Friday, May 3, 2019

धेरै दिन पछिको आगमन र धेरै बर्ष पछिको मिलन

मान्छेको ईच्छा शक्ति पनि अनौठो नै हुन्दो हो। कहिले हरेक दिन जसो म ब्लोगमा पोष्ट गर्ने गर्थे। र आज फेरि धेरै दिन पश्चातको आगमन हुन्दै छु र धेरै बर्ष पछि अचानक कुनै पार्टीमा मिलन भएका बाल साथिहरु संगको केही फोटो लिएर आउन्दै छु.....






Friday, June 14, 2013

यस लग्जरी मोटर होम देखे पछी....!

संसारमा कुनै पनि असंभव छैन.. तपाईको शंका तब बदलिन्छ जब यस चलता-फिर्ता पांच तारे कार लग्‍जरी मोटर होमको अगाडी हुनेछ.
हो, आकर्षक लुक बलियो इन्जिन क्षमताबाट सजिएको यस मोटर होम धेरै नै खास छ. यस अदभूत मोटर होम कारको निर्माण अस्ट्रियाको मार्ची मोबाईल्स कम्पनीले गरेको हो. यस मोटर भित्र प्रवेश पछी तपाईलाई अनुभूति हुनेछ कुनै फाइब स्टार होटलको लग्‍जरी रूमको हो. त्यति मात्र हैन भित्र राम्रो स्पेस को लागी यसमा फोल्‍डींग सिस्‍टमको प्रयोग पनि गरेको छ. आउनुस त्यस अदभूत मोटर होमको केहि चित्र हेरौं... 
 

Saturday, September 15, 2012

अमेरिकामा नेपाली नटवरलाल 'नेपाली डार्क प्रिन्स'


हिले एक नेपाली अमेरिकाभर चर्चामा छन्। अमेरिकाका अधिकांश अखबार, टेलिभिजन तथा अनलाइन मिडियामा अहिले तिनै ने पालीको चर्चा छ। उनले त्यस्तो अपराध गरेका छन् कि अमेरिकी अदालतले उनलाई जन्मकैदकै सजाय सुनाएको छ। यसरी आजीवन  कारावासको सजाय पाउने नेपाली हुन्- कौशल निरौला। उनका ठगीसम्बन्धी केही मुद्दा अझै अदालतमा विचाराधीन छन्। 

३१ वर्षीय कौशल निरौला अमेरिकामा विगत लामो समयदेखि 'नेपाली डार्क प्रिन्स' को उपनामले चर्चित थिए। उनलाई गत शुक्रबार अमे रिकाको सान फ्रान्सिस्कोस्थित एक अदालतले हत्यारा घोषित गर्दै जन्मकैदको सजाय सुनाएको छ। सोही हत्याको आरोपमा ३० वर्षीय अमे रिकी नागरिक ड्यानियल गार्सियाले पनि जन्मकैद पाएका छन्। 

नेपालमा राजदरबारसँग साँठगाँठ छ भन्दै हिँडेका कारण 'डार्क प्रिन्स' को उपनामले बढी चिनिने कौशल र गार्सियाले सन् २००८ को डिसे म्बर ५ का दिन ७४ वर्षीय अमेरिकी नागरिक क्लिफोर्ड लाम्बर्टको हत्या गरेको आरोप प्रमाणित भएपछि उक्त सजाय सुनाइएको हो। अमे रिकास्थित सान फ्रान्सिस्को क्रोनिकलले जनाएअनुसार कौशलले ती वृद्ध व्यक्तिको हत्या गर्न दुई अमेरिकी नागरिक ६१ वर्षीय डेबिड रेप्लोगल  तथा २८ वर्षीय मिगेल बुस्टामेन्टलाई ३० हजार अमेरिकी डलरको 'सुपारी' दिएका थिए। डेबिड र मिगेललाई सन् २०११ जनवरी ३ कै दिन  अदालतले हत्यारा प्रमाणित गरी उनीविरुद्ध जन्मकैद सुनाइ सकेको छ। 

यस्तो छ पृष्ठभूमि

न्यू-कलेज अफ क्यालिफोर्नियाका प्रमुख मार्टिन मार्निल्ट आफ्नो सानो विद्यालयलाई ठूलो बनाउन चाहन्थे। उनले त्यसलाई अन्तर्राष्ट्रिय स्तरको  बनाउने योजना बनाए। लगत्तै उनले मार्केट स्टि्रटमा सन फ्रान्सिस्को स्टेट युनिभर्सिटी स्थापना गरे। त्यसक्रममा उनको भेट एक आकर्षक  युवकसँग भयो जसले उनलाई उनका सपनाहरू पूरा गराउने वचन दिए। ती सुन्दर युवक कौशल निरौला नै थिए। उनी हेर्दा जति स्मार्ट दे खिन्थे, व्यवहारमा त्यति नै फटाहा निस्किए। आफैं कंगाल कौशलले सन् २००२ तिर मार्टिनलाई लाखौं डलर चन्दा दिने बताए। त्यसका लागि  कौशलले आफ्नो विद्यार्थी भिसा लम्ब्याउनुपर्ने सर्त राखेका थिए। सर्तअनुसार कौशलको विद्यार्थी भिसा त लम्बियो तर उनले चन्दा दिने नामै  लिएनन्। कौशलले नेपालमा माओवादी द्वन्द्व चर्किरहेकाले नेपालबाट पैसा मगाउन समस्या भएको भन्दै टारिरहे। कतिसम्म भने उनले आफूलाई  नेपालको शाही परिवारको प्रतिनिधि बताए। कौशलले आफूलाई नेपालको परराष्ट्र मन्त्रालयको कर्मचारीसमेत बताएका थिए। 

को हुन् कौशल निरौला ? 

कौशल निरौला कुनै बेला नेपाली एक्सजेन्ज स्टुडेन्ट भिसाअन्तर्गत अमेरिका पुगेका सामान्य विद्यार्थी हुन्। विद्यार्थी भिसामा अमेरिका पुगे पनि  उनी लामो समयदेखि विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहँदै आएको विभिन्न अखवार तथा अनलाइन मिडियाहरूले जनाएका छन्। वृद्ध  क्लिफोर्डको हत्या प्रकरणमा लामो समयदेखि मुद्दा चलिरहेको थियो जसका बारेमा अमेरिकाका थुप्रै समाचारमाध्यमले लगातार समाचार  प्रकाशित गर्दै आएको पाइन्छ। अमेरिकी गुप्तचर संस्थाले संकलन गरेको विवरणअनुसार कौशल निरौला नेपालको मध्यम वर्गीय परिवारमा  हुर्किएका युवक हुन्। काठमाडौंमा उनले जेभियर स्कुल तथा काठमाडौं एकेडेमीमा अध्ययन गरेको बताएका छन्। उनले काठमाडौंमा छँदा  आफूलाई साथीहरूले 'काउली' उपनामले जिस्क्याउने गरेको पनि उल्लेख गरेका छन्। काठमाडौंमा 'बस्नै नसक्ने'  अवस्था भएपछि उनी ठूलो  लक्ष्य लिएर अमेरिका उडेका थिए। अमेरिका पुग्नेबित्तिकै कौशलले आफू नेपालको सम्भ्रान्त परिवारको सदस्य भएको बताएका थिए। कौशलले  आफूलाई उच्च परिवारको भनेर ढाँटेका कुरा त्यहाँ कसैले पत्तो पाएनन्। उनीसँग अध्ययन गर्ने साथी तथा उनले काम गर्ने ठाउँका कमर् चारीहरूले उनलाई 'लिटिल प्रिन्स' भनेर बोलाउन थाले। त्यही क्रममा हेमिल्टन तथा कौशलबीच अप्राकृतिक यौन सम्बन्ध पनि गाँसियो।  साराटोगा रियल स्टेटका सेल्सम्यान मार्क इभान्सका अनुसार उनी र हेमिल्टनले कौशललाई सहयोगको आवश्यकता भएको महसुस गरेका  थिए। कौशलले पनि आफू सधैं सहयोगको खोजीमा रहेको कुरा बताइरहे।