'नेवार Newars' समुदाय साँस्कृतिक रुपले निकै सम्पन्न छ । यो एक अल्पसंख्यक जाति हो । काठमाण्डौं उपत्यका मूलथलो भएका यिनीहरुको जातिगत धारणामा विज्ञहरु अल्मलिएका छन् । कसैकसैले यिनीहरुका पूर्खाहरु किराँत लिच्छवी हुन् भनेका छन् भने कसैकसैले यिनीहरुमा आर्य, मंगोल र आस्टे्रलाइट आदिवासीहरुको सम्मिश्रण रहेको छ भनेका छन् । नेवार जातिमा विशेष जानकार राख्ने लुसियानो पेटेज, वान्र्डर्फ डा. राजेश गौतम, ओलफिल्ड लगायतका जानिफकारहरु आ-आफ्नै मत प्रस्तुत गर्छन् । अझै पनि नेवारहरु तिब्बतबाट नेपाल आएका मानिस र भातबाट नेपाल आएका मानिसको सम्मिश्रणबाट उत्पति भएका जाति हुन, नेवारहरुको आदिमस्थल दक्षिणको 'नायर' प्रदेश हो र कर्नाट वंशीय राजा नान्यदेवका साथ नेपाल आएका हुन्, भन्ने धारणा रहेको छ ।
कहाँसम्म त्यो सत्य हो खोजीको विषय हुनजान्छ । अझ कसैकसैले त नेवारहरु जनजाति नभएको र यिनीहरु खासगरी भारतीय र तिब्बतीमूलको मिश्रणबाट बनेको एक नयाँ समुदाय हो भनेका छन् ।साँच्चै, नेवार समुदाय जनजाति हुन कि होइनन् ? आफुहरु जनजाति हो कि होइन ? भन्नेमा स्वयम् नेवारहरु नै अल्मलिएका छन् । तत्कालीन श्री ५ को सरकारको 'राष्ट्रिय जनजाति उत्थान प्रतिष्ठान' कार्यदलले नेपालका ६१ जनजातिहरुलाई समेटेर तयार पारेको प्रतिवेदनमा नेवार जातिलाई पनि जनजातिमा समाविष्ट गरेको थियो तर पछि संसदमा नेवारहरुले आफुहरुलाई जनजातिको सूचीमा राखेकोमा आपत्ति जनाएपछि नेवार समुदायलाई जनजाति सूचीबाट हटाइएको थियो । अचम्म के छ भने ! नेवारहरुको एक समुहले आफुहरु जनजाति होइन भनि जनजातिको सूचीबाट हटाउन लगाए भने नेवारहरुकै अर्को समुहले नेवारहरुलाई जनजातिभित्रै राखिनुपर्ने माग गरे । झन् नेवारहरुको 'नेपालभाषा मंकाखलः' भन्ने जातिय संस्थाले त आफुहरुलाई जनजातिमा समेटिनुपर्ने भन्दै जनजाति महासंघमा आफुलाई आवद्ध गराइसकेको छ । भलै, जाति र जनजाति कस्तालाई भन्ने बारे अस्पष्ट रहेका बेला दाङ देउखुरीका मधुसुधन पाण्डेद्वारा लिखित पूस्तकमा नेवारहरु ब्राहृमण(जोशी, गुरुवाचार्य)देखि शुद्र(पोडे, कसाई, कुचीकार)सम्म रहेकाले उनिहरुलाई जनजाति भन्न नहुनेमा तर्क प्रस्तुत गरेका छन् । खयर जे होस् यो टाँसोमा नेवार जातिहरुको चिनारी प्रस्तुत गर्ने जमर्को गर्छु ।नेवार समुदायमा पेशाका आधारमा जात र थरहरु छुट्याइएका छन् । ब्यापार तथा व्यवसायलाई सधैंभरि आफ्नो पेशा मान्दै आएकोलाई तुलाधर, तण्डुकार, इट्टा, झिंगटी, टायल पोल्नेलाई अवाले, माटाका भाडाकुडाँका साधनहरु बनाउनेलाई कुमाले, मिठाईजन्य पदार्थ बनाउनेलाई मधिकःमी, नर्सरी तथा फूलबारीमा काम गर्नेलाई माली, प्रायः खेतबारीमा खेतीपातीको काम गर्नेलाई ज्यापु, तोरीको तेल पेल्ने अर्थात तेलहनका व्यवसाय गर्नेलाई सायमी र मानन्धर, फलामजन्य क्रियाकलाप गर्नेलाई नकःमी र कौले, कपाल अथवा केश काट्नेलाई नापित, चित्र लेख्ने र कोठा रंगाउनेलाई चित्रकार, लुगामा रङ्ग लगाउनेलाई रजितकार, बाजा बजाउन जान्ने र लुगा सिउनेलाई कुम्ले, मासुका कारोबार गर्नेलाई खड्गी, चर्पी सरफाई गर्नेलाई सुवर्णकार, पुरोहित कर्म गर्नेलाई गुभाजु, बज्राचार्य, वरे र शाक्य र काँससम्बन्धी कारोबार गर्नेलाई कंसकार भनिन्छ । त्यसैगरि नेवार समुदायभित्र राजोपाध्याय, देउवाहुन, भटुवाहुन, झावाहुन, प्रधान, मल्ल, मास्के, अमात्य राजभण्डारी, वैद्य, श्रेष्ठ, डंगोल, सुवाल, मानन्धर, पुतवार, दली, कुलु, द्योला, च्याखंल, हालाहुल लगायतका थरहरु रहेका छन् ।विं.सं २०४८ सालको जनगणनाअनुसार ५ लाख १९ हजार १ सय १५ पुरुष र ५ लाख २१ हजार ९ सय ७५ महिला गरि १० लाख ४१ हजार ९० नेवार जनसंख्या रहेको छ । त्यसैगरि वि.सं. २०५८ सालको जनगणनाअनुसार १२ लाख ४५ हजार २ सय ३२ जनसंख्या उल्लेख छ । नेवार समुदायको आफ्नै भाषा लिपि रहेको छ । नेपालभर नेवारी भाषा बोल्नेहरुको संख्या ६ लाख ९० हजार ८ रहेको आँकडाले देखाएको छ । यद्यपि कहिँकहिँ यिनीहरु क्षेत्रीय भाषा बोल्ने गर्दछन् त्यसैले होला हाल नेवारहरु आफ्नो भाषा बिर्सने क्रममा छन् । नेवारहरुको लिपिलाई 'रञ्जना लिपि' भनिन्छ । शिक्षाको क्षेत्रमा नेवार जाति अन्य जाति भन्दा निकै अघि छन् । नेवार समुदाय शिक्षित भएकै कारणले होला यिनीहरु हरेक ठाउँमा अघि छन् । नेवारहरुले मुख्य पेशाका रुपमा व्यापार र व्यवसायलाई अंगाल्दै आएका छन् । जहाँजहाँ शहरीकरणको प्रभाव परेको छ त्यहाँत्यहाँ नेवारहरुको वर्चस्व कायम छ भन्दा फरक नपर्ला । नेवार समुदायमा साँस्कृतिक विविधता छ । यिनीहरुका लागि जात्रा पर्व र भोज कुनै नौलो कुरा होइन । यिनिहरु बिभिन्न धार्मिक तथा देवीदेवताका नाच नाच्छन् । यिनीहरु चैत महिनामा घोडेजात्रा, सेतो मच्छिन्द्रनाथको जात्रा, बैशाख-जेष्ठमा रातो मच्छिन्द्रनाथको जात्रा, भोटो जात्रा, श्रावणमा गाईजात्रा, भदौंमा इन्द्रजात्रा, कुमारी जात्रा, चैत मशान्त र बैशाख संक्रान्तिमा बिस्केट जात्रा, ठिमी जात्रा, दुईमाज्यूदेवी जात्रा, चण्डेश्वरी जात्रा, इन्देश्वरी जात्रा, बाह्रवर्षे जात्रा, पलाञ्चोक भगवति जात्रा, त्रिशूल जात्रा, प्रेत चतुर्दशी जात्रा, हरिसिद्धी लगायतका जात्राहरु निकाल्ने गर्दछन् । त्यसैगरि यिनीहरु जेष्ठ महिनामा सिठीनखः, बैशाख महिनामा मातृऔंशी, द्यगुपूजा, भदौंमा पितृऔंसी, गणेश चथा, कार्तिकमा 'म्ह' पूजा, नेपाल संम्बत् लगायतका चाडपर्वहरु धुमधामका साथ मनाउने गर्दछन् ।नेवार समुदायको बैवाहिक विधि निकै रोचक छ । नेवार समुदायमा बिवाह गर्दा जात छुट्याइने गरिदैन । प्रेम बिवाहमा जात तलमाथि भएपनि मागी बिवाहमा भने तलमाथि पारिने गरिदैन । नेवार बालिकाहरु ७ देखि ९ वर्षमा 'बेल(फल)' सँग विबाह गरिदिने प्रचलन छ यिनीहरुमा । सानै उमेरमा नेवार बालिकाहरुको बेलसँग बिवाह गरिदिने हुनाले उनिहरु कहिल्यै विधुवा नहुने धारणा राख्छन् । बिवाह गर्दा उनिहरु एउटा सुपारी साथै राख्ने गर्दछन् । केही गरी श्रीमान्को मृत्यु भए सुपारी फिर्ता गरी ‘पारपाचुके’ गरिने प्रचलन छ । यिनीहरुका लागि पारपाचुके गर्ने कुनै समय हुँदैन । श्रीमानको शव अन्तिम संस्कारका लागि लगिरहेको बेलामा श्रीमतिले झ्यालबाट सुपारी खसालीदिए पनि पारपाचुके हुने गर्दछ यति सम्म कि चितामा श्रीमानको शव जलिरहेको अवस्थामा लासमाथि सुपारी राखिदिए पनि पारपाचुके हुने गर्दछ । पारपाचुके गर्ने/नगर्ने निर्णय पूर्ण श्रीमतिमा निहित हुने गर्दछ । पारपाचुके गरिसकेको नारीलाई नेवार समुदाय पुनः कन्याका रुपमा बिवाह गरिदिने गर्दछन् । नेवार समुदाय बिवाहका लागि धेरै समय लगाउने गर्दछन् । यिनीहरुको बैवाहिक विधि झन्झटिलो हुने गर्दछ ।नेवार समुदाय जति साँस्कृतिक कर्मकाण्डमा धनि छन् त्यति नै अन्धविश्वासी पनि । यिनीहरु लाखे र भूतलाई विशेष स्थान दिन्छन् । नेवारी भाषामा राक्षसलाई 'लाखे' र भूतलाई 'ख्या' भन्ने गर्दछन् । जनकलाल शर्माको 'हाम्रो समाज एक अध्ययन' भन्ने पुस्तकका अनुसार कोही व्यक्ति आफ्नो शिर काटेर मर्यो भने त्यो 'मुलकता ख्या' भन्ने भूत बन्छ । कोही व्यक्ति आत्महत्या गरेर, धेरै पीडा सहेर वा अगति परेर मर्यो भने त्यो 'अगतित्वों ख्या' भन्ने भुत बन्छ । घरभाडा बस्ने मान्छे मर्यो भने त्यो 'सीक अगति ख्या' भन्ने भूत बन्छ । घरघरमा ढुङ्गा हान्ने भूतलाई 'हानाछें ख्या' भनिन्छ । मध्यरातमा चल्ला जस्तै कराएर केटाकेटीलाई तर्साउने भूतलाई 'भूजिंखा ख्या' भनिन्छ । बाटामा एक्लै हिँडेका बेला नामै लिएर बोलाएर तर्साउने भूतलाई 'नाँ-सु-ख्या' भनिन्छ । यसरी नेवार समुदाय भूतप्रेतमा विश्वास गर्ने गर्दछन् त्यसैले उनिहरुले आफ्नै भाषामा तिनीहरुको नामाकरण गरेका हुन् ।नेवार समुदाय हिन्दू, बौद्ध, क्रिस्चियन, धर्म मान्ने भएकाले यिनीहरु आ-आफ्नौ धार्मिक विधिद्वारा मरेकाको अन्तिम संस्कार गर्ने गर्दछन् । हिन्दू धर्म मान्ने नेवार समुदायहरु सेतो कपडा लगाएर १३ औं दिनमा चोखिन्छन् ।
श्रोत: खसखस

त्यति पुर्ण लेख भएन जस्तो लाग्यो
ReplyDelete