Skip to main content

युवकको कुटेर हत्या

आश्विण ३ गते शुक्रबार ललितपुर
दशैंका लागि प्रहरीले विशेष सुरक्षा योजना लागू गरेकै दिन राजधानीमा एक युवकको कुटीकुटी हत्या गरिएको छ।

शुक्रबार राति करिब ११ बजे ललितपुरको इमाडोलस्थित घरतर्फजाँदै गर्दा ३३ वर्षीय अरुण महर्जनलाई ९ जना युवकले ढुंगाले कुटीकुटी हत्या गरेका थिए। पञ्चकन्या ग्रुपको चालक महर्जन पुल्चोकबाट साइकल चढी घरतर्फजाँदै गरेका थिए। ग्वार्को पुलनजिक पुगेपछि एक युवकलाई साइकलले ठक्कर दिएपछि उनीमाथि कुटपिट शुरु गरेका थिए।

एकाएक ९ जना युवकले साइकलको चेन र ढुंगाले कुटपिट गरेपछि घाइते भएका उनको मध्यरातमा पाटन अस्पतालमा मृत्यु भएको थियो।
कुनै रिसइबी नभएका अरुण महर्जनलाई टाउकोमा बीभत्स रूपमा ढुंगा प्रहार गरेका थिए। उनको टाउको नराम्ररी फुटी गिदी निस्किएको अवस्थामा अस्पताल पुर्याइएको थियो।

घटना भएको एक घण्टापछि घटनास्थलमा पुगेको प्रहरी प्रभाग मंगलबजारका प्रहरी निरीक्षक रेशमबहादुर पराजुलीको टोलीले मुख्य अभियुक्त दिलन महर्जनलगायत ३ जना युवकलाई रगत लत्पतिएको हातसहित पक्राउ गरेको थियो।

मादक पदार्थ सेवन गरेका ती युवक भाग्दै गरेको अवस्थामा ग्वार्कोमा पक्राउ गरिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको बताउँदै ललितपुर प्रहरी परिसर प्रमुख केदारमान सिंह भण्डारीले हत्याको अभियोगमा ९ जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो।
साभार

Comments

Popular posts from this blog

यस लग्जरी मोटर होम देखे पछी....!

सं सारमा कुनै पनि असंभव छैन.. तपाईको शंका तब बदलिन्छ जब यस चलता-फिर्ता पांच तारे कार लग्‍जरी मोटर होमको अगाडी हुनेछ. हो, आकर्षक लुक बलियो इन्जिन क्षमताबाट सजिएको यस मोटर होम धेरै नै खास छ. यस अदभूत मोटर होम कारको निर्माण अस्ट्रियाको मार्ची मोबाईल्स कम्पनीले गरेको हो. यस मोटर भित्र प्रवेश पछी तपाईलाई अनुभूति हुनेछ कुनै फाइब स्टार होटलको लग्‍जरी रूमको हो. त्यति मात्र हैन भित्र राम्रो स्पेस को लागी यसमा फोल्‍डींग सिस्‍टमको प्रयोग पनि गरेको छ. आउनुस त्यस अदभूत मोटर होमको केहि चित्र हेरौं...   

मेराे बुबा पंचबहादुर दुवालकाे भिमरथाराेहन

एक पल्ट बाईक हेरी आनन्द लिने हो कि?