Skip to main content

फिल्मी खबर २०६६ को



फिल्म निर्माणमा अप्रत्यासित मात्रामा तीव्रता आए पनि गत वर्ष ०६६ ले नेपाली फिल्मको भविष्य उज्ज्वल हुने संकेत देखाएन । फिल्म निर्माणमा यस वर्ष पनि संख्या हावी भयो । वर्षांदेखि खड्कँदै गएको स्तरीय नेपाली फिल्मको अभाव ०६६ ले पनि पूरा गर्न सकेन । ०६६ को वैशाखदेखि चैत मसान्तमा डिजिटल र सेलुलोइड गरी ४२ वटा फिल्म सेन्सर पास भए भने ०६५ मा सेन्सर भएका समेत गरी त्यत्तिकै संख्यामा फिल्म प्रदर्शन भए । तर, आँैलामा गन्न सकिने फिल्मले मात्र मुनाफा आर्जन गर्न सफल भए । केहीले लगानीसम्म उठाए भने बाँकी फिल्म व्यावसायिक रूपले असफल रहे ।


डिजिटल प्रविधि हावी हुनाले इतिहासमै बढी संख्यामा फिल्म निर्माण भए । फिल्म धेरै बन्नाले प्रदर्शनका लागि हल पाउन निर्माता-निर्माताबीच हानाथाप नै पर्‍यो । एकैसाथ दुई/तीनवटा नयाँ फिल्म जुधाउनुपर्ने बाध्यताले गर्दा प्रदर्शित अधिकांश फिल्मले घाटाको व्यापार गरे ।

कुन फिल्म हिट ?

०६६ मा प्रदर्शित फिल्ममध्ये नायक श्रीकृष्ण श्रेष्ठको निर्माण र शिव रेग्मीको निर्देशनमा बनेको कहाँ भेटिएला सुपरहिट साबित भयो । कहाँ भेटिएलाले गरेको व्यापारको अनुपातमा अर्थापार्जन गर्न नसके पनि अर्का नायक निखिल उप्रेतीको निर्माण र सुरेश दर्पण पोखरेलको निर्देशनमा बनेको निशाना, गोविन्दा शाहीको निर्माण र दयाराम दाहालको निर्देशनमा बनेको कहाँ छौ कहाँ र डिजिटल प्रविधिको इकु दि जंगलम्यानले पनि व्यावसायिक सफलता हासिल गर्न सफल भए ।


वर्षान्तामा प्रदर्शनमा आएका ऋषि लामिछाने निर्देशित आफ्नो मान्छे आफ्नै हुन्छ, मदन घिमिरे निर्देशित दोस्ती र ज्ञानेन्द्र देउजा निर्देशित हिफाजतले पनि उल्लेखनीय व्यवसाय गरिरहेका छन् । बाटुली, रक्षक, धूम, अर्जुन देव तथा पहिलो-पहिलो मायाले भने औसत व्यवसाय गर्न सफल भए ।


ठूला बजेटका फिल्म असफल

०६६ को दसँताका ठूला बजेटका र निकै आशा गरिएका तीन फिल्म, छाडी गए पाप लाग्ला, कुसुमे रुमाल र मेरो एउटा साथी छ एकैसाथ प्रदर्शनमा आए । तर, अपशोच ! यी तीनवटै फिल्मले आशातीत व्यवसाय गर्न सकेनन् । निरक पौडेलले पुरानो कुसुमे रुमालको सिक्वेलस्वरूप नयाँ कुसुमे रुमाल निर्देशन गरे । नयाँ कसुमे रुमालले सिल्भर जुब्ली मनाएको तुलसी घिमिरे निर्देशित पुरानो कुसुमे रुमालको साख एकछेउ पनि जोगाउन सकेन ।

उज्ज्वल घिमिरेको निर्देशनमा बनेको छोडी गए पाप लाग्ला मोफसलमा असफल भयो । जसका कारण निर्देशक उज्ज्वलले अरूको लगानीमा फिल्म निर्देशन नगर्ने घोषणै गरे । प्रभुशमशेर राणाले निर्माण गरेको मेरो एउटा साथीको लगानी बढी भएकाले चर्चाअनुसारको व्यवसाय गर्न सकेन । तुलसी घिमिरे निर्देशित माया त माया हो फिल्म मोफसलमा असफल साबित भयो । विजय थापाको निर्देशनमा बनेको दाग नमेटिएको घाउले त झन् लगानीको आधा रकम पनि असुल गर्न सकेन ।

सफल निर्देशक

०६६ मा कहाँ भेटिएलाबाट निर्देशक शिव रेग्मी अब्बल निर्देशकमा दरिए । यही वर्ष उनले मह जोडीलाई लिएर आप्रवासी नेपालीको लागानीमा हासी देउ एक फेर र भुवन केसीको साथी म तिम्रो निर्देशन गरे ।

कहाँ छौ कहाँबाट दयाराम दाहाल निर्देशकका रूपमा सफल देखिए भने नेपाल र भारतको सीमा विवादको विषयमा नवल खड्काको निर्माणमा दसगजा फिल्म निर्देशन गरेर उनी चर्चामा आए ।

निशानाको सफलताले सुरेश दर्पण पोखरेललाई सम्भावना बोकेको निर्देशकका रूपमा परिचित गरायो ।

दोस्तीबाट मदन घिमिरे र हिफाजतबाट ज्ञानेन्द्र देउजाको कामको प्रशंसा भयो भने फिल्मले व्यावसायिक सफला हासिल गर्न नसके पनि 'मेरो एउटा साथी छ' का निर्देशक सुदर्शन थापाले आशलाग्दो निर्देशकीय क्षमता प्रस्तुत गरे ।

चलेका नायक

अभिनीत र प्रदर्शित फिल्म संख्याका आधारमा ०६६ मा राजेश हमाल अग्रस्थानमा रहे । सफलताका हिसाबमा भने श्रीकृष्ण श्रेष्ठ अगाडि रहे । त्यसपछि विराज भट्ट चले । यो वर्ष उनले उल्लेख्य मात्रामा नेपालीसहित भोजपुरी फिल्ममा पनि अभिनय गरे । विराज अभिनीत बाटुली, कहाँ छौ कहाँ, आफ्नो मान्छे आफ्नै हुन्छ र दोस्तीले व्यावसायिक सफलता हासिल गरे भने महान, इज्जतदार, सलाम छ मायालाई, तोड, नैना रेशम असफल भए ।

निखिल उप्रेती अभिनीत निशाना र दोस्तीबाहेक अधिकांश फिल्मले यो वर्ष घाटाको व्यापार गरे । उनी अभिनीत जिन्दगी, क्यारेङग्याङ २, माया त माया हो, दाग, कसलाई दिऊँ यो जोबनलगायतका फिल्म फ्लप भए । बितेको वर्षमा नायकहरू राजबल्लभ कोइराला, आर्यन सिग्देल, दिलीप रायमाझी, सुमन सिंह, नीरज बराल, सुमन सिंह र मुकेश ढकाल फिल्ममा व्यस्त भए ।

चलेका नायिका

विगतको वर्षझँ ०६६ मा पनि चल्तीको नायिकाका रेखा थापा नै पहिलो नम्बरमा परिन् । अभिनीत फिल्मको संख्याका आधारमा पनि उनी अन्य नायिकाभन्दा अगाडि परिन् । कहिले माओवादी नेता प्रचण्डसँग नाचेर त कहिले संसारकै होचा व्यक्ति खगेन्द्र थापालाई काखमा लिई म्वाइँ खाएर उनी चर्चित भइन् ।


वर्षान्तमा आफैँले निर्माण गरेको हिफाजत फिल्ममा लगाएको हरे राम हरे कृष्ण लेखेको गेरु बस्त्रका कारण उनको चर्चा चुलिएको छ ।


अर्की नायिका झरना थापा कहाँ छौ कहाँमा गरेको अभिनयबाट चर्चामा आइन् । ०६६ मा उनी अभिनीत आधा दर्जन फिल्म प्रदर्शनमा आए भने सोही साल चलचित्र प्राविधिक संघले आयोजना गरेको अवार्डमा म तिमीविना मरिहाल्छुबाट सर्वाेत्कृष्ट नायिकाको अवार्ड चुम्न सफल भइन् ।

अरुणीमा लम्साल आफ्नो मान्छे आफ्नै हुन्छमा नवनायक मुकेश ढकालसँग गरेको टङ किसका कारण चर्चामा आइन् भने उनी अभिनीत अन्य उल्लेखनीय फिल्म प्रदर्शन भएनन् । ०६६ मा सञ्चिता लुइँटेल, रेजीना उप्रेती, ऋचा घिमिरे, गरिमा पन्त पनि व्यस्त रहे । कहाँ भेटिएलाबाट नायिका बनेकी श्वेता खड्काले अर्काे फिल्म हासी देउ एक फेरमा पनि अभिनय गरिन् ।

स्रोत:

Comments

Popular posts from this blog

तेहृ वर्षिया बालिका सुत्केरी/ बुहारी स्वीकार गर्नुपर्ने भएपछि केटाको परिवार नै फरार

गुल्मी, भाद्र १९ - दलित किशोरीलाई बुहारीको रुपमा स्वीकार गर्नुपर्ने दबाब बढ्दै गएपछि यहाँको एक परिवार घर नै छोडेर फरार भएको छ । अन्तरजातीय विवाहको आशामा गरेको यौन सम्पर्कबाट रहेको गर्भबाट किशोरीले भने शनिवार जिल्ला अस्पतालमा बच्चा जन्माएकी छन् । धुर्कोट बस्तु गाविस-३ का टामलाल पाण्डेको परिवार गाउँकै दलित युवतीलाई बुहारीको रुपमा स्वीकार गर्नुपर्ने भएपछि शुक्रवारदेखि फरार छन् । अन्तरजातीय विवाहको प्रलोभन देखाई पाण्डेका १८ वर्षिय छोरा रामचन्द्रले गाउँकै दलित किशोरीसंग गत मंसिर देखि यौन सम्पर्क गर्दै आएको बताइएको छ । किशोरीको उमेर सुत्केरी हुने दिनसम्ममा १३ वर्ष ७ महिना पुगेको छ । किशोरीकी आमा सुमित्रा नेपालीका अनुसार युवती गत मंसिरमा पहिलो पटक रजस्वला भएकी थिइन । त्यसपछि रजस्वला नभएकाले गर्भ मंसिर महिना कै भएको अनुमान अस्पतालले गरेको छ । युवतीले माघ महिनामा गर्भ रहेको बताउँदै आएकी थिईन । प्रसव पीडाले च्यापेपछि शनिवार अस्पताल भर्ना गरिएकी उनले अस्पतालमै छोरी जन्माएकी छन् । बच्चाको स्वास्थ्य राम्रो रहेको अस्पतालले जनाएको छ ।

राजमार्गमा यौन !

कवि बुद्धिसागर फिल्म हेर्न जय नेपाल हल पुगेछन् । फिल्म सुरु हुनुअघि टाइटानिकको संगीतमिश्रति धुन भएको कन्डमको विज्ञापन बजेछ । बुद्धिसँगै बस्ने केटोले एउटी केटीलाई कोट्याउँदै भनेछ हेर त, तिम्रो विज्ञापन बज्यो ।' बुद्धि झस्किएछन् । थाहा भयो, ती तिनै युवती रहिछिन् जो हलको ठूलो पर्दामा कन्डमको विज्ञापनमा छाएकी छिन् र त्यो विज्ञापन हेर्दै हलका केटाहरू गल्लल हाँस्दै छन् । कन्डमको विज्ञापनमा छाएकी ती नायिका नम्रता श्रेष्ठ लाजले रातो भइछिन् । 'ती यति लजाइन् कि भनिसाध्य छैन,' बुद्धिले सुनाए, 'कन्डमको विज्ञापनमै देखिने केटी त कन्डमबाट यति लजाउँछिन् भने अरूको हालत के होला ?' हामीलाई खोज्नु थियो- के तन्नेरी पुस्ता यौनमा उदार छ ? 'यौन चाहना सबैमा हुन्छ, कसैले लुकाउँछन् कसैले खुल्ला देखाउँछन्,' विनीताले उदार भएर बोलिन्, 'हामीले आफ्नो 'बेड रिलेसनसिप'बारे पनि खुलेर भन्न सक्नुपर्छ ।' अहिलेकी 'हट' मोडल विनीता साथीहरूसँग यौनका बारेमा कति खुलेर कुरा गर्छिन् त ? 'यौनबारे साँच्चै खुलेर कुरा गर्नुपर्छ, म यौनमा खुल्न रुचाउँछु । साथीहरूसँग आफूलाई भएको यौन...

मानव र रोबोटको: भविष्य एक दृष्टि

भबिश्य अहिले सम्म लेखेको छैन र कसलाई थाहा छ कि मौषम रोबोट ले खतरा गरिरहेको छैन। के सुनिश्चत गर्नकोलागि हो कि मानव, जिज्ञासा प्राणी भएको नाताले, रोबोतको नयां पीढिको विकास हुन्छ। रोवोट र अन्य उच्च प्रदर्शन जहिले पनि मानबको लागि एऊटा बिशाल हितकोलागि गरेको थियो। बैज्ञानिकहरुको एउटा ठुलो समुहले प्रयोगशालामा आफ्नो पुरा जिवन बिताएको छ एऊटा उध्देश्यको साथ बाहिर अभिनव योजनाको काम छ, उनलाई बिकसित र केहि गुणात्मक सर्वोच्च रैंकिग रोबोट बनाऊँ। यस मनोरंजन प्रकिया तकनीकी धक्का हो कि दुनिया भरको बैज्ञानिकको प्रतिभाशाली र स्पष्ट Intellect को एक नंबरको प्रयासले गर्दा ठाऊँ लियो र साथै आफ्नो चरम सम्म पुग्यो। यस क्षेत्रमा सब भन्दा हडताली सफलता पूर्वक कल्पनालाई यथार्थमा परिनत गराई दिन्छ र रोबोटको एक ठुलो संख्याले मानवको सेवा गरिरहेको छ। आदेशमा काम गर्ने प्रक्रियाको स्वचालित बनाऊनको लागि या विनिर्माण, यो त मानवलाई अझ रोबोटको पक्षमा इस जिवनको एक साथ पिठमा बोकी जानु जस्तो हुन्छ। जिवनको केहि क्षेत्रमा पनि परस्पर विनिमय गरिरहेको छ त्यसमा कसलाई थाहा छ की यस बिरोधी Human र Robots रुपान्तर गर्छ। त्यहाँ दुई Perc...