Skip to main content

Posts

Showing posts from August 22, 2010

नेपालीलाई अमेरिकामै खतरा !

गैरकानुनी रूपमा अमेरिकामा बसोबास गरिरहेका अधिकांश नेपाली बाध्यताका कारण ज्यान जोखिममा राखेरै भए पनि असुरक्षित स्थानमा काम गरिरहेका छन् ** खाद्यान्न स्टोर चलाउँदै आएका काठमाडौँ साँखुका ४० बर्षीय सुरेन्द्र डंगोलको लुटेरा समूहबाट गोली हानी हत्या *** खाद्यान्न स्टोरमा काम गरिरहेकै वेला आक्रमणकारीको छुरा प्रहारबाट जसबहादुर राई सख्त घाइते, उपचारका क्रममा अस्पतालमा मृत्यु **** खाद्यान्न स्टोर चलाउने रवीन्द्र शर्मामाथि गोली प्रहार, उपचारका क्रममा मृत्यु ह त्याका समाचार सुन्दा-सुन्दा अभ्यस्त भइसकेका नेपालीलाई यस्ता समाचारका शीर्षक नयाँ नलाग्न सक्छ । दिनप्रतिदिन असुरक्षित बन्दै गएको नेपालमा गोली प्रहार र हत्याका समाचार नआएको सायद कुनै दिन नै हँुदैन । तर, यी समाचारका शीर्षक नेपालमा भएका हत्याका घटना होइनन्, नागरिक सुरक्षाका लागि उच्च सतर्कता अपनाइने भनिएको संयुक्त राज्य अमेरिकामा भएका घटना हुन् । नेपालमा असुरक्षा र राजनीतिक अस्थिरता कारण नेपाली बिदेसिने क्रम पनि बढ्दो छ । तर, विदेशिएका नेपालीहरूले अमेरिकामा समेत आफूलाई सुरक्षित महसुस गर्न सकेका छैनन् । माथि उल्लिखित हत्या घटना वर्ष दिनको अवधिम

बिर्सन नसकेका क्षण

त्यो मिलनका पहिलो दिन तिमीलाई नभेटेको पनि आज युग बिटे जस्तो , जति हाँस्ने कोशिस गर्छु त्यति पिडाले छट्पटी भए जस्तो , मनमा खडेरी त पर्ने नै भए ‘ साथ ’ तिमि नभए पछि। संगै हुंदा कति रमाई हाँसि खुसी आफ्नै दुनियामा लिप्त हुन्थे। तर आज , मात्र तिम्रो याद बाँकी छ , अरु सबै कल्पना मै सिमित भो। कति खुशी थिए त्यो दिन हामी घण्टौ सम्म सुख दुख:का कुराहरु गर्दै हाँसखेलमै समय बिताऊन्थे। घाँम पानी पनि नभन्दै मोटर बाईकमै टाढा टाढा सम्म घुम्दै पुग्थे। कहिले सारा दिन माया प्रितीका कुरा गर्दै कोठामै बसी समय बिटाउथे। बिटेका कुराहरु सम्झिन्दा केहि बेर मन हल्का त हुन्छ , तर त्यस यादले छोडे पछि मुटुमा पिडा झन बढ्डो रहेछ। आज पनि मलाई याद छ , त्यो हाम्रो मिलनका पहिलो दिन …….. तिम्रै गाऊँको एउटा मन्दिरको आंगनमा , एकजना साथिको साथमा मलाई भेटने भनी एउटा ठुलो चौरमा मेरो पर्खाईमा (सायद त्यस गाऊँको फुटवल ग्राऊड होला) बायाँ हातले छाता समाऊँदै अर्को दायाँ हातले मोबाईल समाई फोन गर्दै यता उता हेर्दै   थिईन तिमी...।   मोबाईलको घण्टी बजेको सुनी मैले मेरो बाईक त्यही रोकी पकेटबाट मोबाईल झिकी हे

मैले जुन र जुनेलीको आश गरेका थिए

मैले जुन र जुनेलीको आश गरेका थिए तर रातको अंध्यारो बाहेक केहि पाएन म त्यो गीत हुं जसले संगीतको धुन पाएन म त्यो बटुवा हुं जसले कुनै गंन्तब्य पाएन ममता अनि कुनै आंचलको साहारा छैन बाटोमा कुनै चहकिलो जुनेली पनि छैन मेरो मनले, एक नजरको आश गरेका थिए मैले जुन र जुनेलीको आश गरेका थिए मनमा अनेकन असफल आशाको बसेरा पाए उज्यालो देखी निस्केका थिए सबै अंध्यारो पाए रंगीन अनि चम्किलो प्रकाशको आश गरेको थिए मैले जुन र जुनेलीको आश गरेका थिए जुन कुरा तिमीमा छ त्यो तिम्रो तस्बीरमा छैन रंगमा तिम्रो रंग मिलाऊदा एउटा तस्बीर बन्यो तिमी सित साहाराको आशा गरेका थिए मैले जुन र जुनेलीको आश गरेका थिए दुनियामा त्यस्तो कुनै चिज छैन तिमी जस्तो आज फेरी एक चोटी आऊ मेरो अगाडी यस्तो आफ्नै मायालुको काखको आश गरेका थिए मैले जुन र जुनेलीको आश गरेका थिए