Skip to main content

बिर्सन नसकेका क्षण

त्यो मिलनका पहिलो दिन


तिमीलाई नभेटेको पनि आज युग बिटे जस्तो,
जति हाँस्ने कोशिस गर्छु त्यति पिडाले छट्पटी
भए जस्तो,
मनमा खडेरी त पर्ने नै भए साथतिमि नभए पछि।
संगै हुंदा कति रमाई हाँसि खुसी आफ्नै दुनियामा
लिप्त हुन्थे।
तर आज, मात्र तिम्रो याद बाँकी छ,
अरु सबै कल्पना मै सिमित भो।
कति खुशी थिए त्यो दिन हामी
घण्टौ सम्म सुख दुख:का कुराहरु गर्दै
हाँसखेलमै समय बिताऊन्थे।
घाँम पानी पनि नभन्दै मोटर बाईकमै टाढा टाढा सम्म घुम्दै पुग्थे।
कहिले सारा दिन माया प्रितीका कुरा गर्दै कोठामै बसी समय बिटाउथे।
बिटेका कुराहरु सम्झिन्दा केहि बेर मन हल्का त हुन्छ,
तर त्यस यादले छोडे पछि मुटुमा पिडा झन बढ्डो रहेछ।

आज पनि मलाई याद छ, त्यो हाम्रो मिलनका पहिलो दिन……..
तिम्रै गाऊँको एउटा मन्दिरको आंगनमा, एकजना साथिको साथमा मलाई भेटने भनी एउटा ठुलो चौरमा मेरो पर्खाईमा (सायद त्यस गाऊँको फुटवल ग्राऊड होला) बायाँ हातले छाता समाऊँदै अर्को दायाँ हातले मोबाईल समाई फोन गर्दै यता उता हेर्दै  थिईन तिमी...।
  मोबाईलको घण्टी बजेको सुनी मैले मेरो बाईक त्यही रोकी पकेटबाट मोबाईल झिकी हेलमेटको भित्र दायाँ कानमा राख्दै.भने.., हेलो, कहाँ हो तिमी…? (मैले मोबाइलमा तिम्रो आवाज सुन्दै चारै तरफ नजर घुमाऊँदै यता उता हेर्दै भने)
हामी दुबैजना तपाईकै सामुने केही दुरिमै छु, तपाई हामी दुई मध्य कुन चाहि म हो आफै पता लगाऊ ल….! (उताबाट तिम्रो आवाजमा ठटापन र अलि खुशि पनि झल्किरहेको मैले महेशुस गरेका थिए) मैले आफ्नै अगाडिको चौरमा तिमिहरुलाई देखिसकेका थिए। तर दुबैले एउटै ड्रेस लाईरहेकीले मैले ठम्याउन भने सकेको थिएन।
तिमिले मलाई देखे पछि मन्दिरको माथि आउने ईसारा गर्दै दुबैजना मन्दीरको भर्याङ्ग चड्दै माथि तिर लागिन। (केहि खुडकिलो चढिसके पछि) मेरो टाऊकोमा भएको हेलमेट फुकाल्नु...! अनुहार एकपलट हेर्छु भनी तिमी काराई रहरकी थिईन, म पनि अलि ठटा पारा मै तिमिलाई चिनि सके अब म जान्छु भन्दै बाइकमै बसिरहे।
धेरै अनुरोध पछि मैले हेलमेट निकाली तिमीहरु तिर हेरे, तर टाढा भएर होला मेरो अनुहार राम्रो सीत देखेन भनि कराउदै पनि थिईन।
हो त्यस दिन म तिमीलाई भेट्छु भनि नै तिम्रो गाऊमा आएका थिए, र तिमी पनि घर बाट अलि छिटै निस्केको भनेकी थिई,
चारै तिर हरियाली अनि त्यसको वरिपरी घरहरु मिली एउता सानो बजार बनेका थियो, बजारको दक्षिण पट्टीको बिचमा त्यो मन्दिर सानो पहाड माथि अवस्थित थियो। साना-साना रुखहरु भएकाले होला माथि जाने सीढी बिचमा कहिं कहीं अलि खुडकिलो पनि देखि रहेका थिए। तिमी खुडकिलो बिचमा बसि माथि आएर एक चोटी मलाई भेटेर जानकोलागि म तिर हेर्दै हात हलाऊँदै थिईन...

हेलमेट टाउकोमै राखी म पनि भर्याङ्ग चढ्दै तिमिहरु भए तिर आउदै थिए। पहिलो भेट भएर होला सायद मलाई पनि मनमा कता कता कौतुहलता अनि अलि डर पनि भैरहेको थियो। त्यस दिन भन्दा पहिले कहिले देखेको पनि त थिएन तिमिलाई र तिमिले पनि मलाई देखेकी छैनौं। फोनमा त हाम्रो घण्टौ कुरा हुन्छ, तै पनि पहिलो प्रतक्ष भेट भएर होला अलि मनमा डर लाग्दो रहेछ डर यस अर्थमा कि यदि तिमिले मलाई अस्विकार गरी दियो भने के गर्ने..? मैले त तिमिलाई पहिले नै भनि सके की तिमि जस्तो अबस्था पनि मलाई स्वीकारय छ।
गर्मीले पुरा टाऊँको पसिनाले पानि पानि भैसकेको थियो तर टाउकोमा भएको हेलमेट भने फुकाल्न मनै भैरहेको थिएन, एउटा हातले पसिना पुछ्दै मन्दिरको भर्याङ्ग चढ्दै दायाँ बायाँका रुखहरुको हाँगा समाउदै मोबईलामा कुरा गर्दै म माथि उक्लदै तिम्रो नजिक पुग्ने प्रयास गर्दै थियौं।
सान्चै त्यस दिन म धेरै खुशी थिए, मलाई कहिले नभएको अनुभूति भैरहेको थियो। बिहान सम्म मोबाईलमा मात्र कुरा गरिरहेकी तिमी अब साचैकै भेट हुने भो भनि मनमा अनेक उमग र खुसीका तरंगहरु क्रियाशील भैरसकेको थियो। मानौ रुख माथिका चराहरु पनि हाम्रै गीत गाऊँदै जिस्क्याई रहे जस्तो, तिमि आऊने खबरले होला तिम्रो पाईला चुम्न मंन्दिरको आंगन पनि मंन्द मुश्कान भैरहेको जस्तो।

हो, मलाई आज पनि त्यो दिन याद छ।
तर आज समय र परिस्थितिले हामी दुबैलाई बिछोड र बियोगको जिन्दगी जिऊन बाध्य बनाई दियो।
त्यस्तो सुखत मिलनका क्षणहरु सम्झिन्दा मन त हो नि तड्पिहाल्दो रहेछ।
काहिलेकाहि तिम्रो यादमा, मिलनको आशमा,
अनि अझ सामिप्यता पाउने बिश्वासमा।
एउटा कहिल्ये पनि बिर्सन नसक्ने क्षण बनाई दियो।
मलाई थाहा छ, तिम्रो त्यो कोमल र निश्चल ह्रृदयले
त्यसको यौनिक आकाक्षालाई, समेट्न सकिरहेको हुन्दैन।
कति मानसिक शारिरीक यातना सहेर बसिरहेकि होली।
तर कति बजबूर, अनि बिबस छु म पनि
तिम्रोलागि केहि गर्न सकिरहेको छैन।
मात्र तिम्रो पिडाको आनुभूति महशुस गर्ने सिबाय्
सायद बिछोडको घाऊले तिमिलाई पनि पिडा दियो होला,
हरेक क्षन मलाई नै सम्झि कष्टप्रदमै जियो होला,
कहिले मलाई सम्झि एकान्तमा रोयो पनि होला
स्मृतिले कहीले मेरो मन पनि रुन्छ, त्यसैले होला
बिस्तारै मुटुको धडकन बढ्छ,ओठ्को कंपनले होला
कतिबेला आँखाबाट आँसुका थोपा टपटप् बगी,
डायरीका पाना भिझे पछि बल थाहा भो यो त सबै, तिम्रो
यादमा मेरो हृदयबाट निस्केका केही भावना मात्र रहेछ...!!!

Comments

Popular posts from this blog

राजमार्गमा यौन !

कवि बुद्धिसागर फिल्म हेर्न जय नेपाल हल पुगेछन् । फिल्म सुरु हुनुअघि टाइटानिकको संगीतमिश्रति धुन भएको कन्डमको विज्ञापन बजेछ । बुद्धिसँगै बस्ने केटोले एउटी केटीलाई कोट्याउँदै भनेछ हेर त, तिम्रो विज्ञापन बज्यो ।' बुद्धि झस्किएछन् । थाहा भयो, ती तिनै युवती रहिछिन् जो हलको ठूलो पर्दामा कन्डमको विज्ञापनमा छाएकी छिन् र त्यो विज्ञापन हेर्दै हलका केटाहरू गल्लल हाँस्दै छन् । कन्डमको विज्ञापनमा छाएकी ती नायिका नम्रता श्रेष्ठ लाजले रातो भइछिन् । 'ती यति लजाइन् कि भनिसाध्य छैन,' बुद्धिले सुनाए, 'कन्डमको विज्ञापनमै देखिने केटी त कन्डमबाट यति लजाउँछिन् भने अरूको हालत के होला ?' हामीलाई खोज्नु थियो- के तन्नेरी पुस्ता यौनमा उदार छ ? 'यौन चाहना सबैमा हुन्छ, कसैले लुकाउँछन् कसैले खुल्ला देखाउँछन्,' विनीताले उदार भएर बोलिन्, 'हामीले आफ्नो 'बेड रिलेसनसिप'बारे पनि खुलेर भन्न सक्नुपर्छ ।' अहिलेकी 'हट' मोडल विनीता साथीहरूसँग यौनका बारेमा कति खुलेर कुरा गर्छिन् त ? 'यौनबारे साँच्चै खुलेर कुरा गर्नुपर्छ, म यौनमा खुल्न रुचाउँछु । साथीहरूसँग आफूलाई भएको यौन

एक पल्ट बाईक हेरी आनन्द लिने हो कि?

खुमल टोल विकास संस्था बारे छोटो जानकारी