Skip to main content

नेपालीलाई अमेरिकामै खतरा !


गैरकानुनी रूपमा अमेरिकामा बसोबास गरिरहेका अधिकांश नेपाली बाध्यताका कारण ज्यान जोखिममा राखेरै भए पनि असुरक्षित स्थानमा काम गरिरहेका छन्
**
खाद्यान्न स्टोर चलाउँदै आएका काठमाडौँ साँखुका ४० बर्षीय सुरेन्द्र डंगोलको लुटेरा समूहबाट गोली हानी हत्या
***
खाद्यान्न स्टोरमा काम गरिरहेकै वेला आक्रमणकारीको छुरा प्रहारबाट जसबहादुर राई सख्त घाइते, उपचारका क्रममा अस्पतालमा मृत्यु
****
खाद्यान्न स्टोर चलाउने रवीन्द्र शर्मामाथि गोली प्रहार, उपचारका क्रममा मृत्यु

त्याका समाचार सुन्दा-सुन्दा अभ्यस्त भइसकेका नेपालीलाई यस्ता समाचारका शीर्षक नयाँ नलाग्न सक्छ । दिनप्रतिदिन असुरक्षित बन्दै गएको नेपालमा गोली प्रहार र हत्याका समाचार नआएको सायद कुनै दिन नै हँुदैन । तर, यी समाचारका शीर्षक नेपालमा भएका हत्याका घटना होइनन्, नागरिक सुरक्षाका लागि उच्च सतर्कता अपनाइने भनिएको संयुक्त राज्य अमेरिकामा भएका घटना हुन् । नेपालमा असुरक्षा र राजनीतिक अस्थिरता कारण नेपाली बिदेसिने क्रम पनि बढ्दो छ । तर, विदेशिएका नेपालीहरूले अमेरिकामा समेत आफूलाई सुरक्षित महसुस गर्न सकेका छैनन् । माथि उल्लिखित हत्या घटना वर्ष दिनको अवधिमा अमेरिकाका विभिन्न राज्यमा भएका प्रतिनिधि घटना मात्र हुन् । योबाहेक अमेरिका छिरेर गैरकानुनी रूपमा बसोबास गर्ने नेपाली कहाँ कति मारिएका छन् भन्ने लेखाजोखा अमेरिकास्थित नेपाली दूतावाससँग छैन ।

'हामीले अमेरिकामा मारिएका नेपालीबारे रेकर्ड राख्न थालेको लामो समय भएको छैन, त्यसैले कहाँ कति नेपाली मारिए भन्नेबारेमा पूर्ण विवरण दूतावाससँग पनि छैन,' नेपालका लागि अमेरिकी राजदूत शंकर शर्माले भने । अमेरिकामा मारिएका नेपालीबारे विवरण राख्न थालेको दुई वर्ष पनि नभएको शर्माले जानकारी दिए । त्यसैले अमेरिकी दूतावाससँग मारिने नेपालीबारेमा पर्याप्त विवरणसमेत छैन । निकट भविष्यमै सम्पूर्ण विवरण चुस्त-दुरुस्त राख्ने व्यवस्था मिलाइने राजदूत शर्माको भनाइ छ । तर, अमेरिकामा हजारौँ नेपाली गैरकानुनी रूपमा बस्दै आएकाले दूतावासलाई समेत विवरण संकलन गर्न मुस्किल परिरहेको छ ।
अमेरिकामा लुटेराबाट मारिने अधिकांश नेपाली खाद्यान्न स्टोरमा काम गर्ने गर्छन् । सन् २००९ को डिसेम्बर २६ मा अमेरिकाको बोस्टनमा मारिएका सुरेन्द्र डंगोललाई लुटेराले खाद्यान्न स्टोरभित्रै गोली हानेका थिए । गोली प्रहारपछि खाद्यान्न स्टोरबाट नगद लुटिएको थियो । एक पाकिस्तानी नागरिकसँग मिलेर स्टोर चलाउन सुरु गरेको केही हप्तामै उनी मारिएका थिए । त्यस्तै, सन् २००९ को जनवरी ६ मा अमेरिकाको टेक्सासमा सशस्त्र लुटेराबाट मारिएका जसबहादुर राई पनि खाद्यान्न स्टोरमै काम गर्दै आएका थिए । एकाबिहानै चक्कुसहित स्टोर छिरेका लुटेराले पैसा लुट्नुसाथै राईको हत्या गरेको थियो । पटक-पटक छुरा रोपेपछि लुटेरा भागेको थियो । सख्त घाइते राईको जोन पिटर अस्पतालमा उपचारक्रममा मृत्यु भएको थियो । घाइते राईले आक्रमणकारी भागेलगत्तै आफैँ प्रहरीलाई फोन गरेका थिए । श्रीमती र दुई बच्चा अमेरिका झिकाएको तीन महिनापछि नै राईको हत्या भएको थियो । छोरालाई कलेज भर्ना गरी स्टोर पुग्नसाथ राईमाथि छुरा प्रहार भएको थियो ।

सन् २००९ को सेप्टेम्बर ३० मा अमेरिकाको दक्षिण क्यारोलिनमा मारिएका रवीन्द्र शर्माको पनि खाद्यान्न स्टोरमै थिए । ४० वर्षका शर्माले कृष्ण कँडेलसँग मिलेर खाद्यान्न स्टोर चलाउँदै आएका थिए । राति साढे १० बजे स्टोरमा काम गरिरहेको वेला हतियारसहित अचानक छिरेको लुटेराले शर्मासहित एक मेक्सिकन कामदारको पनि हत्या गरेको थियो । स्टोर चलाउन थालेको तीन महिनामै शर्मा मारिएका थिए । शर्माको मृत्युपछि साझेदारीमा स्टोर चलाउने कँडेल कैयन दिनसम्म काममा जानै सकेनन् ।

अमेरिकामा बसाइँ-सराइ गरी खाद्यान्न स्टोरमा काम गर्ने मात्र होइनन्, विद्यार्थी पनि मारिएका छन् । अधिकांश समय कलेज जाने र बाँकी समयमा काम गर्ने विद्यार्थी पनि लुटेराको सिकार भएका छन् । सन् २००८ को अक्टोबर ९ मा टेक्सासमा मारिएका नेपाली अशोक भट्टराई कलेजका विद्यार्थी थिए । उनले पनि खाद्यान्न स्टोरमै पार्टटाइम काम गर्दै आएका थिए । हस्टन कम्युनिटी कलेजमा अध्ययनरत भट्टराई नगद रजिस्ट्रारमा काम गरिरहेकै वेला १७ वर्षको रेमन्ड रिचरको गोली प्रहारबाट मारिएका थिए । ५ फिट १० इन्च अग्लो काला जातिको रिचरले स्टोरमा काम गरिरहेका उनीमाथि राइफल झिकेर गोली हानेपछि झन्डै पाँच हजार डलर नगद लुटेको थियो ।

बोस्टन होस् वा टेक्सास कहीँ कुनै पनि वेला नेपाली लुटेराको सिकार हुन सक्छन् अमेरिकामा । तर, नेपाली मारिने क्रम सबैभन्दा बढी टेक्सासमा छ । सन् २००४ को नोभेम्बर १ मा मारिएका केशव श्रेष्ठ पनि टेक्सासमै बसोबास गर्दै आएका थिए । उनी टेक्सासको इर्भिङमा बन्दुकधारी लुटेराबाट मारिएका थिए । त्यसलगत्तै सन् २००५ को डिसेम्बर २० मा बन्दुकधारी लुटेराले शेखर रेग्मीको पनि टेक्सासकै बेलपार्क फिनामार्टमा हत्या गरेको थियो । सन् २००७ को ११ जुनमा गौरव राजवंशी पनि टेक्सासमै मारिए । टेक्सास बेडफोर्डको डि एन्ड एस फुड स्टोरमा काम गर्ने राजवंशीलाई बन्दुकधारी लुटेराले हत्या गरी स्टोरबाट नगद लुटेको थियो । सन् २००६ को अपि्रल १० मा प्रकाश कोइरालाको हत्या पनि टेक्सासमै भएको हो । लुटेराले कोइरालाको साथबाट नगद लुटेपछि आगो लगाएर मारेका थिए । सन् २००८ मा नै अर्का चौधरी थरका एक नेपालीको टेक्सासमा हत्या भएको थियो ।

हत्या विवरण हेर्दा नेपालीका लागि टेक्सास सबैभन्दा असुरक्षित रहेको पुष्टि भएको छ । तर, नेपाली जर्जिया र बाल्टिमोरमा मारिएका उदाहरण पनि छन् । सन् २००७ को २८ अगस्टमा बाल्टिमोरमा हिमांक कार्कीको गोली हानी हत्या भएको थियो भने सन् २००८ को अगस्ट २८ मा जर्जियामा विनोद श्रेष्ठको पनि गोली हानी हत्या भएको थियो ।
एकातिर अमेरिकामा नेपाली मारिने क्रम रोकिएको छैन भने अर्कातर्फ नेपालीका हत्यारामाथि कारबाही हुन सकेको छैन । कैयन हत्यारालाई प्रहरीले पक्राउ नै गर्न सकेको छैन भने कैयन हत्यारा पक्राउ परे पनि कारबाहीको भागिदार हुन सकेका छैनन् । अशोक भट्टराईको हत्यारा रेमन्ड रिचर कम उमेरको रहेको भन्दै हालै मात्र कारबाहीको दायराबाट उम्किएको छ । हत्यारा प्रायः अमेरिकी नागरिक नै भए पनि उनीहरूलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन अमेरिकी प्रहरी सफल छैनन् ।

नेपालीको हत्यामा संलग्न व्यक्ति प्रायः काला जाति अमेरिकी नागरिक रहेका छन् । अमेरिकामा धेरै काला जातिका नागरिक अपराधमा संलग्न रहेकाले अमेरिकामा बसोबास गर्ने नेपाली काला जातिदेखि डराउने अवस्था समेत सृजना भएको छ । न्युयोर्कको लङ आइल्यान्डमा खाद्यान्न स्टोरमा काम गर्ने कास्कीका सरोज अधिकारी भन्छन्, 'राति काला जातिका कोही देखिनासाथ हतियार बोकेको छ कि भनेर डराउनुपर्ने अवस्था छ ।'


अमेरिकामा रहेका नेपालीले असुरक्षित ठाउँमा समेत काम गर्नुपर्ने बाध्यताले उनीहरू हत्या सिकार हुने गरेका छन् । अमेरिकामा कामदारका रूपमा रहेका नेपालीमध्ये अधिकांशले रेष्टुरेन्ट, खाद्यान्न स्टोर र ग्यास स्टेसनमा काम गर्दै आएका छन् । रेष्टुरेन्टमा काम गर्ने नेपालीको तुलनामा खाद्यान्न स्टोर र ग्यास स्टेसनमा काम गर्ने नेपाली सबैभन्दा बढी असुरक्षित हुने गरेका छन् । खाद्यान्न स्टोर र ग्यास स्टेसनमा नेपालीले क्लर्कका रूपमा काम गर्ने भएकाले लुटेराको निशानामा नेपाली पर्ने गरेका हुन् । व्यस्त सहरदेखि टाढा रहेका ग्यास स्टेसनबाट नगद लुट्नका लागि लुटेरालाई सहज हुने भएकाले अधिकांश लुटपाटका घटना ग्यास स्टेसनमा हुने गरेका छन् । अर्कातर्फ यस्ता असुरक्षित स्टोर र ग्यास स्टेसनमा दक्षिण एसियाका कामदार बढी रहेका छन् । त्यसमा पनि नेपाली र भारतीय बढी रहेका छन् । गैरकानुनी रूपमा अमेरिकामा बसोबास गरिरहेका अधिकांश नेपालीले बाध्यताका कारण ज्यान जोखिममा राखेरै भए पनि असुरक्षित स्थानमा सस्तोमा काम गरिरहेका छन् । पर्यटक भिसामा अमेरिका छिरी तीन महिनादेखि बाल्टिमोरमा काम गर्दै आएका प्युठानका राजीव जिसी भन्छन्, 'मासिक दुई हजार डलरका लागि राति ग्यास स्टेसनमा काम गरिरहेको छु, कहिले मरिने हो, ठेगान छैन ।'

किशोर पन्थी/ अमेरिका
साभार: नयाँ पत्रिका

Comments

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

यस लग्जरी मोटर होम देखे पछी....!

सं सारमा कुनै पनि असंभव छैन.. तपाईको शंका तब बदलिन्छ जब यस चलता-फिर्ता पांच तारे कार लग्‍जरी मोटर होमको अगाडी हुनेछ. हो, आकर्षक लुक बलियो इन्जिन क्षमताबाट सजिएको यस मोटर होम धेरै नै खास छ. यस अदभूत मोटर होम कारको निर्माण अस्ट्रियाको मार्ची मोबाईल्स कम्पनीले गरेको हो. यस मोटर भित्र प्रवेश पछी तपाईलाई अनुभूति हुनेछ कुनै फाइब स्टार होटलको लग्‍जरी रूमको हो. त्यति मात्र हैन भित्र राम्रो स्पेस को लागी यसमा फोल्‍डींग सिस्‍टमको प्रयोग पनि गरेको छ. आउनुस त्यस अदभूत मोटर होमको केहि चित्र हेरौं...   

मेराे बुबा पंचबहादुर दुवालकाे भिमरथाराेहन

एक पल्ट बाईक हेरी आनन्द लिने हो कि?