुबाको व्यापार छ । निर्माणयन्त्र भाडामा दिन्छन् उनी । मेरो जेठो दाइ बुबालाई व्यापारमा सहयोग गर्छन् ।
केही महिना अघिसम्म पनि ममा फिदाइ बन्ने भूत सवार थियो । फिदाइ भनेको आत्मघाती हमला गर्ने मान्छे हो । म फिदाइ भएर अफगानिस्तान जान चाहन्थेँ, र अमेरिकीहरूलाई मार्न चाहन्थेँ । इस्लामिक उग्रवादीहरू हामीलाई भन्ने गर्थे, 'हेर, केटा हो ! तिमीहरूले आफूलाई बमले उडायौ भने सीधै स्वर्ग पुग्नेछौ । यसो गर्नु अल्लाहको पवित्र काम गर्नु हो ।' उनीहरूले हाम्रा दिमागमा यस्ता कुरा गहिरोसँग भरिदिएका हुन्थे । हामीलाई प्रेरित गरिन्थ्यो, रटाइन्थ्यो, घोकाइन्थ्यो । हामी उनीहरूका कुरामा यसरी एकोहोरिएका हुन्थ्यौँ, यसरी लठि्ठएका हुन्थ्यौँ कि हामीलाई लाग्थ्यो- हाम्रो जन्म केवल फिदाइ हुनका लागि भएको हो ।
मलाई उनीहरूमाथि पूरा विश्वास थियो । आफूलाई बलिदान गरेर स्वर्ग पुग्न चाहन्थेँ म । धर्मयुद्ध -जिहाद)मा सहिद हुन चाहन्थेँ ।
जाहिर, शेर रहमान र जैनुल्लाह मभन्दा जेठा छन् । उनीहरू तालिवान हुन् । जाहिर र रउफ त अफगानिस्तानबाट आएका हुन् । उनीहरूले त्यहाँ युद्ध लडेका छन् ।
मेरा पाँच दाजुभाइ छन् । जेठो दाइ र बुबा मिलेर व्यापार चलाउँछन् ।
हामी सोहराब गोठमा बस्न थालेको तीस वर्ष भयो । यो कराँचीमा पर्ने सानो नगर हो ।
म जाहिरको किराना पसलमा आउने जाने गर्थें । त्यहाँ बस्ने गर्थें । हामी जिहाद, फिदायिन हमला -आत्मघाती हमला) र यस्तै-यस्तै विषयमा घन्टौँ कुरा गथ्र्यौं ।
म जाहिरलाई तीन वर्षदेखि चिन्छु । ऊ पाको मान्छेजस्तो कुरा गर्छ । सबै कुरा थाहा छ उसलाई । इस्लाम, जिहाद, अमेरिका, न्याय, अन्याय, बदला, बलिदान.... ऊ सबै कुरा जान्दछ । बोल्न पनि सिपालु छ । मलाई उसको कुरा सुन्न खुब मन पथ्र्याे ।
एक दिन जाहिरले मलाई पसलको एउटा कुनामा लगेर खुसुक्क भन्यो, 'बुझिस् अब्दुस, म त फिदाइ बनेर कतै टाढा जाँदै छु ।' कतै भनेको कहाँ र टाढा भनेको कति टाढा उसले बताएन ।
मैले उसलाई सोधेँ, 'तिमी किन फिदाइ बन्न खोजिरहेका छौ ? तिमीलाई बमलेे आफ्नो शरीर धुजाधुजा पार्न किन चाहन्छौ ? तिमीलाई बाँच्न मन लाग्दैन ?'
'म फिदाइ बनेर स्वर्ग प्राप्त गर्न चाहन्छु,' उसले निष्पिmक्री भएर जवाफ दियो, 'जिहादमा पनि कोही मर्न डराउँछ त, लाटा !'
फिदाइ कसरी स्वर्ग पुग्छ ? मैले जान्न चाहेँ ।
जाहिरले भन्यो, 'यति त तँलाई थाहै होला- मान्छे मरेपछि कि स्वर्ग जान्छ, कि नर्क । म मरेपछि मलाई सोधिनेछ- तैँले अल्लाहका लागि के गरिस् ? मैले केही पनि गरिनँ भनेँ भने मलाई सीधै नर्क पठाइनेछ ।'
'तर,' उसले एकदम चाखलाग्दो पाराले बतायो, 'मैले अल्लाहका लागि केही गरेको छु भने, फिदाइन हमलामा सहभागी भएको छु भने म निर्धक्क भन्न सक्ने छु- मसँग एउटा शरीर थियो र मैले यसलाई टुक्रा-टुक्रा पारेर अल्लाहलाई बलिदान गरेँ ।'
'त्यसपछि त,' जाहिरले अनुहार उज्यालो पार्दै भन्यो, 'मलाई स्वर्ग पठाइनेछ, र म सधैँका लागि स्वर्गमा बस्न पाउनेछु ।'
जाहिरले मलाई अन्तरआत्मैदेखि हल्लाइदिएको थियो ।
ऊ पहिलो व्यक्ति थियो जसले मलाई फिदाइ हुनुको गौरव र महानता बोध गराइदिएको थियो । अब म हरहालतमा फिदाइ हुन चाहन्थेँ । शरीरमा बम बाँधेर अमेरिकी भएका ठाउँमा घुस्न चाहन्थेँ, र आफूलाई बमले उडाउन चाहन्थँे । साथमा, दुस्मनलाई पनि । यसरी अल्लाहलाई आफ्नो देह बलिदान गर्न चाहन्थेँ । र, स्वर्ग प्राप्त गर्न चाहन्थेँ । अब मलाई पढाइ/लेखाइमा कुनै रुचि थिएन । जिहादमा भाग लिने योजना बनाइसकेको मान्छेले किताबमा घोत्लिनुको के अर्थ ?
०००
जाहिरले फिदाइ बन्ने घोषणा गरेलगत्तै मेरो परिचय शेर रहमानसँग भयो । रहमानलाई मैले आफू अफगानिस्तान जान चाहेको बताएँ ।
'तँ फुच्चेलाई किन अफगानिस्तान जानुपर्यो ?' उसले मलाई सोध्यो ।
'म आत्मघाती हमला गरेर अमेरिकीहरूलाई मार्न चाहन्छु,' मैले उसलाई हाकाहाकी भनँे, 'म फिदाइ बनेर स्वर्ग जान चाहन्छु ।'
ऊ मेरो कुरा सुनेर खुसी भयो । असाध्यै खुसी । मलाई पिठ्यूँमा धाप मार्यो र भन्यो, 'क्याबात् ! हामीलाई तिमीजस्तै सच्चा मुस्लिम किशोरको खाँचो छ ।'
तर, उसले के पनि भन्यो भने उसको सम्पर्क अफगानिस्तानसँग छैन, बरु पाकिस्तानकै एक सहर बजिरिस्तानसँग छ ।
त्यसपछि, उसले बजिरिस्तानका तालिवानहरूको प्रशंसा गर्न थाल्यो । उनीहरूको इस्लामप्रतिको समर्पण र लगाव बेजोड भएको कुरा गर्यो ।
तर, मैले उसलाई भनेँ, 'म बजिरिस्तान होइन, अफगानिस्तान जान चाहन्छु । त्यहाँ गएर अमेरिकीहरूलाई मार्न चाहन्छु ।'
शेर रहमानले भन्यो, 'तँ पाकिस्तानको सीमा पार गरेर अफगानिस्तान कसरी जान सक्लास् र ? तँ त अहिले बच्चै छस् । तेरो त मुसलमानको जस्तो दाह्री आएकै छैन ।'
र, उसले सल्लाह दियो, 'तैँले आत्मघाती हमला पाकिस्तानमै गरे भइहाल्यो नि । यहीँ कराँचीमै गर् न ! तैँले फिदाइन हमला अफगानिस्तानमा गरे पनि, पाकिस्तानमा गरे पनि पाउने भनेको त उही स्वर्ग त हो नि !'
शेर रहमानले मलाई हामीबीच भएको कुराकानी अन्त कतै उल्लेख नगर्न चेतावनी दियो । उसले भन्यो, 'यो कुरा कतै चुहाइस् भने तेरो टाउको काट्नेछु ।' उसले मलाई तर्साउनुसम्म तर्सायो । म डरले झन्डै मुर्छा नपरेको !
'म कसैलाई पनि भन्दिनँ । पक्का !' मैले उसलाई डराइ-डराई आश्वस्त पार्न खोजेँ । तै-तै, उसले पत्यायो ।
मैले शेर रहमानलाई भनेँ, 'तपाईं जहाँ भन्नुहुन्छ, त्यहीँ फिदाइ भएर आफूलाई बमले उडाउन तयार छु ।'
उसले आफू हरतरहले मलाई सहयोग गर्न राजी भएको बतायो । भन्यो, 'तँजस्ताको खोजीमा यहाँ केही मानिस आउँदै छन् र म तँलाई उनीहरूसँग परिचय गराइदिउँला ।'
केही दिनपछि शेर रहमानले मलाई जैनुल्लाहसँग भेट्टायो ।
जैनुल्लाहले मलाई सोध्यो, 'तँ फिदाइ बन्न साँच्चिकै प्रतिबद्ध छस् कि गफ मात्रै दे'को हो ?'
मैले दृढतापूर्वक उसलाई भनँे, 'तपाईं भन्नुहुन्छ भने म मध्यरातमा पनि आत्मघाती हमला गर्न तयार छु । म फिदाइ हुन तयार छु । म स्वर्ग जान चाहन्छु । थोरै मानिस स्वर्ग जान्छन् । फिदाइ हुन पाउनु मेरो अहोभाग्य हो ।'
जैनुल्ल्ााहले भन्यो, 'तेरो फिदाइ बन्ने उमेर भएको छैन । बरु तैँले फिदाइहरूले लगाउने विशेषप्रकारको ज्याकेट बनाउने काम सिक् । तैँले बनाएको ज्याकेट लगाउनेले आफूलाई बमले उडाए भने तैँले स्वतः स्वर्ग प्राप्त गर्छस् ।'
मैले उसको प्रस्ताव ठाडै अस्वीकार गरिदिएँ । आफू फिदाइ हुन खोज्छु, ऊ भने मलाई दर्जी बनाउन खोज्छ !
जैनुल्लाह फर्कियो । उही चेतावनी दिएर, 'खबरदार ! हामीबीच भएको कुरा कसैले थाहा नपाऊन् !'
०००
फिदाइन हमला गर्न गएको जाहिर जिउँदै फक्र्याे । मेरो खुसीको सीमा रहेन ।
उसले अफगानिस्तानको जिहादका कथा सुनायो । ती कति अविश्वसनीय थिए ! उसले सुनायो, 'फिदाइले लगाउने ज्याकेट लगाएर जब तँ लक्षित ठाउँमा पुग्छस्, तैँले तेरा लागि स्वर्गका ढोका खुलेको देख्नेछस् । आफूलाई बमले उडाएपछि तँ सीधै स्वर्ग जानेछस्, र तँलाई पीडाको अलिकति पनि अनुभव हुने छैन । र, तेरा शत्रु भने टुक्रा-टुक्रा भएर भुइँमा यत्रतत्र छरिएका हुनेछन् ।'
उसले अफगानिस्तान गएर धेरै कुरा सिकेको थियो, जानेको थियो । उसका कुरा म कसरी नपत्याऊँ ?
जाहिर, शेर रहमान र जैनुल्लाहले मैले कहाँ र कहिले आत्मघाती हमला गर्नुपर्ने हो, नबताए पनि सबैले एउटा कुरा भने भनेका थिए, 'फिदाइ बन्नका लागि तयार भएर बस्नू ! तँ कुनै पनि दिन जिहादमा सहिद हुन सक्छस् !'
०००
केही समयपछि शेर रहमान र जैनुल्लाह, दुवै पक्राउ परे ।
तपाईंले फिदाइलाई भेट्नुभयो भने पनि चिन्न सक्नुहुने छैन । उनीहरू सीधासादा र सामान्य मानिसझैँ देखिन्छन् ।
यो तीन वर्ष मैले एउटै सपना देखेँ- फिदाइ बन्ने र स्वर्ग जाने । चौबीसै घन्टा म यही सपनामा हराइरहेको हुन्थेँ । खाँदा, खेल्दा, स्कुल जाँदा, हरेक पल म सोचिरहेको हुन्थेँ- 'फिदाइ, स्वर्ग, फिदाइ, स्वर्ग, फिदाइ, स्वर्ग....'
तर, अकस्मात् एक दिन मलाई अल्लाहले नयाँ जीवन दिनुभयो, नयाँ बाटो देखाउनुभयो । यो फिदाइ मोहबाट मैले मुक्ति पाएँ । मलाई स्वर्गभन्दा धर्ती सुन्दर लाग्न थाल्यो ।
अहिले म पढाइमा ध्यान दिइरहेको छु । ठूलो भएपछि म पाकिस्तानी सेनामा जागिर खान चाहन्छु।
Comments
Post a Comment