बिर्सनु नै थियौ भने मलाई
फेरी आफ्नो किन बनाईयौं?
मलाई छोडी जानु नै थियौं भने
मायामा बिश्वास किन दिलाइयौं?
एउटा बाटो बिर्सेको बटुवालाई
फेरी आफ्नो किन बनाईयौं?
मलाई छोडी जानु नै थियौं भने
मायामा बिश्वास किन दिलाइयौं?
एउटा बाटो बिर्सेको बटुवालाई
साहारा दिएर, झुट्ठो आश्वासन
तिमीले किन दिएका थियौं?
बाढी ल्याऊनु थियौ भने
बाढी ल्याऊनु थियौ भने
प्रेममा यदि,
डुब्न बाट मेरो नाउ
डुब्न बाट मेरो नाउ
किन बचाएका थियौं?
तोड्नु नै थियौ एक दिन
तिमिले प्रेम को बन्दन,
आफ्नो अन्जानता को
आफ्नो अन्जानता को
नाटक किन गरेका थियो?
बिगतका कुरा सम्झि
बिगतका कुरा सम्झि
अब किन गर्छौ पश्चाताप,
यस्तो बेदर्द सँग प्रेम
यस्तो बेदर्द सँग प्रेम
तिमिले किन गरेका थियौ?
Comments
Post a Comment